Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

श्रीलंका पुर्‌याइएका ९० नेपाली महिला अलपत्र : उनीहरु भन्छन् ‘अब आत्महत्या गर्छौं’

[caption id=\"attachment_85964\" align=\"alignleft\" width=\"750\"]\"श्रीलंका श्रीलंका पुर्‌याएर अलपत्र पारिएका नेपाली महिला । तस्बिर सौजन्य : मनमाया दनुवार[/caption] काठमाडौं, १९ साउन । इराक, कुवेत, ओमनलगायत मुलुकमा धेरै आम्दानी हुने काम लगाइदिन्छु भन्दै श्रीलंका पुर्‌याइएका ९० जनाभन्दा बढी नेपाली महिलालाई त्यहाँको एउटा घरमा थुनेर राखिएको छ । ‘मलाई सन्चो पनि छैन । अब यहीं आत्महत्या गर्छु’ भन्दै रोइकराइ गरेपछि श्रीलंकाबाट नेपाल फर्कन सफल ४१ वर्षीया मनमाया दनुवारले त्यहाँ अलपत्र दिदीबहिनीको उद्धार गरिदिन सरकारलाई गुहारेकी छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – उदयपुर गाईघाटकी मनमायाले गत असार १० गते एजेन्टलाई दुई लाख रुपैयाँ बुझाएपछि त्यसको भोलिपल्ट बिहानै उनलाई स्वयम्भूबाट नयाँदिल्ली जाने बस चढाएर भारत पुर्‌याइएको थियो । नयाँदिल्लीमा तीन रात राखेर उनीलगायत अन्य १७ जनालाई हवाईजहाजबाट नै श्रीलंका लगिएको थियो । श्रीलंकामा बस्न पाउने ३० दिनको उनको भिसा सकिइसकेको छ भने अन्य सबै महिला पनि अनुमतिभन्दा धेरै दिन बसिरहेका छन् । श्रीलंका विमानस्थलमा उनीहरूलाई लिन एउटा अरबी युवक आयो र अत्यन्तै द्रुत गतिमा चलाइएको गाडीमा करिब साढे तीन घन्टाको यात्रापछि एउटा भुइँतले घरमा पुर्‌यायो । त्यहाँ अन्य थुप्रै महिलालाई भेडाबाख्राजस्तै गरी कोचेर राखिएको दृश्यले उनको विदेश जाने आस त्यहीं टुंगियो । अरू दिदीबहिनीको रुवाइ र चित्कार देखेपछि उनी पनि त्यहाँ पुग्नेबित्तिकै रुन थालिन् । मनमायाले भनिन्, ‘त्यहाँ भान्छे काम गर्ने उर्मिला पौडेल नाम गरेकी महिला आएर उनीहरूसँग भएको पैसा, मोबाइल, पासपोर्टलगायत सबै सामान खोसेर राखिन् ।’ आफूहरूलाई विदेश नलैजाने भए किन यहाँसम्म ल्यायौ भनेर विरोध गर्दा गाली गरेको र पछि कुटपिट नै गरेको पनि मनमायाले सुनाइन् । ‘बिहान कालो चिया, खाना दिउँसो दुई बजे र बेलुकीको खाना राति ११ बजे दिन्थे’, उनले भनिन्, ‘त्यसमा पनि उसिनेको चामल र एक किलो माछामा सबैलाई पुग्ने गरी हालिएको झोल दिन्थे ।’ आठकोठे उक्त भवनका जम्मा तीनवटा कोठामा नेपाली महिलालाई राखिएको थियो । चिसो भुइँमा तन्ना ओछ्याएर सुत्नुपरेकाले धेरैलाई स्वास्थ्य समस्या आए पनि औषधिउपचार केही नपाइने गरेको उनले बताइन् । ‘बाहिर निस्कन खोजे यहाँ सीसी क्यामरा छ । बाहिर पुलिसले देखे पक्रेर लैजान्छ भन्दै तर्साउने गरिन्छ । त्यसमा पनि अग्लो पर्खाल र गेटमा लगाइएको दोहोरो ताल्चा फोरेर भाग्ने हिम्मत कसैले गर्न सक्दैन’, उनले भनिन् । मनमायाका अनुसार त्यहाँ अलपत्र पर्नेमा १८ वर्षदेखि ५६ वर्षसम्मका महिला छन् । ‘केही सुन्दर महिलालाई त बेलुकी ११ बजेदेखि ३ बजेभित्रै कतै लैजान्छन् । त्यता लगेपछि ती फर्केर आएको देखिएन’, उनले भनिन् । पाँच महिनादेखि त्यहाँ बस्ने महिला पनि रहेका र उनीहरूले ‘मेरो भिसा कहिले आउँछ’ भनेर प्रश्न गर्दा ‘अब तेरो भिसा आउँदैन’ भन्ने जबाफ पाउने गरेको पनि मनमायाले बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE