Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

यसरी बित्ने गर्छ ओबामाको एक दिन

\"obama काठमाडौ, २५ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामा ‘स्ट्रिक्ट डाइट’ र ‘फिक्स्ड रुटिन’मा चल्ने भएकाले पनि बारम्बार चर्चामा आउँछन् । केही दिनअघि आएका समाचारमा उनले प्रत्येक रात सातवटा बदाम खाने कुरा चर्चामा आएको थियो । आजको नयाँ पत्रिका दैनिका खबर छ – मिडियामा यसले चर्चा पाएपछि ओबामाले भनेका थिए, ‘म डाइटमा यति साह्रै कडा पनि छैन कि सधैँ गनेरै बदाम खान्छु ।’ आखिर उनी एक दिन कसरी बिताउँछन् त भन्नेचाहिँ सबैको चासोको विषय हो । यही विषयलाई केही दिनअघि एनबिसी न्युजले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा २४ घन्टा बिताएको थियो । एनबिसीले तयार पारेको ओबामाको एक दिन : बिहान ५ः३० बजे ओबामा बिहान पाँच बजेको हाराहारीमा उठिसक्छन् । त्यसपछि उनी जिम जान्छन् । प्रत्येक दिनजसो ओबामा जिममा ४५ मिनेट बिताउँछन् । त्यसपछि उनी ब्रेकफास्ट गर्छन् । परिवारलाई केही समय दिन्छन् । बिहान ८ः३० बजे बिहान ८ः३० बजेदेखि नौ बजेसम्ममा ओबामा ओभल अफिस पुगिसकेका हुन्छन् । कार्यालयमा पुगेपछि उनी सबैभन्दा पहिले त्यो दिनका पत्रपत्रिका पढ्छन् । अफिसमा उनले चार–पाँचवटा पत्रिका दैनिक पढ्छन् । अफिस पुगेको केही समयमा उनलाई स्वकीय सचिव फेरिएल गोवासिरीले पूरै दिनको कार्यतालिका बताउँछिन् । १० बजे बिहान १० बजेसम्ममा ओबामा अफिसको कामका लागि तयार भइसकेका हुन्छन् । उनी प्रत्येक दिन १० बजे राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए)सँग ‘ब्रिफिङ’ लिन्छन् । त्यसपछि ओबामा विभिन्न निकायमा फोन गर्न थाल्छन् । सुरक्षाका विषयमा सल्लाह गरेपछि उनी अरू मिटिङमा पनि बस्छन् । लगत्तै अन्य विषय वा मुद्दामा केन्द्रित रहेर आफ्ना र सरकारी रणनीतिबारे उनी अफिसमा कुरा गर्छन् । ११ बजे त्यसपछि ह्वाइट हाउसमा ओबामाको अन्य कर्मचारीसँग भेट्ने समय मिलाइएको हुन्छ । प्रत्येक दिनजसो उनी ह्वाइट हाउसका लगभग सबै कर्मचारीसँग भेटघाट गर्छन् । यसलाई ‘ह्यान्डसेक सेसन’ भन्ने गरिएको छ । कहिलेकाहीँ प्रेस मिट गर्दा ओबामा यही समयलाई उपयुक्त मान्छन् । मिडिया र पत्रकारले समय मागेको खण्डमा पनि उनी यही समयलाई अनुकूल मान्छन् । साँझ ६ बजे दिनभर कार्यालयका काम सकेर ओबामा निवासमा फर्कने तयारीमा लाग्छन् । ६ बजेपछि उनी स्वकीय सचिवबाट दिनभर भएको कामबारे जानकारी लिन्छन् । साँझ ६ः३० बजे उनी यतिवेलासम्म निवास पुगिसकेका हुन्छन् । यो उनले परिवारका लागि छुट्याएको समय हो । अब उनी डिनरको तयारीमा लाग्छन् । परिवारसँग डिनर गरेपछि उनी केही समय छोरीहरूलाई समय दिन्छन् । छोरीहरू मालिया र सासासँग टिभी हेरेर उनी समय बिताउँछन् । साँझ ७ः३० बजे साढे सात बजेपछि फेरि उनी काममा जुट्छन् । यतिवेला उनी फोनमा कुरा गर्ने र आएका मेलहरू पढ्ने गर्छन् । अमेरिकी नागरिक वा अन्य व्यक्तिले उनलाई पठाएका कम्तीमा पनि १० वटा मेल उनले यतिवेला पढ्छन् । राति ११ः३० बजे यतिवेलासम्म ओबामा अफिसियल काममै व्यस्त हुन्छन् । तर, साढे एघार बजेपछि उनी सुत्ने तरखरमा लाग्छन् । सुत्नुभन्दा अगाडि उनी केही समय पढ्छन् । उनले कस्ता पुस्तक पढ्ने र कहिले के पढ्ने भन्ने निक्र्योल गर्न एउटा समिति नै बनाइएको छ । यही समयमा उनी आफूलाई मन पर्ने ‘ड्रिंक’ मार्टिनी पनि लिन्छन् । ओबामा प्रत्येक दिन करिब ६ घन्टा सुत्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE