Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

यस्ता छन्, प्रचण्डलाई संघीय गठबन्धनको तीन सर्त

\"madheshiकाठमाडौँ, १८ साउन । पुराना निर्णयको कार्यान्वयन संघीय गठबन्धनले प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न कांग्रेस–माओवादी गठबन्धनसँग ओली नेतृत्वको सरकारले गरेको निर्णयको कार्यान्वयन हुनुपर्ने सर्त अगाडि सारेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ओली नेतृत्वको सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै गठबन्धनले लिखित प्रतिबद्धता खोजेको छ । ‘ओली सरकारले गरेको निर्णय कार्यान्वयनको लिखित प्रतिबद्धता मधेसी गठबन्धनको पहिलो सर्त हो,’ संघीय समाजवादी फोरम संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले भने । ओली सरकारले मधेस आन्दोलनमा मारिएका व्यक्तिको परिवारलाई १० लाख दिने, घाइतेको निःशुल्क उपचार गर्नेलगायतको निर्णय गरिसकेको थियो । १.पुराना निर्णयको कार्यान्वयन संघीय गठबन्धनले प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न कांग्रेस–माओवादी गठबन्धनसँग ओली नेतृत्वको सरकारले गरेको निर्णयको कार्यान्वयन हुनुपर्ने सर्त अगाडि सारेको छ । ओली नेतृत्वको सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै गठबन्धनले लिखित प्रतिबद्धता खोजेको छ । ‘ओली सरकारले गरेको निर्णय कार्यान्वयनको लिखित प्रतिबद्धता मधेसी गठबन्धनको पहिलो सर्त हो,’ संघीय समाजवादी फोरम संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले भने । ओली सरकारले मधेस आन्दोलनमा मारिएका व्यक्तिको परिवारलाई १० लाख दिने, घाइतेको निःशुल्क उपचार गर्नेलगायतको निर्णय गरिसकेको थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ । २. यी काम मन्त्रिपरिषद्ले गर्नुपर्छ मधेसी गठबन्धनले अब बन्ने सरकारको मन्त्रिपरिषद् बैठकबाटै आफ्ना थप केही मागको सम्बोधन हुनुपर्ने दोस्रो सर्त पनि तेस्र्याएको छ । कांग्रेस, माओवादी केन्द्र र मधेसी गठबन्धनको संयुक्त कार्यदल बैठकमा मधेसवादी दलका नेताहरूले विभिन्न मुद्दामा जेल परेका आफ्ना नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिई रिहाइ गर्नुपर्ने सर्त राखेको छ । ३. संविधान संशोधन गर्न ‘टाइम फेज’ र संयन्त्र निर्माण मधेसी गठबन्धनमा आबद्ध दलले सीमांकनलगायत विषयमा असन्तुष्टि जनाउँदै संविधान संशोधनको माग उठाउँदै आएका छन् । त्यसका लागि सबै राजनीतिक दल सम्मिलित संयन्त्र निर्माण गर्दै निश्चित समयसीमा बनाएर काम गर्नुपर्ने तेस्रो सर्त अगाडि सारेको छ । ‘संविधान संशोधनका लागि एमालेलगायत प्रतिपक्षीमा रहने दलहरूको पनि सहमति आवश्यक पर्छ, उनीहरूलाई पनि सहमतिमा लिन सबै दलहरू रहेको संयन्त्र बनाउने र एउटा निश्चित समयसीमाभित्र संविधान संशोधन गर्ने गरी अगाडि बढ्नुपर्ने हाम्रो सर्त छ,’ यादवले भने, ‘तर, त्यसका लागि लिखित सहमति पहिले चाहिन्छ, त्यसो भए मात्र प्रधानमन्त्रीमा प्रचण्डलाई मतदान गर्न सकिन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE