Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

प्रधानमन्त्रीसहित नेताहरुलाई जेल हाल्न माग गर्दै मुद्धा दर्ता

\"Koirala१० असार काठमाडौं  । सर्वोच्च अदालतको आदेशविरुद्ध अभिव्यक्ति दिएर न्यायाधीश र अदालतप्रति घृणा फैलाउने कार्य गरेको दाबीसहित प्रधानमन्त्री, प्रमुख चार दलका नेता र संविधानसभा अध्यक्षविरुद्ध बुधबार अवहेलना मुद्दा दायर भएको छ। अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलले मुद्दा दायर गर्दै नेताहरूलाई बयानका लागि सर्वोच्चमा हाजिर गराएर जेल सजाय र जरिबाना गर्न माग गरेका हुन्। आजको अन्नपुर्ण पोस्टमा खबर छ– प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र सभामुख सुवासचन्द्र नेम्बाङविरुद्ध मुद्दा दायर भएको हो। यस्तै एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री वामदेव गौतम, कानुनमन्त्री नरहरि आचार्य र संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्बाङलाई पनि अवहेलनामा सजाय गर्न माग गरिएको छ। विपक्षी सबैलाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ बमोजिम एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना गर्न माग गरिएको छ। चार प्रमुख दलबीच भएको १६ बुँदे सहमति रोक्ने गरी गत शुक्रबार सर्वोच्चबाट भएको अन्तरिम आदेशलाई लिएर नेताहरूले अदालतमाथि ुहमलाु गरेको दाबी पोखरेलको छ। प्रदेशको सीमांकनका लागि संघीय आयोग गठन गर्ने र आयोगको प्रतिवेदन सुझावका आधारमा संसद्को दुई तिहाइले अन्तिम निर्णय लिनेलगायत सहमतिका बुँदा अन्तरिम संविधानको धारा १, १३८, ८२ विपरीत देखिएको भन्दै न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले तत्कालका लागि सहमति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy