Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

कर्णालीमा खाद्य संकट यता चामल कुहिंदै

\"chamal-640\"काठमाडौं । कर्णालीमा खाद्यान्न अभावमा खाद्यान्न संकट निम्तिरहँदा बंगलादेशले भूकम्पपीडितका लागि उपलब्ध गराएको चामल कुहिने अवस्थामा पुगेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– भूकम्पपीडितले अझै पनि खाद्यान्न अभाव बेहोर्दै आएका छन् । कर्णाली र भेरीका तीन जिल्लामा यस वर्ष ४० वर्षयताकै सबैभन्दा ठूलो खडेरी परेको छ । यी तीन जिल्लाका ४१ भन्दा बढी गाविसका बासिन्दा प्रत्यक्ष रूपमा खाद्यान्न अभाव झेलिरहेका छन् । खडेरीका कारण उत्पन्न खाद्यान्न संकट र अभावपछि कर्णालीका सयौं बासिन्दा रोजगारीका लागि भारतका विभिन्न सहर पसेका छन् । कर्णालीका बासिन्दा खाद्यान्न संकटको सामना गरिरहेका बेला भूकम्पपीडितका लागि बंगलादेशबाट आएको ७८ हजार क्विन्टल चामल कुहिने अवस्थामा पुगेको हो । नेपाल खाद्य संस्थानको काठमाडौं थापाथलीस्थित सदर गोदाममा १६ हजार तीन सय ८६ क्विन्टल चामल कुहिने अवस्थामा छ । यसैगरी संस्थानको बिर्तामोड गोदाममा ६१ हजार चार सय ३३ क्विन्टल र सिरहाको लाहान गोदाममा चार सय ७० क्विन्टल चामल बिग्रने अवस्थामा छ । बंगलादेश सरकारले भूकम्पपीडितका लागि राहतस्वरूप ९९ हजार नौ सय ८२ क्विन्टल उसिना चामल सरकारलाई गत वैशाख र जेठमा उपलब्ध गराएको थियो । त्यसमध्ये संस्थानले जिल्ला प्रशासन कार्यालयको मागअनुसार अहिलेसम्म भूकम्प प्रभावित २५ जिल्लामा २१ हजार ६ सय ९१ क्विन्टल चामल वितरण गरेको छ । बाँकी ७८ हजार क्विन्टल चामलको माग नआएकाले गोदाममै कुहिने अवस्थामा थन्किएको छ । सरकारले प्राप्त गरेको चामल केन्द्रीय दैवीप्रकोप समितिलाई जिम्मा लगाइएको थियो । समितिले चामल खाद्य संस्थानका विभिन्न गोदाममा राखेको छ । थापाथलीस्थित गोदाम प्रमुख मोहन चन्दका अनुसार बंगलादेशले उपलब्ध गएको चामल अहिले नकुहिए पनि करिब कुहिने अवस्थामा छ । ‘हामीकहाँ आएको चामल धेरै पुरानो भइसक्यो’, चन्दले भने, ‘बंगलादेशले पनि तत्कालै चामल प्रशोधन गरेर पठाएको होइन होला ।’ उनका अनुसार माथिबाट कुनै आदेश नआएकाले चामल हालसम्म थन्किएको हो । संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले पनि मन्त्रालयबाट कुनै निर्देशन नआएकाले चामल थन्किएको बताए । उनले भने, ‘चामल व्यवस्थापनबारे मन्त्रालयमा पटकपटक पहल गर्दा पनि अहिलेसम्म कुनै निकास दिइएको छैन । यसका कारण चामल थन्किएको छ ।’ आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले भने संस्थानको लाचारीपनका कारण राहतको चामल थन्केर बिग्रिने अवस्थामा पुगेको बताए । उनले चामलको तत्कालै व्यवस्थापन गरेर सदुपयोग गर्न संस्थानका महाप्रबन्धक श्रेष्ठलाई पटकपटक बोलाएर निर्देशन दिए पनि हालसम्म सदुपयोग हुन नसक्नु दुःखद भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE