Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

फोटो खिच्न ४० वर्षसम्म एउटै कपडा लगाउने मानिस

\"photoएजेन्सी । मानिस फोटो खिचाउनु छ भने सकेसम्म नयाँ कपडा लगाउन मन पराउँछन् । तर, फोटो खिचाउन कसैले ४० वर्षसम्म एउटै कपडा लगायो भन्दा तपाईं पत्याउनुहुन्छ ? यो अपत्यारिलो कुरा सत्य हो । अमेरिकाको टेक्सास सहरको डल्लासस्थित प्रेस्टउड स्कुलका शिक्षक डेल इर्बीले भने ४० वर्षसम्म एउटै स्विटर र सर्ट लगाएर फोटो खिचेका छन् । स्कुलको स्मारिकाका लागि उनले आफ्नो फोटो खिचाउँदा ४० वर्षसम्म उस्तै लुगा लगाएको कुराको अहिले सामाजिक सञ्जाल तथा इन्टरनेटमा व्यापक चर्चा छ । सन् १९७३ मा पहिलो र दोस्रो फोटो खिचाउँदा उनले यति लामो समयसम्म एउटै रंगको स्वेटर र सर्टमा फोटो खिचाउँला भन्ने सोचेका पनि थिएनन् । ४० वर्षसम्म त्यही पोसाकलाई प्राथमिकता दिनुको कारण भने उनकी श्रीमतीको आग्रह रहेछ । पहिलो र दोस्रो स्मारिकामा एउटै पोसाक लगाएको उनी आफैँलाई पनि थाहा रहेनछ । त्यो देखेपछि उनकी श्रीमतीले तेस्रो वर्ष पनि उही पोसाक लगाउन आग्रह गरेकी रहिछिन् । उनले त्यो ‘जोक’लाई लगातार ४० वर्षसम्म निरन्तरता दिए । ‘यो सर्ट र स्विटरमा अहिले प्वाल परिसकेको छ, तर यो रमाइलो स्मरणका लागि काफी छ,’ दुई वर्षअघि स्कुलबाट सेवानिवृत्त भइसकेका डेल भन्छन्, ‘यी लुगा स्टाइलिस थिएनन्, सुरुको भन्दा पछिल्ला वर्षमा यी कपडा टाइट पनि भएका थिए । तर, पनि मैले यी कपडालाई लगाएँ ।’ -नयाँ पत्रिका दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy