Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

यसतो छ चीनबाट तेल ल्याउन समझदारी

\"petro-china-660x330\"काठमाडौं । पेट्रोलियममा भारतसागको ४५ वर्षभन्दा लामो निर्भरतालाई तोड्दै नेपालले चीनसाग सम्झौता गरेर वैकल्पिक बाटो निश्चित गरेको छ ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा बेइजिङमा सक्रिय टोलीले चीनको विदेश मन्त्रालयका अधिकारी, वाणिज्य मन्त्रालयका अधिकारीहरूसाग दुई दिनको छलफलपछि समझदारीपत्र ९एमओयू०मा हस्ताक्षर गरेको हो । पत्रमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का तथा पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेका छन् । पेट्रो चाइना चाइनिज तेल कम्पनीहरूको छाता संगठन हो ।   अहिलेको समझदारी सैद्धान्तिक मात्रै अहिले सैद्धान्तिक समझदारीपत्रमा मात्र हस्ताक्षर भएको छ । समझदारीमा हस्ताक्षरलगत्तै बेइजिङमा प्रतिक्रिया दिादै नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले यो सम्झौताले भारतको एकाधिकार तोडेको र चीनबाट पेट्रोलियम पदार्थ नेपाल ल्याउने बाटो खुलेको प्रतिक्रिया दिए । तर, व्यावहारिक सम्झौता भने हुन बााकी छ । नेपालको आवश्यकता र यातायातको अवस्था हेरेर पेट्रोल खरिदको सम्झौता भने पछि हुने भएको छ । अहिले भएको समझदारीपत्रमा तत्कालीन संकटकालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने तथा दीर्घकालीन कार्ययोजना पनि अगाडि बढाउने उल्लेख छ । समझदारीपत्रमा नेपाली ट्यांकरहरूलाई चीन प्रवेश गर्न दिने र चीनका ट्यांकर नेपाल प्रवेश गर्न दिने प्रावधान छ ।   नेपालको दु:खमा चीन संवेदनशील ‘हामीले कहिल्यै उत्तरतिरको विकल्पबारे सोचेनौा । तर, यसपटक आपत परेपछि आाखा खुले, त्यसैले यहाा आयौा । आज भएको हस्ताक्षर हाम्रो लागि ठूलो कदम हो,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक भट्टराईले नयाा पत्रिकासाग भने । उनले प्राविधिक समस्या के–के छन् तीबारे छलफल गर्ने र दीर्घकालीन रूपमा सम्बोधन हुने गरी अगाडि बढ्ने बताए । ‘उच्चस्तरीय तहमा छलफल भएको छ । नेपाललाई दु:ख परेको विषयमा चिनियाा पक्ष असाध्यै संवेदनशील भएको पायौा । के गर्न सक्छौा हामी सहयोग गर्छौा भनेका छन्,’ सम्झौतापछि उनले भने ।    चीनको चासो : स्थायी कि अस्थायी ? चिनियाा पक्षले नेपाली पक्षसाग संकट परेको समयमा मात्र सम्झिएको हो कि भनेर आशंका व्यक्त गरेको थियो । नेपालले दीर्घकालीन सम्बन्ध कायम गर्न चाहे–नचाहेकोबारे चिनियाा पक्ष विश्वस्त हुन चाहेको छ । यो नेपालका लागि परीक्षाको घडी हो । चीनले सप्लाई गर्ने तेल युरो–४ गुणस्तरको हो । हाल नेपालले भारतबाट युरो–३ स्तरको तेल ल्याइरहेको छ ।   अनुदानको तेल तत्काल थोरै मात्र चीनले अनुदानमा दिएको तेल नेपाल लैजानेसम्बन्धी अर्काे सम्झौतामा पनि बुधबार नै हस्ताक्षर भएको छ । अनुदानमा दिएको तेल सुरुमा सय मेट्रिक टन पठाउने र बााकी नौ सय मेट्रिक टन पछि पठाउने सहमति पनि भएको छ । पछि किनेर ल्याउने तेल पनि भारतबाट आउने मूल्यमा उपलब्ध गराउन नेपालले चीनसाग आग्रह गरेको छ ।   आवश्यकताको एकतिहाइ मात्र माग नेपाली पक्षले कुल बजार मागको एकतिहाइ मात्र आपूर्ति गर्न चीनसाग प्रस्ताव गरेको छ । ‘हामीले धेरै कुरा राखेका छौा । नेपालमा कति खपत हुन्छ, कुन प्रडक्ट कति चाहिन्छ भनी जानकारी गराएका छौा । तर, अहिले चीन पक्षसाग नेपालमा हुने जम्मा खपतको एकतिहाइ सप्लाई गर्न आग्रह गरेका छौा,’ भट्टराईले भने, ‘सम्झौता गर्नेबित्तिकै फ्याट्ट हुन्छ भन्ने छैन, अहिलेलाई बाटो खुलेको छ त्यही ठूलो उपलब्धि हो ।’   भौतिक संरचना बनाउन आग्रह अनुदानको तेल काठमाडौंमा पुर्‍याउादा कस्तो अवस्था रहन्छ । त्यसपछि नियमित आपूर्तिबारे थप सम्झौता हुनेछ । टोली काठमाडौं फर्किएपछि पनि पेट्रो चाइनासाग थप छलफल हुने भएको छ । दीर्घकालीन रूपमा व्यापारलाई सहज बनाउन चीनसाग भौतिक संरचना बनाउन पनि नेपाली पक्षले आग्रह गरेको छ । ‘चिनियाा पक्ष सहयोग गर्न तयार छ, अब नेपालले कति लिन सक्छ त्यसमा भर पर्छ ,’ भट्टराईले भने । ल्हासासम्म पाइपबाट पेट्रोल जान्छ भने थप पूर्वाधार बनाउन पनि नेपाली पक्षले चीनसाग आग्रह गरेको छ ।   नेपाली टोली ल्हासातर्फ नेपाली टोली बिहीबार बिहान बेइजिङबाट ल्हासातर्फ जाादै छ । सडक पूर्वाधारको अवलोकन गरेर टोलीले अन्य आवश्यकताबारे जानकारी लिनेछ । नेपाली टोलीमा वाणिज्य सहसचिव शम्भुप्रसाद घिमिरे, परराष्ट्रका सहसचिव भविन्द्र अर्याल, अर्थका सहसचिव मधुकुमार मरासिनी, आयल नियममा प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी छन् ।   कस्तो छ नेपाललाई तेल दिने चिनियाँ कम्पनी ?
  • चाइना नेसनल पेट्रोलियम कर्पाेरेसन (सिएनपिसी)सँग ग्यास उत्पादन र वितरण गर्न ५० हजार आठ सय ३६ किलोमिटर लामो ग्यास पाइपलाइन छ । उसले कच्चा तेलको पाइपलाइन १८ हजार एक सय ३२ किलोमिटर बिछ्याएको छ । पेट्रोलियम पाइपलाइन १० हजार ८६ किलोमिटर छ ।
  • सिएनपिसीले वार्षिक रूपमा एक सय ५० मिलियन टन कच्चा पदार्थ प्रशोधन गर्छ भने पाँच मिलियन टन इथालिन उत्पादन गर्छ । उसले पाइपलाइन र इन्धन भण्डारणगृह निर्माणमा दख्खल राख्छ ।
  • चीनमा खपत हुनेमध्ये ४० प्रतिशत इन्धन सिएनपिसीले उत्पादन गर्छ । यसमा मुख्य गरी ग्यास, डिजेल, मट्टीतेल, पेट्रोल, लुब्रिकेन्टलगायत पर्छन् । सिएनपिसीसँग वार्षिक १० मिलियन टनका दरले कच्चा पदार्थ प्रशोधन गर्ने रिफाइनरी मात्रै चारवटा छन् ।
  • सन् २०१४ मा सिएनपिसीले ११७.०२ मिलियन टन प्रशोधित तेल बिक्री गरेको थियो । सिएनपिसीले दैनिक २० मिलियन उपभोक्तालाई सेवा बेचिरहेको दाबी गरेको छ । सिएनपिसीले सुडान, काजकिस्तान, अल्जेरिया, बेलायत, फ्रान्सलगायत देशमा संयुक्त रिफाइनरी नै सञ्चालन गरिरहेको छ ।
  • सिएनपिसीले कच्चा तेल, प्रशोधित तेल, प्राकृतिक ग्यासको बिक्रीबाट धेरै लाभ लिइरहेको छ । सिएनपिसीले पेट्रो चाइना इन्टरनेसनल कम्पनीमार्फत अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ । नेपालले पनि पेट्रो चाइनाबाट इन्धन ल्याउने हो । पेट्रो चाइनाले नेपालबाहेक ८० भन्दा बढी मुलुकमा एजेन्सी परिचालन गरी करिब सय प्रकारका प्रशोधित तेल र रासायनिक पदार्थको कारोबार गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending