Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

मातृभूमि बचाउन लडेका एक मधेसी नागरिकको बयान

\"debu-660x330-750\"काठमाडौं, १८ साउन । मातृभूमि बचाउन लडेका स्थानीय अगुवा देवनारायण यादवको बयान आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । यादवको बयान जस्ताको तस्तै बिहीबार बिहान ८ बजे सप्तरी तिलाठी– ४ हो मेरो घर । खाँडो खोला हाम्रै गाउँ भएर बग्छ । खोलापारि भारतको बिहार पर्छ, वारि नेपालको तिलाठी । त्यो दिन म घरमै थिएँ । नेपाली भूमि मिचेर खाँडो खोलामा भारतीयले बाँध बाँध्न सुरु गरेको खबर पाएँ । त्यसबाट म स्तब्ध भएँ । नेपाली भूमि मिचेकोे खबरले मन पोलेर आयो । हत्तपत्त निरीक्षणमा गएँ । भारतीयहरू धमाधम बाँध निर्माणमा जुटेका थिए । दशगजामा उनीहरूले निर्माण सामग्री थुपारेका थिए । इन्जिनियर र लेबर खटिएका थिए । बोराका बोरा निर्माण सामग्री नेपाली भूमितर्फ ल्याउँदै थिए । यो दृश्यले मलाई निकै पोल्यो । रोक्न सकिन्छ कि भनेर म अघि बढेँ । उनीहरूसँग कुराकानी गरेँ । तर, उनीहरू मान्ने पक्षमा देखिएनन् । उनीहरूसँग भिडौँ झैँ लाग्यो, तर आँट आएन । किनकि, म एक्लै थिएँ । घर फर्किएँ । घर आएर नेपाली पत्रकारलाई खबर गरेँ । सिडिओलाई भनेँ । सेना, प्रहरी र सशस्त्रका हाकिमलाई खबर गरेँ । पत्रकार तत्काल बाँध बाँधेको स्थानमा पुगे । उनीहरूले नेपाली जमिन मिच्दै भारतले बाँध बाँधेको खबर प्रचार–प्रसार गर्न थाले । सिडिओ, नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका हाकिम पनि त्यहाँ पुगे । बाँध बाँधिएको सम्बन्धमा भारतीय पक्षसँग टेलिफोनमा कुरा गर्न थाले । तर, उनीहरू मान्ने पक्षमा देखिएनन् । टेलिफोनबाट कुराकानी गर्ने क्रम निरन्तर चल्यो । अन्तिममा उनीहरू बाँधको निर्माण कार्य रोक्न राजी भए । बिहीबार दिउँसो ४ बजे म घरमै थिएँ । भारतीयसँग कुरा मिल्यो भन्दै प्रहरीले फोन गरे । सुनेर खुसी लाग्यो । खुसी साट्न घटनास्थलमै पुग्ने इच्छा जाग्यो । हतार–हतार घटनास्थल पुगेँ, तर घटनास्थलको गतिविधि अर्कै पाएँ । भारतीय पक्ष नेपाली भूमि मिच्दै धमाधम बाँध निर्माण गर्दै थियो । गिटी भरिएका बोराले उनीहरू खोला फर्काउँदै थिए । केही बाँसको भाटा खोलामा गाड्दै थिए । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना मूकदर्शकझैँ थिए । नेपाली भूमि मिचेर बाँध निर्माण गरेका दृश्यले मेरो रगत तातेर आयो । आफैँलाई थाम्न सकिनँ । निर्माण कार्य रोक्न म एक्लै अघि बढेँ । गालाको गम्छा टाउकोमा बाधेँ । नेपाली भूमिमा गाडिएको बाँस उखाल्न थालेँ । सिमेन्ट र गिटीले भरिएको बोरा हटाएँ । भारतीयहरू मलाई रोक्न खोज्दै थिए । तर, रोकिइनँ । निरन्तर अघि बढेँ । त्यसपछि म भारतीय भूमिमा पुगेँ । मलाई उनीहरूले घेरा हाले । छातीमा समाते । मुक्काले बजार्न लागे । मैले पनि उनीहरूको छातीमा समातेँ । मुक्काले हिर्काउन थालेँ । पछाडिबाट एउटा बाँसको भाटा मेरो टाउकोमा बजारियो । रिँगटा लागेझैँ भयो, तर पनि म रोकिइनँ । उनीहरूसँग निरन्तर भिडिरहेँ । मेरो पछि मेरै गाउँका दुर्गानन्द झा रहेछन् । उनले मलाई ताने । शरीरमा बगेको रगत देखाए । शरीर हेरेँ । रगतले गन्जी पूरै भिजेछ । घाइते भएपछि म नेपालतर्फ फर्किएँ । त्यसवेलासम्म गाउँका सबै घटनास्थलमा जम्मा भइसकेका रहेछन् । सेना, प्रहरी र सशस्त्रका टोली पनि सँगै थिए । गाउँलेको हातमा बाँसको भाटा थिए । नेपाली दाजुभाइहरू भारतीयसँग भिड्न अघि बढे । दुवैतर्फबाट बाँसको भाटा हानाहान भयो । ढुंगा बर्सिन थाले । घाइते भएकाले मलाई साथीहरूले अस्पताल लगे । गाउँले साथीहरू निरन्तर भिडिरहे । त्यसैले जित हाम्रै भयो । भारतीयहरू नेपाली जमिनबाट पछि हटे । \"saptari-750\" यस्तो छ झडपअघिको पृष्ठभूमि सप्तरी तिलाठी– ५ भएर बग्ने खाँडो खोलाले नेपाल र भारतको सीमा छु्ट्याएको छ । दशगजा खोला किनारमै पर्छ । प्रत्येक बर्खामा खोलामा बाढी आउँछ । बाढीले नेपाल तर्फका दर्जनभन्दा धेरै गाविस डुबानमा पार्छ । भारत सोही खोलामा बाँध बाँध्न चाहन्छ । ०६४ असारमै भारतले खाँडो खोलामा पुल निर्माण गर्न खोजेको हो । इन्जिनियर ल्याएर नक्सा डिजाइन ग(यो । निर्माणका लागि आवश्यक सामग्री जम्मा ग(यो । त्यसवेलै हामीलाई लागेको थियो– उसले केही गलत गर्दै छ । तर, हामी त्यसवेलासम्म केही बोलेनौँ । पछि, पुलको जग खन्न सुरु भयो । निरीक्षणका लागि हामी त्यहाँ पुग्यौँ । उसले नेपालको जमिनमा पो जग निर्माण गर्दै रहेछ । नेपाली भूमि मिचेकोमा हामीलाई सह्य भएन । हामीले तत्काल विरोध ग(यौँ । तर, उनीहरू मान्ने पक्षमा थिएनन् । म प्रतिरोधमा मैदान उत्रिएँ । गम्छा कम्मरमा कस्दै पुल निर्माण गर्ने ठाउँमा उत्तानो परेँ । मैले भनेँ, ‘तिमीहरूले नेपालको एक इन्च पनि जमिन मिच्न पाउँदैनौँ । मिच्ने नै हो भने मलाई यही खाल्डोमा पुर, तब मात्रै सम्भव छ ।’ तर, उनीहरू अझै पनि मान्न तयार भएनन् । त्यसपछि हामीले सरकारलाई गुहा(यौँ । जिल्लाका सिडिओलाई भन्यौँ । नेपाल प्रहरी र सशस्त्र पनि हामीसँग मैदानमा उत्रियो । सारा कसरतपछि उनीहरू पछि हट्न बाध्य भए । नेपाली भूमि मिचेर पुल बनाउने उनीहरूको योजना विफल बन्यो । विरोधका बाबजुद पनि उनीहरूले भारतीय जमिनतर्फबाट बाँध भने बाँधिछाडे । उक्त बाँधलाई गत वर्षको बाढीले केही क्षति गरेछ । यसपालि भने पूरै क्षति गरेछ । क्षति भएको सोही बाँध मर्मत गरी उनीहरू खोलाको बाढी नेपालतर्फ फर्काउन चाहन्छन् । प्रस्तुतिः टेकराज थामी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE