Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

यस्ताे छ, भारत र चीनमा विशेष दूत पठाउनुको भित्री कारण

\"mahara-nidhi-750\" काठमाडौं, २८ साउन । भारत र चीनसँगको सम्बन्ध सुदृढ र सन्तुलित बनाउने उद्देश्यसाथ सरकारले दुई उपप्रधानमन्त्रीलाई विशेष दूतका रूपमा छिमेकी मुलुकमा पठाउने निर्णय गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो । निधि र महरालाई एक साताभित्रै भारत र चीनमा विशेष दूतका रूपमा पठाउन गृहकार्य सुरु गरिएको छ । अघिल्लो सरकारका पालामा भारतसँग बिग्रिएको सम्बन्ध सुधार्न र नयाँ सरकार गठन भएपछि चिनियाँहरूमा बढेको आशंका मेटाउन सरकारले उपप्रधानमन्त्री निधि र महरालाई भारत र चीन पठाउने निर्णय गरेको हो । नयाँ सत्ता समीकरणको औचित्यसहितको सन्देश प्रवाह गराउन र दुवै छिमेकी मुलुकमा रहेको अविश्वास र आशंका मेटाउन सरकारले दुई उपप्रधानमन्त्रीलाई छुट्टाछुट्टै मुलुकमा प्रधानमन्त्रीको विशेष दूतका रूपमा पठाउने निर्णय गरेको जानकारी कृषिमन्त्री गौरीशंकर चौधरीले दिए । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित गराउन, भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गर्ने वातावरण बनाउन, प्रधानमन्त्री दाहालको भारत भ्रमणको वातावरण तयार गर्न र दुवै मुलुकमा रहेको अविश्वास र आशंका मेटाएर सम्बन्ध सुदृढ र सुमधुर बनाउन मन्त्रिपरिषद्ले भारत र चीनमा प्रधानमन्त्री दाहालको विशेष दूतमा आफूहरूलाई पठाउने निर्णय गरेको जानकारी उपप्रधान तथा गृहमन्त्री निधिले दिए । निधिका अनुसार विशेष दूतका रूपमा पठाउनुअघि प्रधानमन्त्री दाहालले छुट्टै विशेष निर्देशन दिनेछन् । त्यसबारे गृहकार्य भइरहेको निधिले बताए । निधिले आफूहरू छिट्टै भारत र चीनमा प्रधानमन्त्रीको विशेष दूतका रूपमा जान लागेको जानकारी दिए । ‘हामी जानुभन्दा पहिला प्रधानमन्त्रीले हामीलाई बोलाएर छुट्टै निर्देशन दिनुहुनेछु, निधिले भने । भारतसँग बिग्रिएको सम्बन्ध सुर्धानर चिनियाँहरुको आशंका मेटाउन दुई उपप्रधानमन्त्रीलाई सरकारले विशेष दूतको रुपमा पठाउन लागेको हो । उनले भारत र चीनका कुन तहका नेतासँग भेटघाट हुने भन्नेबारेमा केही बताउन चाहेनन् । महराका स्वकीय सचिव हिमाल शर्माका अनुसार चीनका उपप्रधानमन्त्री वाङ याङ र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओसँग उपप्रधानमन्त्री महराले भेट गर्ने कार्यतालिका बनिसकेको छ । ‘पहिलोपटक प्रधानमन्त्री हुँदा अगाडि सारेको चीन, नेपाल र भारतको त्रिदेशीय रणनीतिक समझदारीको प्रस्ताव सार्थक बनाउन प्रधानमन्त्रीले दुवै मुलुकमा विशेष दूत पठाउने निर्णय गर्नुभएको हो’, शर्माले अन्नपूर्णसँग भने । उपप्रधानमन्त्री महराले बिहीबार पूर्वअर्थसचिवहरूसँग मन्त्रालयमा गरेको छलफलमा चीन भ्रमणका क्रममा आफूले उठाउनुपर्ने विषयमा सुझाव लिएका थिए । परराष्ट्रसचिव शंकरदास बैरागीले मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम दुवै मुलुकको भ्रमणको मिति आपसी परामर्शमा तय हुने बताए । ‘नयाँ सरकार गठनको सन्देश प्रवाह गर्न र सम्बन्ध विस्तारका लागिु निधिलाई भारत र महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरिएको जानकारी कृषिमन्त्री चौधरीले दिए । मन्त्री चौधरीका अनुसार दुवै उपप्रधानमन्त्रीलाई बाटोको म्यादबाहेक दुईदुई दिनको समय सम्बन्धित मुलुकको राजनीतिक नेतृत्वसँग भेटवार्ता गरी सम्बन्ध सुधार्न केन्द्रित गर्न दिइएको छ । ‘उहाँहरूलाई बाटोको म्यादबाहेक दुई दिनको समय दिइएको छु, चौधरीले अन्नपूर्णसँग भने । दुवै उपप्रधानमन्त्रीले सम्बन्धित मुलुकको भ्रमण गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीसहितको सानो टोली लिएर जानेछन् । आगामी असोज २९—३० ९अक्टोबर १५—१६० मा चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतको गोवामा हुने ब्रिक्स राष्ट्रहरूको आठौं सम्मेलनमा सहभागी हुने क्रममा नेपाल भ्रमण गर्नसक्ने सम्भावना व्यक्त गरिँदै आएको छ भने भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई आगामी असोज ३ गते हुने संविधान दिवसमा अतिथि बनाउने गरी भ्रमण गराउन प्रयास हुने बताइएको छ । संविधान जारी हुनुअघि र जारी भएयता नेपाल(भारत सम्बन्धमा चिसोपना देखिएको र केही असहज परिस्थिति बनेको स्मरण गराउँदै उपप्रधानमन्त्री निधिले त्यसलाई अझै राम्रो बनाउनमा आफ्नो भारत भ्रमण केन्द्रित रहने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE