Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

कृषि मन्त्रीको हर्कतले देशै लज्जित

\"Hari-parajuli-3\"१७ असार, काठमाडौं । धान दिवसका अवसरमा मुलपानीका स्थानीय महिलामाथि अभद्र व्यवहार गरेका कृषिमन्त्री हरिप्रसाद पराजुलीको उनकै पार्टी एमालेभित्र पनि चर्को आलोचना भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – अध्यक्ष केपी ओलीले स्पष्टीकरण लिएका छन् भने एमालेको भ्रातृ संस्था अनेरास्ववियुले पराजुलीको पुत्ला जलाउँदै मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ । कृषकले मंगलबार मुलपानीमा गरेको कार्यक्रममा प्रमुख अतिथि बनेर गएका मन्त्री पराजुलीले स्थानीय महिलामाथि दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गर्दै गरेका तस्बिर सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको छ । एमाले अध्यक्ष ओलीले बुधबार मन्त्री पराजुलीलाई आफ्नै निवास बालकोटमा बोलाएर स्पष्टीकरण मागेका छन् । उनको व्यवहारका कारण पार्टी बद्नाम भएको भन्दै ओलीले मर्यादा नभुल्न पराजुलीलाई चेतावनी दिएका छन् । बालकोट स्रोतका अनुसार ओलीसँग मन्त्री पराजुलीले सञ्चारमाध्यममा आएकोजस्तो घटना त्यहाँ नभएको बताएका छन् । सार्वजनिक भएका सबै फोटामा सत्यता नभएको जिकिर उनले गरे । आफूले गलत नियतले महिलालाई अंगालो नहालेको भन्दै उनले बिहीबार सम्बन्धित महिलालाई नै उपस्थित गराएर पत्रकार सम्मेलन गर्ने पनि अध्यक्ष ओलीलाई जानकारी गराएको स्रोतले बतायो । ओलीलाई भेट्नुअघि मन्त्री पराजुलीले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई पनि स्पष्टीकरण दिएका थिए । गौतमका अत्यन्त निकट मानिने पराजुली उनकै कोटाबाट मन्त्री भएका हुन् । स्रोतका अनुसार गृहमन्त्री गौतमले ‘तपाईंका गतिविधि क्षम्य छैनन्’ भन्दै पराजुलीलाई हप्काएर पठाएका छन् । अनेरास्ववियुले त बुधबार साँझ सरस्वती क्याम्पसअगाडि मन्त्री पराजुलीको पुत्ला नै जलाएको छ । उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने अनेरास्ववियुको माग छ । विभागीय मन्त्रीको चौतर्फी आलोचना र विरोध भएपछि कृषि मन्त्रालय भने घटनाको ढाकछोपको प्रयत्नमा लागेको छ । मन्त्रालयकै पहलमा मुलपानीका महिलालाई ‘मन्त्रीद्वारा महिलामाथि अभद्र व्यवहार नभएको’ व्यहोराको विज्ञप्ति निकाल्न लगाइएको छ । बिहीबार मन्त्रालयले पत्रकार सम्मेलन गरेर सार्वजनिक स्पष्टीकरण दिने तयारी पनि गरेको छ । पार्टीमा छलफल चलाउन माग एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले मन्त्री पराजुलीबारे पार्टीमा छलफल चलाउनुपर्ने बताए । ‘सार्वजनिक पदमा भएका व्यक्तिले पदीय मर्यादाको समेत ख्याल नगरी जे गरे, त्यो गलत छ, यस विषयमा कृषिमन्त्री स्वयंले सार्वजनिक प्रस्टीकरण दिनुपर्छ,’ उनले भने, ‘पार्टीले पठाएको मन्त्रीका विषयमा यति धेरै सार्वजनिक बहस भइसकेपछि अध्यक्षले तत्काल स्थायी कमिटी बैठक बोलाएर पार्टीको धारणा बनाउनुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending