Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

सर्वोच्चमै भ्रष्टाचार

\"supreme-court-nepal-400\"१७ असार, काठमाडाैं । सर्वोच्च अदालत सूचना प्रविधि शाखामा कम्प्युटर, प्रिन्टर, ल्यापटपलगायतका विद्युतीय सामग्री खरिदमा अनियमितता भएको छ । सार्वजनिक खरिद ऐनविपरीत सूचना प्रविधि समितिले खरिद सम्झौता गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ समितिको नेतृत्वमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साह छन् । समितिले करिब चार करोड रुपैयाँको कम्प्युटर, प्रिन्टर, ल्यापटपलगायतका विद्युतीय सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमध्ये डेस्कटप कम्प्युटर खरिदमा मात्र संस्थालाई ४० लाख रुपैयाँभन्दा बढी हानिनोक्सानी हुने गरी सम्झौता भएको छ । सर्वोच्चले डेस्कटप कम्प्युटर खरिद गर्न आह्वान गरेको बोलपत्रमा सबैभन्दा बढी रकम प्रस्ताव गरेको वल्र्ड डिस्ट्रिब्युसन नेपालसँग सम्झौता गरेको छ । सो कम्पनीले प्रतिकम्प्युटर ७१ हजार चार सय रुपैयामा आपूर्ति गर्ने प्रस्ताव गरेको छ । तर, इन्टरनेशनल इलोक्ट्रोनिक्स कन्सर्नले ६० हजार ६ सय ३० रुपैयाँमा डेक्सटप कम्प्युटर उपलव्ध गराउने गरी प्रस्ताव गरेको थियो । यो सवैभन्दा कम प्रस्ताव हो । अर्को राउटा इन्टरप्राइजेजले पनि वल्र्ड डिस्ट्रीव्यूसनभन्दा कम ६१ हजार दुई सय ५४ रुपैयामा कम्प्युटर आपूर्ति गर्ने प्रस्ताव गरेको थियो । तर, सार्वजनिक खरिद ऐनविपरीत सर्वोच्चले बढी रकम प्रस्ताव गर्नेसँंग सम्झौता गरेको छ । खदिर ऐनमा सवैभन्दा कम लागत कवोल गर्ने कम्पनीसंग खरिद सम्झौता गर्नुपर्ने प्रावधान छ । ऐनविपरीत सो कम्पनीसंग डेस्कटप कम्प्युटर खरिद गर्न नहुने बताए पनि सुनुवाई नभएको कर्मचारीहरुको भनाइ छ । सर्वोच्चले डेस्कटप कम्प्युटरसंगै ल्यापटप, प्रिन्टर र युपिएसको पनि खरिद प्रक्रिया अघि बढाएको थियो । ल्यापटप खरिद गर्न म्याक्स इनटरनेशनलसंग सम्झौता भएको छ । जसमा ८५ हजार चार सय रुपैयाका दरले ३० थान ल्यापटप किन्ने सम्झौता भएको छ । युपिएस १० हजार पाँच सय रुपैयाँमा खरिद सम्झौता भएको छ । कूल पाँच सय ६६ थान युपिस खरिद सम्झौता भएको हो । खरिद समितिका एक सदस्यका अनुसार ल्यापटप र युपिएस खरिदमा भने न्यूनतम बोलकबोल कम्पनीसंग नै खरिद गर्नै सम्झौता भएको छ । सोही टेण्डरमा प्रिन्टर र स्क्यानर समेत खरिद गर्ने उल्लेख भए पनि खरिद प्रक्रिया नियम बिपरित रहेको ती सदस्यको दावी छ । प्रिन्टर एक सय ३४ थान र स्क्यानर एक सय थानको खरिद प्रक्रियामा पनि न्यूनतम बोलकबोलभन्दा बढी रकमको कम्पनीलाई दिइएको स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending