Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भारतका तीन पूर्वराजदूत १८ दिनदेखि के गर्दैछन् काठमाडौंमा ?

काठमाडौं । भारतका तीन पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरू कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् । पर्यटकका रूपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा पनि राजनीतिक भेटघाट नै हुने अधिकारीहरू बताउँछन् । आजको कान्तिपुर दैनिकमा खबर छ–उनीहरू अहिले राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरूलाई भेट गरिरहेका छन् । उनीहरूले व्यापारिक समुदायलाई पनि भेटेको बताइएको छ । पूर्वराजदूतहरू देव मुखर्जी, श्यामशरण र रञ्जित रे यतिबेला काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाटमा व्यस्त छन् । उनीहरू शनिबार स्वदेश फर्कंदै छन् । निजी भ्रमणमा आएकाले अनौपचारिक छलफल भएको भेटेर फर्कनेहरू बताउँछन् । संविधानपछिको अवस्था, वर्तमान सरकार र नेपाल–भारत सम्बन्ध लगायतको विषयमा उनीहरू गफिरहेका थिए । नेपालको हिमाली क्षेत्रका प्रशंसक हुन्– तीनै पूर्वराजदूत । काठमाडौंमा रहँदा उनीहरूले नेपालको सौन्दर्यको प्रशंसा गरिरहन्थे । नेपालको विकास पर्यटन र ऊर्जा नै हो भन्दै आएका उनीहरू अहिले आफैं पर्यटकका रूपमा नेपाल आएका हुन् । दुनेबाट फोक्सुन्डो ताल हुँदै पुनस् दुने नै फर्केका उनीहरू अधिकांश समय हिँडे । ‘लोअर डोल्पो सर्किट’ मा उनीहरूले ट्रेक गरेका हुन् । अप्रिल ९ मा काठमाडौं आएका उनीहरू दुई दिनपछि यात्रा सुरु गरेका थिए । नेपाल आएको जानकारी परराष्ट्र मन्त्रालयलाई रहेको भए पनि उनीहरूको चाहनाअनुसार गोप्य राखिदिएको थियो । त्यो क्षेत्रको ट्रेकका लागि अध्यागमन विभागको अनुमतिसमेत लिनुपर्ने भएकाले उनीहरू त्यो प्रक्रियासमेत पूरा गरेर नै त्यस क्षेत्रको भ्रमण गरेका हुन् । एक साताको १० डलर अनुमतिका लागि तिर्नुपर्ने हुनाले त्यो समेत अनुमति लिएर विशुद्ध पर्यटकका रूपमा उनीहरूले भ्रमण गरे । उनीहरू दुई साता त्यस क्षेत्र घुमेर बिहीबार काठमाडौं फर्केका हुन् । तीनै जना नेपालको ‘कुर्सियल’ समयमा राजदूत भएका थिए । राजा वीरेन्द्रको वंश नास (राजदरबार हत्याकाण्ड) हुँदाको असहज परिस्थितिमा मुखर्जी नेपालमा राजदूत थिए । उनी त्यसको केही समयमा फर्केपछि डा. आईपी सिंह ८ महिना राजदूत रहे । त्यसपछि श्यामशरण राजदूतका रूपमा आए । राजाको प्रत्यक्ष शासनकाल र माओवादी द्वन्द्वको समयमा उनी नेपालमा राजदूत रहे । दुई वर्षभन्दा बढी समय राजदूत रहेका श्यामशरण भारतीय विदेश सचिव भएर फर्के । उनी फर्केपछि उनको समेत संलग्नतामा तत्कालीन विद्रोही माओवादी र दलहरूबीच १२ बुँदे दिल्ली सम्झौता भएको थियो । गणतन्त्र संस्थागत गर्ने, संविधान जारी हुने, निर्वाचन प्रक्रिया अघि बढाउनेजस्ता कार्यको प्रत्यक्षदर्शी भए राजदूत रञ्जित रे । मञ्जिभसिंह पुरी आउनुअघि रञ्जित रे नै यहाँ राजदूत थिए । उनको कालमा नै नेपाल–भारत सम्बन्धमा बादल लागेको थियो । नेपालीले पाँच महिना नाकाबन्दी खेप्नुपरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending