Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

पूर्वप्रधानपञ्‍चकै घर भारततिर

काठमडौं । सुनसरीको तत्कालीन श्रीपुर गाउँ पञ्चायतमा चारपटक प्रधानपञ्चमा भएका अबधनारायण मरवैताको घर अहिले भारतको बिहार राज्यअन्तर्गत वीरपुर नगरपालिकामा परेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ पुर्ख्‍यौली घर भएको गाउँको सीमा भारतले मिचेपछि आफ्नो घर मुलुकबाहिर परेको उनले बताए। २०१८ सालमा भएको गाउँ पञ्चायतको पहिलो निर्वाचनमा उनी तत्कालीन श्रीपुर गाउँ पञ्चायतका प्रधानपञ्च चुनिएका थिए। त्यसपछि तीनपल्ट उनी प्रधानपञ्च भए। उनले प्रधानपञ्च जित्दा जुन घर थियो त्यो हाल बिहारको सुपौल जिल्लाको वीरपुर नगरपालिकामा परेको छ। उनले भारत सरकारले श्रीपुर गाविसका सीमास्तम्भ बेपत्ता पारी नेपाली भूमि अतिक्रमण गर्दा यस्तो अवस्था आएको बताए। सुनसरीको श्रीपुर गाविस(१ मा त्यतिबेला अनकण्टार जंगल थियो। तर अहिले उक्त जंगल मासेर भारतले अतिक्रमण गरी बस्ती बसाएपछि नेपालको सयौं बिघा जमिन भारतमा परेको अवधनारायणले बताए। उनले भने, ‘उतिबेला नेपाल(भारत सिमानामा काठका सीमास्तम्भ थिए। त्यसैले नेपाल भारतको सिमाना छुट्याउँथ्यो। भारतले काठका पिल्लर गायब पारेर पछिल्लो समयमा सिमेन्टको सीमास्तम्भ बनायो र मेरो घर भारतीय भूमिमा देखाइयो ।\' १९९४ सालमा नेपालको श्रीपुरमा जन्मिएका अवधनारायणले भारतको वीरपुरबाट म्याट्रिक (एसएलसी) पास गरेका छन्। \'म स्कुल पढ्न जाँदा मेरो घरसहितको यो पूरै जमिन नेपालमा थियो। घरनजिकैको जंगल नेपालकै थियो\', उनले बाल्यकाल सम्झँदै भने। अहिले आफू बसेको घरजग्गा भारतमा परेपछि आश्चर्यमा परेको उनले बताए। उनी अहिले पनि श्रीपुर गाविसबाटै वृद्धभत्ता लिइरहेका छन्। उनका कान्छा छोरा सुरेश श्रीपुर गाविसको राष्ट्रिय माविमा शिक्षक छन्। नेपाली भूमि अतिक्रमणका विषयमा नेपाल सरकार र भारत सरकारका प्रतिनिधिले वीरपुरमा पटकपटक वार्ता र छलफल पनि गरेका छन् तर अहिलेसम्म कुनै निकास निस्केको छैन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending