Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

फुर्सदिला प्रदेश प्रमुखः कोही पुस्तक पढेर कोही योगा र ध्यान गरेर दिन कटाउँछन्

काठमाडौं । सातै प्रदेशका प्रमुखलाई आजकाल खासै चटारो छैन । भूमिका नै कम भएपछि चटारो होस् नै कसरी ? खासमा उनीहरू फुर्सदमै छन् । कार्यालयमा न मारामार काम छ, न त भेटघाट नै बाक्लो चल्छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–त्यसैले, हिजो हरपल सक्रिय रहेका उनीहरूलाई आजको निस्क्रिय दैनिकी पट्यारिलो लाग्दै छ । प्रदेश प्रमुखको कार्यालयमा कति हुन्छन् जनशक्ति ? प्रदेश प्रमुखको कार्यालयमा सामान्यतः सचिवदेखि कार्यालय सहयोगीसम्म गरी १८ जनासम्म कर्मचारीको दरबन्दी हुन्छ । निजामती सेवाका सहसचिव कार्यालय सचिव रहन्छन् । २ उपसचिव, ७ शाखा अधिकृत र २ नायब सुब्बाको दरबन्दी हुन्छ । खरिदारलगायत अन्य पदमा पनि दरबन्दी हुन्छ । प्रमुखले निजी सचिवालयतर्फ भने १२ जनासम्म नियुक्त गर्न पाउँछन् । निवासमै कार्यालय कम्पाउन्डभित्रै दिन बित्छ गोविन्दबहादुर तुम्बाहाङले जीवनको लामो समय प्राध्यापनमै बिताए । दैनिक सयौँ विद्यार्थी र सहकर्मीसँगको घुलमिलमा उनलाई दिन बितेको पत्तै हुँदैनथ्यो । तर, अहिले उनको दैनिकी चक, डस्टर र मार्कर खेलाउँदाको भन्दा ठीक उल्टो छ । घरभित्रै १६ घन्टा बिताउनु १६ दिन बिताएजस्तो लागिरहेछ । बिहान ५ बजे उठिसक्ने तुम्बाहाङलाई निवास छाडेर कार्यालय दगुर्नु पर्दैन । उनको घरमै छ कार्यालय छ । उठेर आधा घन्टाजति कम्पाउन्डमै ओहोरदोहोर गरेपछि एक झमट नुहाउँछन् । ‘बिहानको खाजा लिएपछि पत्रपत्रिकामा भुल्दाभुल्दै १० बजिसकेको हुन्छ । अनि, कार्यालयको कामतिर लाग्छु,’ प्रमुख तुम्बाहाङले भने, ‘सम्बन्धित कसैलाई केही काम पर्‍यो भने निवासमै पत्र लिएर आउँछन् ।’ उनको दैनिकीमा भेटघाटको तालिका खासै हुँदैन । त्यसैले दिनभर फुर्सदिला हुन्छन् । यो समय पुस्तक पढेर दिन छोट्याउँछन् । ‘दिउँसो कार्यक्रम हुँदैन, कहिलेकाहीँ हुने हो, त्यसैले दिउँसो व्यस्त हुन्नँ,’ तुम्बाहाङले सुनाए । समाचारमा अपडेट हुनु, उनको खास तालिकामा पर्छ । कुनै दिन बिहान पत्रिका आएन भने बेलुकीपख टेलिभिजन समाचारबाट अपडेट हुन्छन् । बेलुकाको खाना ७ बजेतिर खाने उनी ९ बजेसम्म सुतिसक्छन् । यो बीचमा टेलिभिजनमै भुल्छन् । भेटघाट गर्‍यो दिन कटायो पूर्वप्रशासक रत्नेश्वरलाल कायस्थ योजनाविद् पनि हुन् । संघीय समाजवादी फोरमको राजनीतिमा सक्रिय थिए । हिजोको दौडधुपपूर्ण जीवन आज फेरिएको छ । प्रदेश प्रमुख नियुक्त भएपछि जनकपुरमा दिन काट्न सजिलो लागेको छैन उनलाई । कार्यालयमा खासै काम हुँदैन, कोही भेट्न आइदिए गफिने हो । कसैले बोलाइदिए कार्यक्रममा पुग्ने हो, तर यस्तो मौका मुस्किलले जुर्छ । ५ बजे उठ्ने कायस्थ प्रणायाम गर्छन् ७ बजेसम्म । ‘त्यसपछि करिब ४५ मिनेट जनकपुर क्षेत्रमै ३–४ किमी पैदल हिंड्छु र फर्किएपछि पत्रपत्रिका पढ्न थाल्छु,’ कायस्थले सुनाए । समाचार पढ्दापढ्दै १० बजिसक्छ, यो समयमा कहिलेकाहीँ भेटघाट पनि हुन्छ । खाना खाइवरी कार्यालय पुग्ने उनी साँझ ५ बजेतिर मात्रै निवास फर्किन्छन् । तर, कार्यालयमा रहँदा दिन के गरी कटाउँ भन्ने हुन्छ । कतै कसैले कार्यक्रममा बोलाएको दिन दिन बिताउन सजिलो भएको अनुभव उनले सुनाए । ‘२–३ दिनमा एउटा सामाजिक कार्यक्रममा निमन्त्रणा हुन्छ, उद्घाटन र शिलान्यास गर्छु,’ उनले भने । निवास फर्किएपछि ७ बजेतिर खाना खाने उनी केही घन्टा पुस्तक पढ्न र टिभी हेर्न खर्चिन्छन् । ‘राजनीतिक विश्लेषणात्मक बहस कार्यक्रम छ भने टिभी हेर्छु, नत्र पुस्तक पढ्नतिर लाग्छु,’ कायस्थले सुनाए । व्यस्त रहनुपर्ने बानी बाध्यवश बन्धनमा सामाजिक अभियन्ता अनुराधा कोइरालाको विगत निकै व्यस्त थियो । तर, प्रदेश प्रमुख भइसकेपछि बाध्यतावश उनी बन्धनमा छिन् । संविधानले जुन पायो त्यो कार्यक्रममा जान र जहाँ पायो त्यहाँ निस्किन छुट दिएको छैन । अरू प्रदेश प्रमुखजस्तै कोइराला पनि आजकाल फुर्सदमै छिन् । ‘केही काम गरिरहनुपर्ने सक्रिय मान्छे हुँ, तर अहिले हैसियतले पनि धेरै सक्रिय हुन दिएन,’ उनले नयाँ पत्रिकालाई सुनाइन् । बिहान बेलुका निवासमै पूजापाठमा रुमलिन्छिन् । ‘बिहान ५ बजेतिर उठेर नुहाईधुवाई गरेपछि पूजापाठतिर लाग्छु । त्यसपछि पत्रपत्रिका पढेर केही घन्टा बिताउँछु,’ उनले भनिन् । दिउँसोको समयमा कहिलेकाहीँ उद्घाटन र शिलान्यासका लागि निम्ता आउँछन् । उनी पुग्छिन् । ‘निम्तो आएका केही सामाजिक कार्यक्रममा सहभागी हुन्छु त्यस्ता कार्यक्रम पनि धेरै हुँदैनन्,’ कोइरालाले सुनाइन् । कार्यालयमा १० देखि ५ बजेसम्म रहँदा खासै काम हुँदैन । तर, नियमित जान त परिहाल्यो । कार्यालयमा उनको भेटघाट पनि खासै हुँदैन । राजनीतिक व्यक्तित्व नभएका कारण भेटघाटका लागि कमै पुग्छन् । फुर्सद मिल्यो कि कानुन पढ्यो प्रदेश प्रमुखमा नियुक्त हुनुभन्दाअघि बाबुराम कुँवरको दैनिकी निकै सक्रिय हुन्थ्यो । वरिष्ठ अधिवक्ता भएका कारण मुद्दा मामिलाका काम भ्याई –नभ्याई हुन्थ्यो । तर, अहिले उनको दैनिक गति सुस्त छ । कुवँरले भने, ‘बिहान हेल्थ क्लबबाट फर्केपछि नुवाईधुवाई सक्दा साढे ७ बजिसक्छ । त्यसपछि पत्रपत्रिका पढ्न सुरु गर्छु ।’ बिहान कहिलेकाहीँ भेटघाटका कार्यक्रम पनि हुन्छन् । १० बजे खाना खाइसकेर कार्यालय पुगिसक्छन् । तर, काम खासै हुँदैन । ‘कार्यालयमा पुगेर प्रशासनिक र व्यवस्थापकीय कार्यक्रम हेर्छु, र त्यसैअनुसार काम गर्छु,’ कुवँरले दैनिकी सुनाए, ‘फुर्सदमा संविधान तथा कानुनका किताब अध्ययन गर्छु । पुरानो पेसाका सहकर्मीहरूसँगै उनको भेटघाट र कुराकानी बढी हुन्छ । अन्य सार्वजनिक कार्यक्रमहरूमा भने पुग्दैनन् । उनी भन्छन्, ‘त्यस्ता कार्यक्रममा जान खासै रुचि पनि हुँदैन ।’ कुवँर आध्यात्मिक पनि छन् । त्यसैले, आध्यात्मिक कार्यक्रमहरूमा भने सहभागी हुन्छन् । ‘आध्यात्मिक कार्यक्रममा सहभागी हुँदा शान्ति र तनावबाट मुक्ति हुन्छ,’ उनले मनका कुरा गरे । साँझ घर फर्किएपछि भने दिनभरको समाचारमा अपडेट हुन्छन् । साँझ सामान्य कसरत पनि गर्छन् । सुझाब लिन आउनेलाई बाटो देखाइदिन्छु झा प्रदेश प्रमुख बनेपछि पहिलेजस्तो सक्रिय छैनन् । तर, अन्य प्रदेश प्रमुखको तुलनामा उनको व्यस्तता बढी नै छ । किनभने उनी पूर्वसचिव मात्रै होइनन्, पूर्वमन्त्री बनिसकेका व्यक्तित्व हुन् । उनीसँग विभिन्न योजनाका सुझाब लिन आउनेको संख्या अहिले पनि पातलो छैन । ‘मसँग आएर विकासका योजना र कार्यक्रम माग्छन् । तर, बजेट पारिदिने वा दिने अधिकार प्रदेश प्रमुखलाई छैन,’ उनले भने, ‘व्यक्तिका आवश्यकताअनुसार योजना र कार्यक्रमका लागि कुन मन्त्रालय र मन्त्री भेट्नुपर्ने हो भनिदिन्छु ।’ बिहान ५ बजे उठिसक्ने उनी एक घन्टाजति मर्निङ वाक गर्छन् । त्यसपछि सरसफाई गरेर पत्रपत्रिकामा भुल्छन् । निवासमै बिहानैदेखि भेटघाट सुरु हुन्छ । दिउँसो कार्यालयमा पनि भेटघाटले निरन्तरता पाउँछ । उनले दिउँसोको कार्यक्रम सुनाए, ‘विधेयक प्रमाणीकरण गर्नेबाहेक कार्यालयमा काम नै पर्दैन । त्यसैले, भेटघाटमै समय बित्छ । कहिलेकाहीँ सामाजिक कार्यक्रममा पनि पुग्छु ।’ कामै नभए पनि साँझ ५ बजेसम्मको पूरा अवधि कार्यालयको कुर्सीमै बिताउँछन् झा । साँझ निवास फर्किए ८ बजेभित्र खाना खाइसकेर उनी केहीबेर पुस्तक पढ्छन् र १० बजेभित्र सुतिसक्छन् । एउटै कम्पाउन्डमा निवास र अफिस छिनछिनमै कहिले यता, कहिले उता सुर्खेतमा दुर्गाकेशर खनालको ‘टिपिकल’ परिचय डिके सर हो । शिक्षण पेसामा रहँदा डिके सर बनेका उनी राजनीतिमा पनि सक्रिय रहे । प्रदेश प्रमुख बस्नुपर्ने घेराभित्रै रहेर पनि उनी सकेसम्म सक्रिय हुन खोज्छन् । दैनिक भेटघाट र कार्यक्रमहरूमा सहभागी भइरहन्छन् । तर, दिनहुँ कार्यक्रम नहुने भएपछि कार्यालयमै दिन काट्छन् । ‘बिहान ४ बजे उठेर नित्यकर्ममा लाग्छु । ५ देखि ६ बजेसम्म योगा गर्छु । मर्निङ वाकमा पनि निस्किन्छु,’ उनले बिहानको कार्यतालिका सुनाउँदै भने, ‘७ बजेपछि घर फर्किएर एक कप चिया पिउँदै पत्रपत्रिका पढ्छु । बिहान केही भेटघाट पनि भइरहेकै हुन्छ ।’ निवासको आडैमा कार्यालय छ । चार पाइला हिँडेर १० बजे कार्यालय छिर्छन्, जाँगर चले विधेयकहरू अध्ययन गर्छन् । तर, ११ बजे खाना खान फेरि निवासमै फर्किन्छन् । त्यसपछि पुनः १ बजे कार्यालय छिर्छन् । कार्यालयमा रहँदा विधेयकहरू पढ्ने र प्रमाणीकरण गर्नेबाहेक काम खासै हुँदैन । आक्कलझुक्कल सार्वजनिक कार्यक्रममा सहभागी हुन तथा उद्घाटन र शिलान्यास गर्न पुग्छन् । साँझ ५ बजे घर फर्किएपछि पनि भेटघाट हुन्छ । ‘साँझतिर पनि मन्त्री, सांसद, राजनीतिकर्मी तथा अन्य सामाजिक क्षेत्रका व्यक्तिसहित साथीभाइहरू भेटघाटमा आउनुहुन्छ,’ खनालले भने । बेलुका टिभी हेर्ने बानी उनको पनि छ । अरू काम छैन मुख्य ध्यान स्वास्थ्यमा मल्लको दैनिकी पनि फुर्सदिलो छ । दिनभर खासै कार्यक्रम हुँदैन । आफ्नै स्वास्थ्यको बाहेक चिन्ता गर्नुपर्ने अरू विशेष भूमिका पनि छैन । बिहान साढे ५ बजेतिर उठ्ने मल्ल लगत्तै मनतातो पनि पिउँछन् । एक घन्टाजति योगा र ध्यान गर्छन् । त्यतिवेलासम्म झन्डै ७ बजिसकेको हुन्छ । अब, उनको दैनिक तालिकामा चिया पिउने वेला हुन्छ । ‘सात बजेतिर योगा, ध्यान सबै सकेर चिया पिउँछु, अनि पत्रपत्रिका पढन सुरु गर्छु,’ मल्लले भने । दिन के गरेर बिताउने ? उनी समय कटाउन साथीभाइलाई भेट्न बोलाउँछन् । कोही बिहान आउँछन्, कोही दिउँसो । बिहान ११ बजेपछि कार्यालय पुग्ने उनी साँझ ५ बजेसम्म बस्छन्, कामै नभए पनि । कार्यालयमा भेटघाट नै उनको प्रमुख काम हुन्छ । बाहिर कार्यक्रमतिर सहभागी हुने मौका आक्कलझुक्कल जुर्छ । मल्लको टिभी हेर्ने बानी भने छैन । बरु, साहित्य र कानुनका किताब पढ्छन् । राति साढे ८ बजेभित्र खाना खाने उनी सुत्नुअघि एकपटक नियमित ध्यान गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending