Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

एमालेले यसकारण दिएन उम्मेदवारी

\"CPN-UMLकाठमाडौं, १९ साउन । एमालेले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार एमालेले उम्मेदवारीसमेत दर्ता नगराए पनि विपक्षमा मतदान गर्ने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ‘हामी प्रचण्डको विपक्षमा मतदान गरेर संसद्मा जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिकामा रहन्छौँ,’ बैठकपछि सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने । प्रधानमन्त्रीमा कांग्रेस–एमालेसहितको गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार छन् । एमाले स्थायी समिति बैठकले पराजय निश्चित भएकाले उम्मेदवारी दिँदा पार्टीको प्रतिष्ठा घट्ने निष्कर्ष निकाल्दै उम्मेदवारी नदिने निर्णय गरेको नेताहरूको भनाइ छ । उम्मेदवारको नाममा छलफल नै भएन एमाले स्थायी समिति बैठक सुरु गर्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले राम्रो काम गरेको र गठबन्धनका साना दलहरूले पनि अहिलेसम्म साथ दिइरहेको भन्दै उम्मेदवारी दिन उपयुक्त नहुने आसयसहित नेताहरूसँग सुझाब मागेका थिए । अधिकांशले उम्मेदवार उठाउन नहुने पक्षमा धारणा राखेका थिए । उम्मेदवारी नदिने मत धेरैको रहेकाले प्रधानमन्त्रीको उम्मेदवारको विषयमा बैठकमा छलफल नै नभएको स्थायी समिति सदस्य किरण गुरुङले बताए । ‘मुख्यतः उम्मेदवारी दिनुभन्दा विपक्षमा मत दिएर प्रतिपक्षमै बस्दा उपयुक्त हुने सबैजसोको धारणाका कारण व्यक्तिका बारेमा छलफल नै भएन,’ गुरुङले भने । उम्मेदवार नदिनेमा बहुमत वरिष्ठ झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहित बहुमत नेताहरूले उम्मेदवारी दिन नहुने पक्षमा मत राखे । महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य शंकर पोखरेलले भने उम्मेदवार दिँदा उपयुक्त हुने बताएका थिए । राष्ट्रिय हित र समृद्धिको पक्षमा रहेको वर्तमान गठबन्धन र आमजनतामा सरकारको पक्षमा रहेको लोकप्रिय जनमतको सम्मान गर्न पनि उम्मेदवारी दिनुपर्ने उनीहरूको तर्क रहेको एक नेताले बताए । सुवास नेम्वाङ मौन प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ स्थायी समिति बैठकको साढे दुई घन्टाको अवधिमा अधिकांश समय मौन थिए । उनले प्रधानमन्त्री निर्वाचनका विषयमा संसद्को नियमावलीमा पक्ष या विपक्षमा मतदान गर्नुपर्ने, तटस्थ बस्न नपाइने व्यवस्था रहेको मात्र जानकारी गराएका थिए । ‘नियमावलीको व्यवस्था पढेर मात्रै सुनाउनुभो । प्रधानमन्त्रीको उम्मेदवारको विषयमा सबैले पक्ष–विपक्षमा तर्क राख्दा उहाँ पूरै मौन बस्नुभो,’ एक नेताले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE