काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले गर्ने हरेक निर्णय हुबहु पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले तारागाउँ विकास समितिको नाममा रहेको जग्गा, पोखरा विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा समितिले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्ने अठोट व्यक्त गरे । मन्त्री आलले भने, “निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई कुन ढाँचामा अघि बढाउने भन्ने सन्दर्भमा छलफल भइरहेको छ, निर्माणका लागि यसअघि चासो देखाएका कम्पनीसँग छलफल र परामर्श गरिने छ ।”
यसअघि बैठकमा सभापति पवित्रा खरेलले मिनि संसद्को रुपमा रहेको संसदीय समितिको निर्णय कार्यान्वयन किन हुन्न भनी मन्त्री आलेसँग जवाफ माग गरेका थिए । बैठकमा समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लगानी गर्नुभन्दा अघि नै कहाँ विमानस्थल बनाउन हुन्छ, कहाँ हुन्न भन्नेमा यकिन गरेर मात्र काम थाल्न तथा निर्माणमा देखिदै आएको ढिलासुस्ती, वेवास्ता, गुणस्तरहित र कमिसन लिन प्रतिस्पर्धा गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिए ।
उनले भने, “भैरहवा विमानस्थलको टर्मिनल निर्माण चित्तबुझदो छैन, लापरबाही भएको छ, पूर्वाधार निर्माण गर्दा दीर्घकालसम्म पर्ने प्रभावमा ध्यान दिन आवश्यक छ, निजगढ विमानस्थलको काम किन ढिलासुस्ती भएको छ, कसले काम हुन दिएको छैन, काम किन अघि बढेन, द्रुतमार्गकै छेउबाट रेल ल्याउनुपर्छ यसले खर्च बचाउँछ ।” समिति सदस्यले निर्देशन कार्यान्वयनमा ध्यान पुर्याउन, नेपाल वायु सेवा निगमलाई दीर्घजीवी तुल्याउन, निजगढ, पोखरा र गौतमबुद्ध विमानस्थलका कामलाई तीव्रता दिन मन्त्रालय र सरोकारवाला निकायबीच समन्वय र सहकार्यको खाँचो औँल्याए ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अघिकारीले गौतमबुद्ध विमानस्थलमा नियमित विद्युत् आपूर्तिको सुनिश्चिता गर्ने तथा अन्य कमीकमजोरीमा सुधार गरी यथाशिघ्र विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: