Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

ओली–प्रचण्ड सवाल जवाफ : के भयो कुराकानी ?

\"Kp-Oli-Prachanda\"काठमाडौं, १६ साउन । कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकारमा सहभागी हुन मधेसी मोर्चालाई आग्रह गरेका छन् । मोर्चाका नेताले भने सरकारमा सहभागिता र समर्थनका लागि सर्तहरू राखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – शनिबार बिहान कांग्रेस–माओवादी र मोर्चाका नेताबीच छलफल भएको थियो । सरकारमै सहभागी भएर समस्या समाधान गर्न कांग्रेस–माओवादीका नेताले मार्चालाई आग्रह गरेका गरे । यसैबीच प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको प्रचण्डलाई प्रश्न : के सन्दर्भमा भेट्न खोज्नुभएको हो ? कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकार गठनको पक्षमा उभिएको हो ? संसदमा र सार्वजनिक फोरममा त ठूला दलमध्ये एउटा प्रतिपक्षमा बस्नुपर्ने सिद्धान्त कांग्रेसले प्रस्ट्याउँदै आएको छ । के त्यो निर्णय उसले गलत हो भनिसक्यो ? जनता नझुक्याउनुस्, जे हो त्यो कार्यसूची ल्याउनुस्, औपचारिकतामा नआउनुस्, जे काम गर्ने हो, त्यो कामको कुरा लिएर आउनुस् । कांग्रेससँग सातबुादे गोप्य सहमति गरेर आलोपालोमा सरकार चलाउने मिति नै तोक्नुभएको छ, अनि बाहिर जनतालाई झुक्याउन सहमतिको कुरा किन गर्नुहुन्छ ? तपाईंकै निवासबाट पारित गरेको कार्ययोजनाअनुसार निर्वाचनको कार्यतालिका घोषणा भएको होइन ? किन सार्नुभो स्थानीय तहको निर्वाचन ? चैतमा सरकार फेर्ने सहमति गर्नुभाको छ, जाने वेला चैतमै कसरी गर्नुहुन्छ निर्वाचन ? त्यसपछि ६ महिनाकै बीचमा अर्को दुईवटा निर्वाचन कसरी हुन्छ ? संगति मिलेन, यो निर्वाचन नै नगर्ने चाल हो । पहिले कांग्रेस, मधेसी मोर्चासाग बसेर चैतमा निर्वाचन गर्ने सहमति गरेर एमालेलाई निर्णय सुनाउने अनि सहमतिको कुरा गर्ने ? एमाले निर्णय सुन्ने पार्टी होइन । एमाले काम हेरेर व्यवहार गर्छ मेरो नेतृत्वको सरकारले अघि बढाएका राष्ट्रिय हित र समृद्धिसँग जोडिएका कार्यक्रम के हुन्छन् ? काठमाडौं–तराई जोड्ने द्रुतमार्ग र चीनसाग भएका सहमति र सम्झौतालगायतका राष्ट्रिय हितका काम–कारबाही अगाडि बढाए एमालेले रचनात्मक ढंगले सहयोग नै गर्छ । सरकारको काम–कारबाही कस्तो हुन्छ, त्यसअनुसार एमालेले व्यवहार गर्छ । प्रचण्डले भने–धर्म निर्वाह गर्न आएँ राष्ट्रपतिज्यूले दिनुभएको समयसीमा आइतबार सकिदै छ । त्यसैले राष्ट्रिय सहमतिको सरकारका विषयमा छलफल गर्न आएको हुँ । कांग्रेस सहमतिको सरकार बनाउने पक्षमा त छैन, तैपनि औपचारिकताका लागि छलफल गरौ भनेर धर्म निर्वाहकै लागि आएको हुँ । यसमा तपाईंको पार्टीको पनि सकारात्मक भूमिकाको अपेक्षा गरेको छु । मधेसी मोर्चालाई सहमतिमा नल्याएसम्म निर्वाचन सम्भव थिएन, त्यसैले चैतमा गर्ने कुरा भएको हो । निर्वाचन हुन्छ, त्यो जिम्मेवारी म पूरा गर्छु । तपाईंको नेतृत्वमा अघि बढेका राष्ट्रिय हित र विकाससँग सम्बन्धित चीनसँगको सम्झौता कार्यान्वयन हुन्छ । तराईसँग जोड्ने फास्ट ट्रयाक स्वदेशी लगानीमै सम्पन्न गरिनेछ । राष्ट्रिय हितका काममा तलमाथि हुँदैन । तपाईंले पनि सहयोग गर्नुपर्छ । एमालेको सकारात्मक भूमिका रहनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE