Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

नक्कली इमेलबाट ठगिंदै नेपाली व्यापारी

काठमाडौं । चीनबाट नियमित रूपमा सामान आयात गर्दै आएका एक नेपाली व्यवसायीले करिब दुई महिनाअघि १३ लाख रुपैयाँ पठाउनुपर्ने थियो । तर, चिनियाँ साझेदारले एक्कासि नियमित बैंक खाता नभई अर्कोमा पैसा पठाउन भन्दै इमेल पठाए ।   आजको नयााँ पत्रिका दैनिकमा खबर छ रोमानियामा आफ्नो हिसाबकिताब मिलाउनुपर्ने भन्दै रोमानियाकै बैंकमा पैसा पठाउन आग्रह भएपछि ती व्यवसायीले सोहीअनुसार १३ लाख रुपैयाँ पठाइदिए । त्यसको केही दिनपछि ती व्यवसायी अचम्ममा परे, जब आफ्ना चिनियाँ साझेदारले सोही सामानको भुक्तानीका लागि आग्रह गरे । नेपाली व्यवसायीले पैसा पठाइसकेका थिए, तर चिनियाँ पक्षले पाएको थिएन ।   रोमानियामा आफूले पैसा पठाउन इमेल नलेखेको चिनियाँ व्यापारीले बताएपछि थाहा भयो, अरू कसैले ह्याक गरेर त्यसरी अर्को बैंक खातामा पैसा पठाउन लगाएका थिए । उस्तै इमेलबाट त्यस्तै आग्रह आएकाले नेपाली व्यवसायी झुक्किएका थिए । ‘इमेल ठेगानामा अलिकति तलमाथि गरेर नयाँ इमेल आइडी बनाएर यसरी ठगी भएको रहेछ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने । ती प्रहरी अधिकारीका अनुसार इमेल ह्याक गरी दुई पक्षबीचको कारोबारको जानकारी लिएपछि अन्तर्राष्ट्रिय ठगहरूले यसरी उस्तै किसिमको इमेल आइडी बनाई अर्को खातामा पैसा पठाउन लगाएर ठगी गरेका थिए । इमेल ह्याक गरी नेपाली व्यवसायी ठगिएको यो पहिलो घटना होइन । यती एयरलाइन्ससमेत ह्याकरबाट ठगिएको छ ।   बिमाको पार्टस् खरिदका लागि भनेर हंगेरीको कम्पनीमा पठाएको पैसा ह्याकरहरूले हात पारेका थिए । उनीहरूलाई इमेलमार्फत झुक्याएर त्यसरी ठगी गरिएको थियो । कम्पनीले अनुसन्धानका लागि प्रहरीमा आग्रह गरे पनि लिखित उजुरी भने दिएनन् ।   करिब आठ महिनाअघि एक निर्माण व्यवसायीको यसैगरी ६० लाख रुपैयाँ गुमेको छ । व्यवसायीले भारतीय कम्पनीलाई पैसा पठाउनुपर्ने थियो । तर, उनलाई दुबईमा पैसा पठाउन भन्दै इमेल आयो । सोहीअनुसार उनले दुबईको बैंक खातामा पैसा पठाइदिए । पछि भारतीय पार्टनरले पैसा मागेपछि मात्र उनले आफू नक्कली इमेल आइडीबाट ठगिएको चाल पाएका थिए । ती कन्ट्रक्सन व्यवसायीले पनि छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् । ती दुवै घटनामा प्रहरीले अनुसन्धानका लागि अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०को सहयोग खोजेको छ । तर, ठगी गर्नेहरू पत्ता लागेका छैनन् ।   दुई वर्षअघि अझै रोचक तरिकाले नेपाली कफी व्यवसायीको पैसा नाइजेरियनहरूले ठगी गरेका थिए । ललितपुरस्थित कफी कोअरपरेटिभ सोसाइटीले जर्मनीमा अर्गानिक कफी निर्यात गर्दै आएको थियो । त्यसबापत जर्मनीबाट ३० लाख रुपैयाँ झुक्तानी पनि आएको थियो । पछि सोसाइटीको नाममा इमेल आयो र सो रकम भुलवश भुक्तानी भएको, केही दिनपछि पुनस् भुक्तानी गरिदिने भन्दै पैसा फिर्ता गरिदिन आग्रह गरियो ।   तर, जर्मनी कम्पनीको खातामा नभई लन्डनको अर्को बैंक खातामा पैसा फर्काउन आग्रह गरिएको थियो । कफी कोअपरेटिभका मेनेजरले ३० लाख रुपैयाँ फिर्ता गरिदिए । वर्षौँदेखि कारोबार गर्दै आएको जर्मनीको कम्पनी व्यवसायमा सधैँ इमानदार भएकाले कुनै शंका नगरी पैसा फिर्ता गरिएको कम्पनीले जनाएको छ ।   खासमा जर्मन कम्पनीले पैसा फिर्ता मागेको थिएन । ‘पछि कम्पनीसँग बुझ्दा कम्पनीले पैसा फिर्ता गर्न इमेल नै नपठाएको बतायो,’ कफी कोअपरेटिभ सोसाइटीका एक अधिकारीले भने, ‘इमेल हेर्दा जर्मन कम्पनीसँग ठ्याक्कै मिल्दोजुल्दो एकाउन्ट बनाइएको रहेछ, त्यही कारण ३० लाख रुपैयाँ गुम्यो ।’ प्रहरीले गरेको अनुसन्धानमा नाइजेरियाबाट इमेल ह्याक गरी त्यसरी मिल्दोजुल्दो इमेल खोलेर ठगी गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending