Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

कांग्रेस मन्त्री नै मस्यौदाको विरोधी

\"Bimalendra२२ असार, काठमाडौं । फास्ट ट्र्याकमा रहेको संविधान लेखन प्रक्रियालाई संविधानसभाभित्र कांग्रेसको एउटा पक्ष र मधेसकेन्द्रित दलहरूले विरोध गरिरहेकै बेला सरकारलाई असहज हुने गरी एकजना वरिष्ठ मन्त्रीले सदनभित्रै विरोधी पक्षको भूमिका निर्वाह गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ संविधानसभामा सोमबार बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सर्वोच्चको अन्तरिम आदेशको अवज्ञा गर्दै संविधानसभाको बैठक बोलाउनु र संघीय प्रान्तहरूको सीमांकन थाती राखी संविधान जारी गर्ने तयारी गर्नु आपत्तिजनक र अस्वीकार्य रहेको बताए। मन्त्री निधि कांग्रेसका पूर्वमहामन्त्री हुन्।निधिले संविधानसभामा भने, ‘संविधान संघीयतासहितको हुनुपर्छ। प्रदेशको सीमांकन नगरी संविधान जारी गर्नु संघीयताबेगरको संविधान जारी गर्नु हो। त्यस्तो अपूर्ण संविधान मधेसलाई मान्य हुन सक्दैन ।’ निधिले आठ प्रदेशमा सहमति भइसकेकाले तत्कालै सीमांकनसम्बन्धी उच्चस्तरीय आयोग गठन गरी त्यसको प्रतिवेदन संविधानसभामा पेस गर्नुपर्ने बताए । सर्वोच्च अदालतको आदेशले संविधानको क्षेत्राधिकार हनन नगरेको दाबी उनले गरे। उनले नागरिकतासम्बन्धी अहिलेको प्रावधान स्वीकार्य हुन नसक्नेसमेत बताए। संविधानको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रिया प्राप्त गर्न नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस् भन्‍ने प्रस्तावमाथि चार मधेसवादी दलले सोमबार पनि सभा बहिष्कार गरे। बैठक सुरुमै सभाध्यक्ष सुवास नेम्बाङसँग समय लिँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सीमांकन र नामांकन संविधानसभाबाटै हुनुपर्ने बताए। उनले भने, ‘यो मस्यौदा संघीयताविरोधी हो। यसले आदिवासी जनजाति, दलित, महिला, सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चित गर्न सक्दैन।’ संविधान जारी भएपछि संविधानसभा स्वतः विघटन हुने हुँदा सीमांकन, नामांकन र संख्या यसै संविधानबाट सुनिश्चित गर्न उनले माग गरे। संघीयताबिनाको अपूरो संविधान दुईतिहाइका नाममा पारित गरेमा मुलुक द्वन्द्वमा फस्ने हुँदा आफ्नो गठबन्धनले बैठक बहिष्कार गर्ने घोषणा यादवले गरे। यादवसाथ बैठक बहिष्कार गर्नेमा तराई मधेस लोकतान्त्रिक पार्टी र सद्‌भावना पार्टी छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy