Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

सेनाको पुनःसंरचना, दुईखाले विकल्प प्रस्तुत

\"nepal-army-750\" काठमाडौं, १२ भदौ । महत्त्वपूर्ण पद रथीको संख्यामा वृद्धि गर्ने दुई विकल्पसहित नेपाली सेनाको पुनस्संरचनाको खाका प्रस्ताव गरिएको छ । नयाँ संविधानअनुसार सेनालाई पुनस्संरचना गर्न सरकारद्वारा पूर्वरक्षासचिव वामन न्यौपानेको नेतृत्वमा गठित ५ सदस्यीय कार्यदलले तयार पारेको खाकामा पृतना संख्या घटाई त्यसलाई सञ्चालन तथा निर्देशन गर्न प्रधानसेनापति मातहतमा अपरेसन कमान्ड हेडक्वाटरको प्रस्ताव गरिएको हो । प्रस्तावअनुसार कमान्डहरूले नै पृतनालाई हेर्नेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ –कार्यदलले दुई विकल्पको खाका प्रस्तुत गरेको छ । पहिलो विकल्पमा प्रधानसेनापति मातहत ४ रथी रहने व्यवस्था छ भने दोस्रो विकल्पमा ३ रथी मात्र रहने प्रस्ताव गरिएको छ । हाल सेनामा दुई रथी छन् । कार्यदलले रक्षा मन्त्रालयलाई बुझाएको खाकामा पहिलो विकल्प नै उपयुक्त हुने सुझावसमेत दिएको छ । रक्षा मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयन प्रक्रिया एक महिनाअघि प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ । नेपालको विद्यमान राजनीतिक व्यवस्था तथा शासन पद्धतिलाई ध्यान दिँदा प्रधानसेनापतिको प्रत्यक्ष मातहतमा हाल कायम रहेको ६ पृतनाको सट्टा कमान्ड राख्ने प्रस्ताव गरिएको छ । पहिलो विकल्प प्रधानमन्त्री कार्यालयबाट प्राप्त पुनस्संरचनासम्बन्धी दस्तावेजअनुसार पहिलो विकल्पमा चार रथी रहने प्रस्ताव छ, जसमा बलाधिकृत विभाग, कार्यरथी विभाग, पूर्व कमान्ड र पश्चिम कमान्डमा रथी रहने छन् । यसमा अपरेसन कमान्डका आधारमा देशलाई सैनिक दृष्टिकोणबाट दुइटा कमान्ड क्षेत्रमा विभाजन गर्ने प्रस्ताव खाकामा छ । उपत्यका विशेष क्षेत्रसहित ६ वटा पृतनालाई दुइटा कमान्ड मातहतमा राख्ने उल्लेख छ । त्रिशूली–नारायणी नदीदेखि मुलुकको पूर्वी भागको अन्तर्राष्ट्रिय सिमानासम्मका क्षेत्रलाई ‘पूर्वी कमान्ड’ र त्रिशुली–नारायणी नदीदेखि पश्चिम भागको अन्तर्राष्ट्रिय सिमानासम्मका क्षेत्रलाई ‘पश्चिम कमान्ड’ नामकरण गरी जिम्मेवारी क्षेत्र तोक्ने खाकामा उल्लेख छ । हालका ५ वटा पृतनाका अतिरिक्त उपत्यका विशेष क्षेत्रमा रहने उपत्यका पृतनासहित ६ वटा पृतनाहरूमध्ये पूर्वी पृतना, मध्य पृतना र उपत्यका पृतनालाई ‘पूर्वी कमान्ड’ र पश्चिम पृतना, मध्य पश्चिम पृतना र सुदूरपश्चिम पृतनालाई ‘पश्चिमी कमान्ड’ अन्तर्गत राखिनेछ । पृतनाअन्तर्गतका बाहिनी, गण, गुल्महरूको तैनाथी एवं जिम्मेवारी आवश्यकताअनुरूप निर्धारण गर्ने र हाल जंगीअड्डाको प्रत्यक्ष मातहतमा रहेको रणनीतिक विशेष बाहिनी कायमै राख्ने उल्लेख छ । कार्यदलले पहिलो विकल्प लागू गर्दा हालको पृतनाको जिम्मेवारीमा सामान्य फेरबदल हुने, प्रस्तावित हुने लजिस्टिक बेसहरूलाई व्यवस्थापन गर्न सजिलो हुने, देशको भौगोलिक अवस्थासँग मेलखाने र सुरक्षा चुनौतीलाई सामना गर्न सजिलो हुने फाइदा खाकामा औंल्याएको छ । कार्यदलले हालको पृतना संख्यामा थप एक वृद्धि हुने ९खारेज गर्ने निर्णय भए पनि खारेज भइनसकेको उपत्यका पृतना०, कम्ब्याट सपोर्टका अंगहरूको अनुपात मिलाउन कठिन हुने, हेडक्वाटरहरू अपरेसनल हुन समय लाग्ने र पृतनाको संख्या बढ्नाले लडाकु फौजको संख्या घट्न जाने बेफाइदा उल्लेख गरेको छ । दोस्रो विकल्प यस विकल्पमा तीन रथीसहित एउटा अपरेसनल कमान्ड स्थापना गर्ने प्रस्ताव छ । देशलाई सैनिक दृष्टिकोणबाट एउटा जिम्मेवार क्षेत्र मानी जंगीअड्डाभन्दा तल र पृतना तहभन्दा माथि अपरेसनल तहको एउटा ‘केन्द्रीय कमान्ड’ खडा गर्ने यस विकल्पमा उल्लेख छ । हालका पाँचवटा पृतनाको सट्टा चारवटा पृतनामात्र कायम गरी केन्द्रीय अपरेसनल कमान्डअन्तर्गत राख्ने र यसका लागि हाल कायम रहेको पृतना जिम्मेवार क्षेत्रलाई पुनरावलोकन गरी देशको सम्पूर्ण भू–भागलाई सैनिक दृष्टिकोणबाट चारवटा पृतनाको जिम्मेवारी क्षेत्रमा विभाजन गर्ने कार्यदलको सुझाव छ । त्रिशूली–नारायणी नदीदेखि मुलुकको पूर्वी भागमा पूर्वी अन्तर्राष्ट्रिय सिमानासम्मका क्षेत्रहरू दुइटा पृतना ९पूर्वी र मध्य पृतना० अन्तर्गत राख्ने र त्रिशूली–नारायणी नदीदेखि पश्चिमी भागमा अन्तर्राष्ट्रिय सिमानासम्मका क्षेत्रहरूलाई दुइटा पृतना ९पश्चिम र सुदूरपश्चिम० अन्तर्गत राख्ने प्रस्ताव गरिएको छ । हाल कायम सम्पूर्ण बाहिनीरगणरगुल्मलाई माथि उल्लेखित चार पृतनाअन्तर्गत राख्न सकिने खाकामा उल्लेख छ । आवश्यक देखिएमा कायम रहेका गणमध्येबाट मिलाएर नयाँ बाहिनी स्थापना गरी चारवटा पृतनाअन्तर्गत नै राख्न सकिनेसमेत उल्लेख छ । हाल जंगीअड्डाको प्रत्यक्ष मातहतमा रहेको रणनीतिक स्पेसल फोर्स र जगेडा बाहिनीलाई मिलाएर जंगीअड्डाअन्तर्गत एउटा नयाँ पृतना तहको रणनीतिक फोर्स स्थापना गर्न सकिने कार्यदलको प्रतिवेदनमा छ । विकल्प दुईमा हालको पृतनाको संख्या एउटा कम हुने, रिर्जभ फौजहरू व्यवस्था गर्न सजिलो हुने, कम्ब्याट सपोर्टका अंगहरूसँग समन्वय गर्न सजिलो हुने, तत्कालै कार्यान्वयन गर्न सकिने र पृतनाको संख्या घट्नाले लडाकु फौजको संख्या बढ्न जाने फाइदा औंल्याइएको छ । यसका बेफाइदामा कमान्ड कन्ट्रोल गर्न तुलनात्मक रूपमा कठिनाइ पर्ने, पृतनाहरूको जिम्मेवारी क्षेत्र बढ्न जाने र स्रोत साधन परिचालन तथा नियन्त्रण गर्न कठिनाइ हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE