Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

२२ सेकेन्डअघि नै भूकम्प थाहा दिने यन्त्र जडान

१४ असार, काठमाडौं । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले धादिङको नौबीसे–१ धार्केस्थित रेडियो राजमार्गको कार्यालयमा भूकम्पबारे २२ सेकेन्डअघि नै थाहा दिने प्रविधिसहितको यन्त्र जडान गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ नास्ट र चिनियाँ विशेषज्ञसहितको टोलीले भूकम्प थाहा दिने करिब २२ लाख मूल्य बराबरको यन्त्र जडान गरेको हो । ‘भूकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलोपटक ल्याइएको हो’, नास्टका उपकुलपति प्राध्यापक डा। जीवराज पोखरेलले भने, ‘यसअघि आफ्नै ललितपुरको खुमलटारस्थित हाम्रो कार्यालय र काभ्रेको बनेपामा यो यन्त्र जडान गरेका छौं ।’ धार्के र यस आसपासका क्षेत्रमा आउने भूकम्पको अग्रिम जानकारी दिने यन्त्र जडान गरेर रेडियो राजमार्गलाई साँचो हस्तान्तरण गरिएको नाष्टका सामान्य प्रशासन महाशाखा प्रमुख शिशिरराज कोलाक्षपतीले बताए । चीनको इन्स्टिच्युट अफ केयर लाईफ (ईसिएल), पिपुल्स रिपब्लिक अफ चाइनाको अनुदानमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्‍याउन एफएम रेडियोका साथै मोबाइल एप्स, अस्पताल र सार्वजनिक ठाउँमा साइरन प्रयोग गर्न सकिने नास्टका ईन्जिनियर देवकुमार शाहले बताए । ‘चिनियाँ सहयोगमा ८० वटा सेन्सर जडानको काम सुरु भएको छ । देशभर ३२० वटा सेन्सर आवश्यक छ’, उनले भने, ‘२४० वटा सेन्सर नास्टले नै किनेर जडान गर्छौं ।’ नास्टले यो प्रविधिबाट भूकम्पबारे ६ देखि २२ सेकेण्ड अगाडि नै जानकारी प्राप्त हुने जनाएको छ । संचारमाध्ययममा यो यन्त्र जडान गरी भूकम्पको पूर्वसूचना प्रसारण गर्न सकेमा मानवीय क्षति कम गराउन सहयोग पुग्ने भएकाले रेडियोमा जडान गरिएको नास्टले जनाएको छ । भूकम्प गइरहने जापान र मेक्सिकोले ७ सेकेन्डदेखि १ मिनेट अगाडि नै ‘अर्ली वार्निङ सिस्टम’ सञ्चालनमा ल्याएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy