Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

नेपाली भूमिमा चिनियाँ सीसी क्यामेरा

\"cc-camera\"काठमाडौं । सरकारले चीनसँग किमाथांका नाका सञ्चालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–नाका आसपास चहलपहल तीव्र भएपछि सतर्कता बढाइएको हो । चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको  छ । केही समयअघिसम्म खुला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा दुई दिनमात्र खुला गर्ने गरिएको छ । चीन प्रशासनले नेपाली सुरक्षाकर्मीलाई देन्दाङ नगरमा निमन्त्रणा गरी सीमा सुरक्षाबारे सचेत बन्न आग्रह समेत गरेको छ । दुई महिनाअघि दन्दाङमा सीमा सुरक्षाचौकी किमाथांकाका सुरक्षा टोलीलाई निमन्त्रण गरी नेपालीलाई चीन प्रवेश गराउँदा अनिवार्य प्रहरीबाट पास उपलब्ध गराउन चीन प्रशासनले अनुरोध गरेको थियो । अहिले प्रहरीको पास नलिएका स्थानीय बासिन्दालाई चीन प्रवेश गर्न रोक लगाइएको छ ।  चीन प्रशासनले नेपालतर्फ चिनियाँ नागरिक आए फिर्ता गराउनु र कुनै गतिविधि गरे कारवाही गर्नसमेत भनेको किमाथांका प्रहरीले जनायो । किमाथांका, चेपुवा र सीमाक्षेत्रवासी ननु, तेल, चामल लगायत अत्यावश्यक सामग्री खरिद गर्न चीनको चाँगाबजार जानुपर्ने बाध्यता छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE