Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

सात देशमा भिसा–टिकट ‘फ्रि’

\"Freevisanticket-400\"काठमाडौं, अबदेखि नेपाली कामदारले ‘फ्रि भिसा र फ्रि टिकट’ मै खाडीका ६ मुलुक र मलेसिया जान पाउने भएका छन् । आजको कान्तिपुर देनिकमा खबर छ श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार यस्तो सहुलियत घोषणा गरेको हो । यो व्यवस्थाअनुसार नेपाली कामदारहरू मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन, ओमन र कुवेत जाँदा लगभग निस्शुल्क पर्नेछ । दुई सातामै यो निर्णय कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ । यी मुलुक नेपाली श्रमिकका लागि मुख्य वैदशिक गन्तव्य हुन् । जहाँ हाल २० लाखभन्दा बढी नेपाली कार्यरत छन् । जेठ २६ को मन्त्रीस्तरीय निर्णयअनुसार कामदारको आतेजाते हवाई टिकट र भिसा खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने छ । नभए वैदेशिक रोजगार विभागबाट स्वीकृति पाइने छैन । तर कामदारले बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण, कल्याणकारी कोषको रकमचाहिँ तिर्नुपर्ने छ । जुन हालको मूल्यमा ८ हजार रुपैयाँभन्दा बढी पर्ने छैन । नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई सेवा शुल्क (कमिसन) उपलब्ध गराउनुपर्छ । नगराएको आधिकारिक प्रमाण पुगे मात्रै म्यानपावर कम्पनीले कामदारसँग १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउने छन् । जसको रसिद कामदारलाई अनिवार्य दिनुपर्छ । यसबाहेकका कुनै शुल्क म्यानपावर कम्पनीले लिनै नपाउने मन्त्रालयले जनाएको छ । यससँगै सरकारले यसअघि खाडी मुलुक र मलेसियालाई तोकेको अधिकतम लागत शुल्क खारेज हुनेछ । श्रम मन्त्रालयले ०६० वैशाख २४ गते मलेसियालाई ८० हजार र खाडी मुलुकलाई ७० हजार रुपैयाँ तोकेको थियो । कतारले २००४ देखि सबै आप्रवासी कामदार निस्शुल्क ल्याउने ऐन बनाएपछि सरकारले त्यहाँ जान २० हजार रुपैयाँ लागत तोकेको थियो । राज्यमन्त्री टेकबहादुर गुरुङले अब बिचौलिया घट्ने, कामदार र व्यवसायी सुरक्षित हुने बताए । ‘फ्रि टिकट र भिसा नभए कामदार पठाउन पाइँदैन,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy