Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

धानखेतमा जन्मिएका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री : यस्तो छ उनको जीवनयात्रा

\"prachanda_pm_cover\"काठमाडौं, १९ साउन । राजाको छोरा राजा हुने देशमा एउटा साधारण किसानको छोरा आज फेरि दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । ६२ वर्ष अघि कास्कीको ढिकुर पोखरीमा जन्मिएर ३ र ६ छुट्याउन नसक्ने प्रचण्ड आज गणतान्त्रिक मुलुकको दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएको १० वर्ष अघिसम्म उनलाई एक झल्को देख्नै नपाई हजारौंले हाँसी हाँसी मृत्युवरण गरेका थिए । प्रचण्डको स्वामश्वेत तस्बिर छातिमा च्यापेर १३ हजार नेपाल आमाका छोरा छोरीले हाँसीहाँसी मृत्युलाई स्विकार गरेका थिए । आज तीनै बलिदानी इतिहासका लेखिन बाँकी अध्याय लेख्न भन्दै प्रचण्ड प्रधानमन्त्री भएका छन् । धानखेतमा जन्मिएका थिए प्रचण्ड  २०११ साल मंसिर २७ गतेको त्यो दिन । ७२ घन्टासम्म आमा भवानी दाहाल प्रशव वेदनामा छट्पटाइरहेकी थिईन्। ७२ घन्टा वितिसक्दा पनि शिशुको जन्म नभएपछि बुवा मुक्तिराम बैद्य बोलाउन डाँडापारी गएका थिए । बैद्यले जपेर दिएको मन्त्र लिएर हतार हतार मुक्तिराम घर आई नपुग्दै भवानीले धानखेतमै प्रचण्डलाई जन्म दिइसकेकी थिइन् । आज धानखेतमा जन्मिएका प्रचण्ड । १७ वर्षको उमेरमा कम्युनिस्ट   प्रचण्ड १७ वर्षको उमेरमै कम्युनिस्ट भइसकेका थिए । उनले २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएपछि उनको राजनैतिक यात्रा सुरु भएको थियो । २०३५ सालमा पुग्दा उनी स–परिवार छाडेर पूर्णकालीन भइ कम्युनिस्ट आन्दोलनमा लागेका थिए । जिल्ला सदस्यदेखि पार्टी महासचिवसम्म उनी २०३६ सालमा चितवन जिल्ला समितिको सदस्य पदमा निर्वाचित भए । २०३८ सालमा पुग्दा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव भइसकेका थिए । पञ्चायती व्यवस्थाले चरम रुप लिँदै गयो । कम्युनिस्ट पार्टी प्रतिवन्धित अवस्थामा थियो । त्यसपछि उनी भूमिगत भए । महासचिव भएको दुईवर्षपछि २०४० सालमा उनी अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष बने । ४१ सालमा पाँचौ महाधिवेशनबाट ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका उनी २०४२ सालमा पुग्दा ‘मशाल’को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य भए । त्यसपछि मोहन बैद्य ‘किरण’ले क्रान्ति हाँक्न सक्ने आँटिला युवा उनलाई देखेपछि २०४६ सालमा महामन्त्री पद छाडेर प्रचण्डलाई ने.क.पा. (मशाल)को महामन्त्री पद सुम्पिदिए । ने.क.पा.(एकता केन्द्र) बाट ने.क.पा. माओवादीः \"Prachanda\"विभिन्न टुक्रा टुक्रामा विभाजित कम्युनिस्ट पार्टीहरुबाट नेपालमा क्रान्ति नहुने निष्कर्षमा उनी पुगे र उनले २०४८ सालमा विभिन्न पार्टीहरुलाई एकता गरि ने.क.पा.(एकता केन्द्र) पार्टी गठन गरे । त्यसको उनी महामन्त्री बने । नेपाली कम्युनिस्ट आन्दोलन केवल सत्ताले उपलब्ध गराएको वैधानिक सुविधाभित्र रहेर क्रान्तिको सपना देख्नेहरुको जमात बढ्न थाल्यो । दशकौं वितिसक्दा पनि कम्युनिस्ट आन्दोलनले गति लिन सकेन । त्यसपछि उनले अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको देशमा सशस्त्र क्रान्ति नै गर्ने निधो गरि २०५१ सालमा ने.क.पा.(माओवादी) पार्टी गठन गरे । त्यसको उनी महामन्त्री भनेर दिर्घकालीन जनयुद्धको रणनीति तयार गर्न थाले । त्यसपछि २०५२ फागुन १ गते नेपाली इतिहासमा कहिल्यै नभएको युगान्तकारी महाअभियानको सुरुवात भयो । गाउँबाट सहर घेर्ने दिर्घकालीन जनयुद्धमा पुरै देश होमियो । उनीसहितका नेतृत्व टिमलाई टाउकोको मूल्य तोक्नेदेखि आतंकवादीको सूचिमा राख्नेसम्म तत्कालीन सत्तापक्षले गर्यो । त्यसका बावुजुत जनताको अजेय साथ र समर्थनमा प्रचण्ड अझै वेगवान गतिमा लम्किरहे । २०५७ सालमा पुग्दा प्रचण्ड दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष बने । २०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमाण्डर बने । क्रान्तिको जहाजलाई भूमरीबाट बचाउनुपर्छ भन्नेमा उनी पुगे । त्यसपछि १२ बुँदे सहमति भयो । देशमा सहरी विद्रोह र जनयुद्ध एकसाथ चर्किन थाल्यो । त्यसको फलस्वरुप गद्धिबाट सदाका लागि सामन्तवादका नाइके राजसंस्थाको अन्त्य भयो । प्रचण्ड २५ वर्षे भूमिगत राजनीतिको यात्रा पार गरेर करोडौं श्रमजीवि मानिसको आशाको केन्द्र बन्दै पहिलो पटक २०६३ साल असार २ गते काठमाण्डौंमा सार्वजनिक भए । पहिलो संविधान सभादेखि प्रधानमन्त्रीसम्म गद्धिबाट राजा ढलेपछि देशमा संविधानसभाको निर्वाचन भयो । जनताको अपार साथ र सहयोगमा प्रचण्डको पार्टी पहिलो भयो र प्रचण्ड प्रधानमन्त्री बने । प्रधानमन्त्री भनेको ९ महिनामा जनताको सार्वभौम अधिकारमाथि सेरेमोनियल राष्ट्रपतिबाट हस्तक्षेप भएको भन्दै उनी सहर्ष सत्ता त्यागेर सडकमा आए । जनअपेक्षा अनुकुल देश अघि बढेन । जसको कारण दोस्रो संविधानसभाको निवार्चन भयो । उनी सिरहाबाट विजय भए । उनकै अगुवाईमा केही प्रगतिशील विषेशता सहितको संविधान जारी भयो । दोस्रो पटक प्रधानमन्त्री हुने एक्ला कम्युनिस्ट नेता २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी प्रजातन्त्रयता पाँच पटक सत्तामा गएका छन् । जसमध्ये दुई दुई पटक प्रधानमन्त्री हुने उनी एक्ला कम्युनिस्ट नेता हुन् । पहिलो पटक प्रधानमन्त्री हुँदा केही अनुभवजन्य कमजोरीका कारण जनपक्षीय कामहरु गर्न नसकेको स्विकार गर्ने प्रचण्डले यसपटक संविधान कार्यान्वयन सहित विभिन्न जनपक्षीय कामहरु कुशलतापूर्वक गर्ने अपेक्षा जनताले गरेका छन् । उनले आफ्नो क्षमता र पार्टीको अस्तित्व बचाउने यो नै अन्तिम अवसर भएको पनि बताएका छन् । टाउकाको मूल्य तोक्नेसँगै प्रचण्डको यात्रा जनताले प्रचण्डसँग केही आशा केही शंका गरेका छन् । कुनैबेला टाउकाको मूल्य तोक्नेसँग सत्तासमीकरण गरि उनी सत्तासिन भएका छन् । उनको यात्रालाई कतिपयले निकै चुनौतीपूर्ण यात्राका रुपमा समेत हेरेका छन् । प्रचण्ड सामु मधेसको मुद्धा, थारु लगायतका जनजातिको मुद्धा, संविधान कार्यान्वयन, पुर्ननिमार्ण जस्ता गर्नु पर्ने कामहरु धेरै छन् । यी सबै कामहरु कुशलतापूर्वक उनले गर्न सके साँच्चै आम मानिसले उनलाई नायककै रुपमा स्विकार गर्नेमा कुनै शंका छैन। अर्को उनीमाथि कम्युनिस्ट आन्दोलनलाई स्खलनको दिशामा पु¥याएर छाडेको आरोप पनि छ । विभिन्न १० कम्युनिस्ट घटकहरुबीच एकता गरी केही सन्देश दिन खोजेका प्रचण्डले १२ बुँदे देखि हिड्न खोजेको बाटो प्रमाणित गर्ने र भ्रम र निसारामा हराइरहेका कम्युनिस्ट घटकहरुलाई नयाँ शिक्षा दिने अवसर र चुनौतिपनि प्रचण्डसामु छ । अर्को पक्ष भनेको संविधानमा उल्लेख भएको ‘समाजवाद उन्मुख’ शब्दमा माओवादी हिड्न खोजेको बाटो कस्तो हो त्यो प्रमाणित गर्ने अवसर पनि उनी सामु छ । प्रचण्डको पारिवारिक विवरण बाबुको नाम - मुक्तिराम दाहाल आमाको नाम - भवानी दाहाल श्रीमति - सीता दाहाल (२०२६ मा विवाह) जन्मस्थान - ढिकुर पोखरी गा.वि.स., वार्ड नं. २, लेवाडे, कास्की, गण्डकी अञ्चल जन्म मिति- २०११ साल मंसिर २६ गते -६ बहिनी, २ भाईमध्ये पहिलो सन्तान –बसाँइ सराई २०१९ सालमा ढिकुर पोखरी –२ बाट चितवन भरतपुर, शिवनगर गा.वि.स.मा भएको । –छोरीहरु - ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल –छोरा - प्रकाश दाहाल –भाई - गंगाराम दाहाल – बहिनीहरु – अप्सरा भण्डारी, सिता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक – प्राथमिक शिक्षा - महेन्द्र प्राथमिक विद्यालय, ढिकुर पोखरी –माध्यामिक शिक्षा - नारायणी विद्या मन्दिर मा.वि., शिवनगर – आई.एस्सी. - पाटन संयुक्त क्याम्पस – वि. एस्सी., एजी.- रामपुर कृषि क्याम्पस –अध्यापन - नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, डण्डा मा.वि., नवलपरासी, भीमोदय मा.वि., आरुघाट, गोरखा –कर्मचारी सेवा - यू.एस.एड ०३२ प्रचण्डको राजनैतिक जीवन २०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता २०३१ सालमा माक्र्सवादी अध्ययन समूहको गठन २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश , २०३५ सालमा पूर्णकालीन २०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वा्चित २०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव भूमिगत जीवन २०३८ सालदेखि २०६३ सालसम्म २०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष २०४१ सालमा ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वा्चित – पाँचौ महाधिवेशनबाट २०४२ सालमा ‘मशाल’को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य २०४६ सालमा ने.क.पा. (मशाल)को महामन्त्री २०४८ सालमा ने.क.पा.(एकता केन्द्र) को महामन्त्री २०५१ सालमा ने.क.पा.(माओवादी) को महामन्त्री २०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष २०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर २०६३ साल असार २ गते काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक २०६४ चैत्र २८ मा भएको संविधानसभा निर्वाचनामा काठमाडौं १० रोल्पा २ वाट विजय २०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्र्वािचत प्रधानमन्त्री २०६६ बैशाख २० मा प्रधानमन्त्रीवाट राजीनामा २०६९ मा हेटौडा महाविधेशनबाट पार्टी अध्यक्ष २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा सिराह–५ बाट विजयी २०७१ विराटनगर सम्मेलनबाट पार्टी अध्यक्ष २०७३ जेठमा पार्टी एकता, पार्टीको नाम माओवादी केन्द्र २०७३ साउन १८ मा प्रधानमन्त्रीका लागि मनोनयन दर्ता २०७३ साउन १९ मा दोस्रो पटक प्रधानमन्त्री
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies