Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

मोदीको नेपाल भ्रमण तालिका बनाउनै हम्मे

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको समयतालिका तय गर्न परराष्ट्र मन्त्रालयलाई हम्मेहम्मे परेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार छोटो समय धेरै ‘इन्गेजमेन्ट’ ले गर्दा तालिकालाई अन्तिम रूप दिन नसक्दा तिथि सार्वजनिक गर्न ढिलाइ भएको हो । वैशाख २८ मा नेपाल भ्रमणमा आउन लागेका मोदी २९ अपराहन नै फर्कने कार्यक्रम छ । यसबीच उनले उच्चस्तरका राजनीतिक भेटघाटका अलावा दुई स्थानमा नागरिक अभिनन्दन र सम्बोधन, अरुण तेस्रो जलविद्युत् तथा काभ्रेको पनौतीमा भारतीय सहयोगमा बन्ने प्रहरी प्रतिष्ठान शिलान्यास गर्ने कार्यक्रम छ । आजको कान्तिपुर दैनिकमा खबर छ–भूकम्पपछि भारतीय सहयोगमा बन्दै गरेको पुरातात्विक क्षेत्र जनकपुरमा पूजाअर्चना, दूतावासमा दिवाभोजसहित सम्मान, गार्ड अफ अनर, राष्ट्रपतिको दिवा भोजलगायतका सबै कार्यतालिका मिलाउन समय अपुग भएको यसमा संलग्न अधिकारी बताउँछन् । प्रहरी एकेडेमी र अरुण तेस्रो जलविद्युत् परियोजना संयुक्त पत्रकार सम्मेलनमा नै स्विच थिचेर गर्ने कि भन्नेमा समेत छलफल भइरहेको छ । मुक्तिनाथ यात्रा भने मौसमका कारण यसपटक पनि थाती रहन सक्ने अधिकारीहरूले बताए । भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग ४ वर्षअघि नै सम्झौता गरे पनि औपचारिक शिलान्यास नभएकाले सकारात्मक सन्देशका लागि मोदी स्वयंले शिलान्यास गर्ने कार्यक्रम छ ।मोदीको भ्रमण तिथि औपचारिक रूपमा सार्वजनिक भएको छैन । तयारी भने तीव्र रूपमा अघि बढेको परराष्ट्र अधिकारीले बताए । मोदीको दुईदिने राजकीय भ्रमणलाई नेपालले तीनदिने बनाउन वैशाख २७ मै आउन आग्रह गरे पनि भारतीय पक्षबाट सकारात्मक जवाफ नआएपछि व्यवस्थापन थालिएको अधिकारीहरूले बताए । प्रधानमन्त्री नियुक्त भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो । परराष्ट्र सचिव शंकरदास बैरागीले भ्रमणको तिथि दुईपक्षीय समझदारीमा सार्वजनिक हुने बताए । प्रधानमन्त्री केपी ओलीले नियमित ब्रिफिङ लिँदै भ्रमणलाई सन्तुलित र सबल बनाउन सबै निकायलाई निर्देशन दिएको अधिकारीहरूले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending