Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रहरी हिरासतमै बित्यो खेलाडीको दसैँ

\"kheladi\"काठमाडाैं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका पाँच खेलाडीको दसैँ हिरासतमै बितेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ–परिवारले हिरासतमै उनीहरूलाई टीका लगाइदिएका छन् । प्रहरीले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा तथा विकाससिंह क्षेत्रीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।   उनीहरूलाई परिवारले प्रहरी कार्यालयमै गएर टीका लगाइदिएका थिए । विभिन्न ६ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनीहरूमाथि राज्यविरुद्धको अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । दसैँ बिदाका कारण अदालत नखुलेकाले प्रहरीले अझै म्याद थप गर्न पाएको छैन । अदालत खुलेपछि थुनामा राख्ने अनुमति लिइने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए ।   भारतीय मूलका सिंगापुरका नागरिक विल्सनराज उडल्यान्डसँग मिलेर खेलाडीहरूले म्याच फिक्सिङ गरेका थिए । उनीहरूले विपक्षी टिमलाई जिताएर आफूहरूले पैसा लिएको स्विकारेका छन् । अनुसन्धानका क्रममा तीन हजार डलरमै पूरै टिम बिकेकोसमेत खुलेको थियो । सो प्रकरणमा अन्य नेपाली खेलाडी तथा पदाधिकारीको समेत संलग्नता रहेको र उनीहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानका अनुसार सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिप खेलमा पूरै टिमले तीन हजार ६१ अमेरिकी डलर लिएर मिलेमतोमा खेल हारेका थिए । सो पैसा दामासाहीका आधारमा खेलाडीले बाँडेर लिएका थिए ।   राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा भनिएको छ, ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा सो उद्योग गर्ने निजलाई जन्मकैद हुनेछ ।’ राष्ट्रिय एकताको खेल भएको र उनीहरूले राष्ट्रका लागि खेलेर पैसामा बिकी अरूलाई जिताएर राष्ट्रिय एकतामा खलल पार्ने काम गरेको भन्दै प्रहरीले राज्यविरुद्धको मुद्दामा कारबाही अघि बढाएको हो । हालसम्मको अनुसन्धानमा ६ वटा अन्तर्राष्ट्रिय खेलमा उनीहरूले फिक्सिङ गरेर अरूलाई जिताएको पुष्टि भएको छ । सन् २००८ मा भएको मोरडेका कपमा अफगानिस्तानसँग २–२ को बराबरी खेलेर प्रत्येक खेलाडीले पाँच हजार अमेरिकी डलरका दरले पैसा लिएका थिए । पक्राउ परेकाबाहेक अन्य खेलाडीले समेत पैसा लिएको भए पनि उनीहरू पक्राउ परेका छैनन् । त्यस्तै, सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिप खेलमा खेलाडीहरूले तीन हजार ६१ डलर लिएका थिए । सन् २०११ को मलेसियासँग भएको मैत्रीपूर्ण खेलमा २–० ले हारेर प्रतिखेलाडी पाँच हजार डलर लिएका थिए । सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेलमा पनि उनीहरूले प्रतिखेलाडी पाँच हजार डलरकै दरले पैसा लिएका थिए । सो खेलमा पहिले नै तय भएअनुसार नेपाल ४–० ले पराजित भएको थियो ।   सन् २०१२ को नेहरू कपमा नेपालले क्यामरुनसँग ४–० गोल अन्तरले हार्ने गरी फिक्सिङ भएकोमा गोलकिपर रितेश थापा परिवर्तन भएपछि ५–० ले हारेकोसमेत अनुसन्धानमा खुलेको छ । गत वर्ष मात्र दक्षिण कोरियामा भएको एसियन गेमअन्तर्गतको २३ वर्षमुनिको फुटबल प्रतियोगितामा समेत उनीहरूले प्रतिखेलाडी पाँच हजार डलरका दरले पैसा लिएको प्रहरी दाबी छ । प्रहरीले पक्राउ परेका खेलाडीको बैंक खाता र सम्पत्तिको पनि छानबिन अघि बढाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending