Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

कहिले हुन्छ सरकार विस्तार ? यी हुन् कांग्रेस र माओवादीका समस्या

\"pm काठमाडौं, २४ साउन । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र तथा गठबन्धनको अर्को दल नेपाली कांग्रेसमा बाँकी मन्त्रीमा कसलाई पठाउने भन्ने सकस देखिएको छ । आजको नयाँ पत्रिकामा खबर छ– माओवादीमा बाँकी पाँच मन्त्रालयमा समावेशी प्रतिनिधित्वका आधारमा मन्त्री चयन गर्न हम्मे हम्मे परेको छ । माओवादीले जातीय, क्षेत्रीय, भौगोलिक सन्तुलन मिलाएर एक साताभित्र मन्त्री चयन गर्ने जनाएको थियो । आफूले पाएको आठमध्ये बाँकी पाँच मन्त्रालयमा एक दर्जन माओवादी नेताको दाबेदारी छ । नेपाली कांग्रेसको समस्या नेपाली कांग्रेस भित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला पक्षले आ–आफ्नो पक्षका नेतालाई मन्त्रीको रुपमा अगाडि सारेका छन्, जसका कारण सभापति शेरबहादुर देउवा समस्यामा परेका छन् । उनलाई कृष्णप्रसाद सिटौलादेखि खुमबहादुर खड्कासम्मलाई चित्त बुझाउनुपर्ने बाध्यता छ । सिटौलाले दुई मागे कांग्रेस महाधिवेशनमा पहिलो चरणमा पराजित भएपछि दोस्रो चरणमा देउवालाई सहयोग गरेका सिटौला त्यसयता देउवाका सहयोगी बन्दै आएका छन् । सिटौलाले आफू निकटका भीमसेनदास प्रधान र झापाका सुधिरकुमार शिवाकोटीलाई मन्त्री बनाउन दबाब दिएका छन् । \"Prachand-and-Sherbahadur-Deuwa\"पौडेलको ६ मन्त्रालय दाबी रामचन्द्र पौडेल भने मन्त्री चयनमा देउवाले छलफल नै नगरेको भन्दै असन्तुष्ट छन् । आफू निकटका नेतालाई देउवा आफैले मन्त्री घोषणा गर्ने तयारी गरेपछि पौडेल पक्षले सम्मानजनक सहभागिता नभए आफ्नो पक्ष सरकारमै सहभागी नहुने चेतावनी दिएको छ । पौडेलपक्षले परराष्ट्रसहित ५ देखि ६ वटा मन्त्रालय दाबी गरेको छ । परराष्ट्रमा भने डा.शेखर कोइरालालाई लैजान देउवा सहमत भएको स्रोतको भनाइ छ । नेविसंघ महाधिवेशन अर्को कारण नौ वर्षपछि कांग्रेसको भातृसंगठन नेविसंघको महाधिवेशन भएकाले पनि सरकार विस्तारमा ढिलाइ भएको हो । अधिवेशन नभएका ११ जिल्ला, क्याम्पसको विवाद, अधिवेशन भएका ६४ जिल्लामा पनि प्रतिनिधिको विवादले गर्दा पार्टीका शीर्ष नेताहरू त्यसैमा अल्झिन पुगेकाले यसको असर सरकार विस्तारमा परेको स्रोतले बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE