Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

यसरी गर्यो एमाओवादीले सम्झौता

\"maoist-office_\"१६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाओवादीले जनयुद्ध र जनआन्दोलनका मुख्य उपलब्धी संस्थागत गर्न थुप्रै बिषयमा सम्झौता गरेर संविधान निर्माण प्रक्रियामा सहभागी हुनु परेको प्रष्ट पारेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ आफूले उठाउँदै आएका बिषयलाई संविधानको संशोधन प्रस्तावको रुपमा लैजाने गरी अहिले सम्झौता गरेर भएपनि संविधान निर्माण गर्न अग्रसर हुनु परेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। पार्टीको संविधान मस्यौदा समितिका संयोजक समेत रहेका श्रेष्ठले भने‘ ‘प्रतिगामी षडयन्त्रलाई परास्त गर्न मुलभुत उपलब्धी संस्थागत गर्न संविधान बनाउनै पर्ने अवस्था थियो। संविधानसभाको मस्यौदा समितिले आफनो क्षेत्राधिकार उल्लंघन गरेको बिषयलाई हामीले संविधान सभाबाट सच्याउने अपेक्षा गरेका छौ।’ एमाओवादीले संविधानको मस्यौदामा १३ पृष्ठ लामो असहमति र फरक मतका सच्याइनु पर्ने बिषय मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलालाई बुझाएको छ। सिटौलाले संविधानसभामा पेश गरेको मस्यौदामा आफनो पार्टीको गम्भीर असहमति रहेको भन्दै एमाओवादीले आफना असहमति र फरकमत पेश गरेको हो। मस्यौदा समितिमा रहेका एमाओवादीका सभासदहरु गिरिराजमणि पोखरेल,हितराज पाण्डे,प्रभु साह,गणेशमान पुन,धनीराम पौडेल,रामनारायण विडारी,सीता नेपाली,रामसिंह यादव र अमनलाल मोदीले आफना असहमति र फरक मत पेश गरेका हुन। नागरिकता,राज्यका निर्देशक सिद्धान्त,शासकीय स्वरुप,बिशेष संरचना,स्थानीय कार्यपालिका,समानुपातिक समावेशी प्रतिनिधित्व,बिस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्याय,मजदुर किसान र विपन्न वर्गको प्रतिनिधित्व, राजनीतिक दल,संम्बैधानिक अंगमा पुनर्नियुक्ति,न्याय पालिका,महिला,दलित र मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने बारेमा मस्यौदामा आफूले चाहेका बिषय नसमेटिएको भन्दै एमाओवादीले फरक मत पेश गरेको हो। संविधानसभाबाट संविधान निर्माण गर्न नदिन,प्रतिगामी दिशातर्फ देशलाई धकेल्न र आफनो निहित स्वार्थ पूरा गर्न बिभिन्न खाले षडयन्त्र भइरहेको उल्लेख गर्दै एमाओवादीले संविधानसभामा मस्यौदा प्रस्तुत गरी संविधान निर्माणको प्रक्रियालाई अघि बढाउन चाहेको प्रष्टयाएको छ। संविधानसभाले मस्यौदा समितिलाई मस्यौदा निर्माणको निम्ति संविधानसभा नियमावली र सभाले दिएको आधार एवं निर्देशन समेतको आलोकमा सच्याउने बिश्वास पनि एमाओवादीले लिएको छ। ‘जुन बिधि र पद्दतिबाट मस्यौदा समितिले संविधानको प्रारम्भिक मस्यौदा तयार गरेको छ त्यसबाट संविधानसभा नियमावली २०७० ले मस्यौदा समितिलाई मस्यौदा निर्माणको निम्ति दिएको अधिकार,आधार र मान्यता नै उल्लंघन भएको छ’ एमाओवादीले सिटौलालाई बुझाएको पत्रमा भनिएको छ‘मुख्यत महिला,दलित,आदिवासी जनजाति,थारु,मधेशी,मुस्लिम सीमान्तकृत एवं उत्पीडित समुदायको अधिकार समानुपातिक समावेशी प्रतिनिधित्व र प्रत्यक्ष लोकतन्त्र माथि प्रहार गर्ने गरी संविधानसभाले निक्र्यौल गरेर मस्यौदा समितिमा पठाइएका पहिलेका सहमतिहरुलाई समेत उल्टयाइएको छ। ‘यो गम्भीर आपत्तिको बिषय हो। यसले सहमतिका आधारमा संविधान निर्माण गर्ने हाम्रो प्रतिबद्धता र पछिल्लो चरणमा दलहरुका वीच भएको १६ बुदे सम्झौताको मूल मर्म माथि समेत आघात पुगेको छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy