Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

३३ किलो सुन तस्करी काण्डः यस्तो छ गोरे-प्रहरी ‘कनेक्सन’

काठमाडौं । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो। मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग राम्रै उठबस गरेर सम्भव बनाएको अनुसन्धान अधिकारीहरू बताउँछन्। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–गोरेले नेपाल बस्दा र भारतमा बस्दा प्रयोग गर्ने मोबाइल नम्बरको ‘कल ट्रेस’ गरेर अभिलेख हेर्दा छानबिन समितिका अधिकारीहरू चकित परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोली गोरे पक्राउ गर्न धरान पुग्दा पूर्वडीआईजी गोविन्द निरौला र गोरेबीच फोनमा सम्पर्क भएको तथ्य फेला परेको छ। शाक्यको हत्यापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालीन एसपी विकास खनालसँग समेत गोरेको सम्पर्क देखिएको छ। अझ रोचक कुरा त गोरेको काठमाडौंस्थित डेराबाट फेला परेको डायरीमा एसएसपी श्याम खत्री, एसपी खनाल र पूर्वडीआइजी निरौलालाई पैसा दिएको हिसाब फेला परेको छ। खनाल र खत्रीलाई डेढ करोड रुपैयाँ बढी दिएको फेहरिस्त गोरेले डायरीमा उतारेको छानबिन समितिले फेला पारेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३३ किलो सुन विमानस्थलबाहिर पठाउने बेलासमेत डीआईजी निरौला गोरेसँग सम्पर्कमा देखिएको तथ्य छानबिन समितिले फेला पारेको छ। तत्कालीन समयमा एसएसपी खत्रीले समेत गोरेको तस्करी जालोलाई सघाएको तथ्य फेलापारेपछि उनी फरार छन्। महाशाखा टोलीले इटहरीबाट नियन्त्रणमा लिएका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेले दिएको बयान झनै रोचक छ। कार्की र काफ्लेले इलाका प्रहरी कार्यालय इटहरीका तत्कालीन डीएसपी सञ्जय राउत र गोरेबीच सम्बन्ध धेरै राम्रो रहेको र बेलाबेलामा भेट हुने गरेको बयान दिएका छन्। उनीहरूकै बयान र कल डिटेलमा समेत गोरे र राउतबीच कनेक्सन भेटिएपछि छानबिन टोली राउतलाई नियन्त्रणमा लिने निष्कर्षमा पुगेका थिए। प्रहरी अधिकारीलाई पैसा बाँडेर सुन तस्करी गर्दै आएका गोरेले महाशाखा टोलीलाई दुई करोडको अफर गरेका थिए। उक्त अफर गरेको विषयमा तत्कालीन निमित्त प्रहरी महानिरीक्षक बमबहादुर भण्डारीसमेत जानकार थिए। गोरेले कुनै हतकण्डा अपनाएमा गोली हान्नेसम्मको आदेशअनुसार महाशाखा टोली धरान पुगे पनि संगठनकै उच्च अधिकारीको सूचनामा गारे भागेपछि घटनाले अर्को मोड लिएको हो। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सईद्वय गजेन्द्र रावल र बालकृष्ण सञ्जेलसँग बयान लिइसकेको छ। रावलको कुनै भूमिका नदेखिएपछि बिहीबारै समितिले नियमित काममा खट्न निर्देशन दिइसकेको छ। महाशाखाका अधिकारीले नाटकीय ढंगबाट गोरेसँग गरेको बार्गेनिङका कल रेकर्ड समितिले सुनिसकेको छ। प्रहरीले गोरेकै सूचनामा समेत सुन बरामद गरेको घटना अझ रोचक छ। तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यको कार्यकालमा गारेले महाशाखामै पुगेर सुन तस्करीको सूचना दिएका थिए। उनकै सूचनाका आधारमा महाशाखाले झण्डै दुई किलो सून बरामद गरेको थियो। समितिका सदस्य एसएसपी वसन्त लामाले प्रमाण पुगेकै आधारमा प्रहरी कर्मचारी नियन्त्रणमा लिएर छानबिन थालिएको बताए। उनले भने, ‘धेरै कुरा खुलेका छन्, हामी सार्वजनिक गर्छौं।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending