Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जातीय भेदभावका कारण धर्म परिवर्तन !

\"rohit_vemula-750\" रोहित बेमुलकी आमा तथा भाइ बाबासाह भीमराव आम्बेडकरको जयन्तीमा बौद्ध धर्म अपनाएका छन् । रोहितकी आमा राधिका तथा भाइ राजाले मुम्बईमा धर्म परिवर्तन गरेका हुन् । रोहित वेमुला भारतकाे हैदरावाद केन्द्रीय विश्व विद्यालयका छात्र थिए । उनले यही वर्ष जनवरीमा आत्महत्या गरेका थिए । विश्वविद्यालयमा दलित छात्र भन्दै भेदभाव गरिएको कारण नै उनले आत्महत्या गरेको दाबी गरिएको छ । आफूहरुले अम्बेडकर जयन्तीमा मुम्बईको आम्बेडकर ट्रष्ट सोसाइटीमा बौद्ध धर्म अपनाउने फैसला गरेको रोहितको भाइ राज बेमुलाले बताए । तर हिन्दुप्रति आफ्नो मनमा कुनै दुर्भावना नभएको उनको परिवारले बतायो । तर रोहितलाई हैदरावाद विश्वविद्यालयका अधिकारीले निकै दुःख दिएपछि उनको आत्महत्या गर्ने अवस्थामा पुगे । रोहित विश्वविद्यालयको सोध गर्दै थिए । एक विवादका कारण विश्वविद्यालयका अधिकारीहरुले उनको छात्रवृत्रि रोकिदिएका थिए । अन्य चार दलित छात्रको साथमा रोहितलाई निकालिदिएका थिए । उक्त घटनाको विरोधका क्रममा रोहितले आत्महत्या गरेका थिए । त्यसपछि भारतमा राष्ट्रियताको मुद्दामा राष्ट्रब्यापी बहस चल्यो । रोहित अम्बेडकर स्टुडेन्ट एशोसियनका सदस्य रहेका थिए । त्यतिबेला नरेन्द्र मोदी सरकारका एक मन्त्रीले थिए उक्त केन्द्रलाई राष्ट्रविरोधी बताएका थिए । विश्वविद्यालयमा भएको जातीय विभेदको कारण भारतमा निकै आन्दोलन चर्किएको थियो । रोहितको परिवारले बौद्ध धर्म अंगाल्ने पहिलो संकेत रोहितको दाह संस्कारमा देखिएको थियो । रोहितको अन्तिम संस्कार बौद्ध धर्म अनुसार गरिएको थियो । त्यतिबेला उनका भाइ राजाले ‘रोहित दिलदेखि नै बौद्ध रहेको’ बताएका थिए । डा.अम्बेडकरले पनि बौद्ध धर्म नै अपनाएका थिए । बौद्ध धर्म कुनै पनि नागरिकमा भेदभाव नगर्ने तर सबैको आत्मसम्मान गर्ने उनको विश्वास थियो । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies