Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कांग्रेस बैठकमा शीर्ष नेताको रस्साकस्सी, कसले के भने ?

काठमाडौं । चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गुटअनुसार पक्ष–विपक्षमा आरोप–प्रत्यारोप जारी छ । रामचन्द्र पौडेल समूहका नेताहरू चर्को आलोचनामा उत्रिएपछि सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आक्रामक रूपमा प्रतिवाद गरेका हुन् । बुधबारको बैठकमा देउवा पक्षधर नेताहरूले रामचन्द्र पौडेलले केही समयअघि पेस गरेको चारपन्ने आरोप र मंगलबार युवा नेताहरूले पेस गरेको प्रस्तावका बुँदामाथि आपत्ति जनाए । आजको नयाँपत्रिका दैनिकमा खबर छ–नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलले पेस गरेको प्रस्तावको भाषा उनको राजनीतिक उचाइसुहाउँदो नभएको टिप्पणी गरे । चारपन्ने आरोपमा पौडेलले गुटको भरणपोषण गरेको, पैसाको राजनीति गरेको, कार्यकर्तालाई कांग्रेस जिन्दावाद होइन, शेरबहादुर जिन्दावाद भन्न सिकाएको विषय समेटेका थिए । महेश आचार्यले चुनावमा देउवा एक्लैले टिकट नबाँढेको भन्दै परिणामको जस–अपजस सबैले लिनुपर्ने बताए । डा। प्रकाशशरण महतले मंगलबारको लिखित प्रस्ताव सभापतिलाई मात्र दोषी देखाउने गरी आएको भन्दै आपत्ति जनाए । पौडेल, प्रकाशमान सिंह र गगन थापालगायतले दोष मात्रै थुपारेको, तर सही बाटो देखाउन नसकेको उनको टिप्पणी थियो । शंकर भण्डारीले पार्टीका संरचना र निकायलाई अब विधानतः सभापतिले चाँडै पूर्णता दिनुपर्ने बताए । उनले सभापतिलाई मात्रै लखेटेर पार्टी राम्रो नबन्ने धारणा राखे । १० दिन बसिसकेको बैठक अझै केही दिन लम्बिने भएको छ । ६६ केन्द्रीय सदस्यले बोलिसकेका छन् भने अब बाँकी केन्द्रीय सदस्य, पदाधिकारी तथा पूर्वपदाधिकारी बोल्न बाँकी छ । बैठकको निर्णय लेख्न प्रवक्ता विश्वप्रकाश शर्मा र पौडेल पक्षबाट नवीन्द्रराज जोशीसहितका नेतालाई जिम्मेवारी दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए । निर्णय लेख्नुअघि आफूहरूको भावना, आवाज र कार्यक्रम समेट्न पौडेल र सिटौला पक्षले देउवालाई दबाब दिइरहेका छन् । कसले के भने ? राम्रो कामको पनि चर्चा गर्रौंः डा. प्रकाशशरण महत सभापतिलाई मात्र दोषी देखाउने गरी लिखित प्रस्ताव आएका छन् । उहाँलाई मात्रै दोष दिने र कराउने तरिका ठीक भएन । सभापतिलाई दोष थोपरेर ल्याइएको लिखित प्रस्तावले बाटो देखाउँदैन। गुट होइन, पार्टी बनाउन प्रतिस्पर्धा गरौँः शंकर भण्डारी पार्टीमा काम गरेका साथीहरूको मूल्यांकन गरेर जिम्मेवारी दिऔँ । सधैँ अवसर पाएकाहरूले फेरि पनि अवसरका लागि लोभ नगरौँ । पार्टी बलियो बनाउन सबै लागौँ । सभापतिलाई लखेट्ने काम मात्र नगरौँ । रामचन्द्रजी उचाइ सुहाउने भाषा भएनः विमलेन्द्र निधि तपाईंको उचाइको नेताले यो हदसम्मको भाषा भएको प्रस्ताव ल्याउन हुने थिएन । पार्टीभित्रका विषय छताछुल्ल हुने गरी अझै भ्रामक शैलीमा प्रचार गर्नु राम्रो होइन । सच्याउनुभएन भने इतिहास र नयाँ पिँढीले हामीलाई सराप्नेछ । सभापतिलाई मात्रै सराप्न मिल्दैनः महेश आचार्य हामी सबै बसेर टिकट दिएका हौँ । टिकट दिएपछि हारको जस–अपजस सबैले लिनुपर्छ । पार्टीको पराजयको कारण अन्तर्घात पनि हो । अब यही ढर्राले पार्टी चल्दैन । नयाँ सोच र एकढिक्का बनाएर पार्टीलाई अघि बढाऔँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending