Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

भूकम्पपीडितको यो पीडाले अाँखा रसाउँछ

\"Bhukampapidit\"काठमाडौं । ‘जस्ताको टहरोबाट शीतको झरी पर्छ, भुईबाट चिसो आउँछ । तर, सरकार कहाँ छ ? १२ वैशाखको भूकम्पका पीडितको विजोगबारे आजको नयाँ पत्रिका दैनिकमा खबर छ– चिसोले शिविरमै बेहोस धादिङ स् पुस लागेपछि धन्सारपाखा शिविरमा चिसोले चार जना बेहोस भए । पीडित भन्छन्, ‘जस्ताको छानाबाट शीत चुहिएर ओछ्यान भिज्छ, पातलो प्लास्टिकको बारले चिसो छेकिँदैन । मध्य चिसोमा पनि कपडा किन्न सरकारको १० हजार राहत पाइएन ।’ महिलाको मृत्यु, सुत्केरी बेहोस काभ्रे स् २ पुसमा च्यासिङखर्ककी कान्छीमाया तामाङको चिसोले कठ्यांग्रिएर मृत्यु भयो । चिसोले बेहोस १० महिनाकी सुत्केरी ऋण लिएर उपचार गर्दै छिन् । भूकम्पपीडित ज्ञानबहादुर ब्लोन भन्छन्, ‘जस्ताको टहरो छ, माथिबाट शीतको झरी पर्छ, भुइँबाट चिसो आउाछ । सबैतिर चिसो नै चिसो छ ।’ बालबालिका र वृद्धवृद्धामा निमोनिया रसुवा स् पालमुनि बस्दै आएका सुत्केरी, बालबालिका, वृद्धवृद्धामा निमोनियालगायतका रोग देखिन थालेको छ । धुन्चे, बोगटीटार, गुम्बुडाँडालगायतका ठाउामा भूकम्पपीडित छन् । तर, अस्थायी टहरामा कति छन् भन्ने तथ्यांक प्रशासनसाग छैन । न्यानोका लागि सहयोग नपाएको अधिकांशको गुनासो छ । स्वास्थ्य चौकीमा बिरामीको चाप रामेछाप स् उत्तरी क्षेत्रको बाम्ती, गुम्देल, कुबुकास्थली, प्रीति, भुजी, रस्नालु, सैपु, दुरागाउा र पश्चिमी क्षेत्रका दोरम्बा, डडुवालगायतका ठाउामा तुषारो र हिउा पर्न थालेको छ । अस्थायी टहरोमा भूकम्पपीडित आगो तापेर बस्छन् । वृद्धवृद्धामा दम, उक्त रक्तचाप, ज्वरो, निमोनिया, भाइरल, रुघाखोकीजस्ता रोग देखिएको छ । स्थानीय स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको छ । रात काट्नै मुस्किल नुवाकोट स् इन्द्रायणी चौरका भूकम्पपीडितको अवस्था पनि विकराल छ । जस्ताको छानोबाट शीत चुहिँदा पीडितलाई टहरोमा बस्न सकस भएको छ । चिसोले वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका छन् । ‘दिन त जसोतसो बित्छ, रात काट्न भने मुस्किल पर्‍या छ । पालले पुसको चिसो धान्दैन,’ लच्याङ घर भई इन्द्रायणी चौरमा बस्दै आएका धनबहादुर सिङ्दानले भने । चिसो हावासँगै ओछ्यानमै शीत गोरखा स् चिसो सुरु भए पनि टहरोको वासमा पूरै रात सुत्न कठिन भएको गोरखा नगरपालिका पस्लाङकी बेलमाया थापाले बताइन्, ‘टहरो भाटाले बारेकी छु, छ्याङ–छ्याङ देखिन्छ, हावाले बेलुकी सुत्न सकिन्न, राति ३ बजे ओछ्यानमा शीत तरर चुहिएर रुजाउँछ । ओड्ने पनि गतिलो नहुँदा विजोग भएको छ ।’ चिसोले बालबालिका र वृद्धवृद्धा बढी पीडित भएका छन् । भूकम्पपीडितका नाममा आएका कपडा सरकारी गोदाममा थन्किए भूकम्पपीडित न्यानो कपडाको अभावमा ज्यान गुमाइरहेका छन् । तर, तिनै पीडितलाई दिन बंगलादेशसहित अरू दाताबाट उपलब्ध भएको पाँच ट्रक कम्बल झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको गोदाममा ताला लगाएर राखिएको छ । नौ महिनादेखि कम्बल–त्रिपाल थन्कियो मेची भन्सार परिसरमा रहेको इन्टरमोडल यातायात विकास समितिको गोदाममा नौ महिनादेखि कम्बल, त्रिपाललगायतका सहायता सामग्री राखिएका हुन् । सो गोदाममा केही भाँडाकुँडासहित उपभोग्य सामग्री पनि छन् । दाताबाट प्राप्त ती सामग्री जिल्ला दैवीप्रकोप उद्धार समितिले बुझेको थियो । माथिल्लो निकायको आदेश नआएका कारण ती सामग्री भन्सारको गोदाममा थन्क्याएर राख्नुपरेको झापाका प्रजिअ तेजप्रसाद पौडेलले बताए । ६० हजार क्विन्टल चामल पनि गोदाममै कम्बलबाहेक बंगलादेशले उपलब्ध गराएको खाद्यान्न अझै गोदाममा छ । पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल भित्रिएको एक लाख क्विन्टलमध्ये ६० हजार क्विन्टल चामल नेपाल खाद्य संस्थानको बिर्तामोडस्थित अञ्चल कार्यालयको गोदाममा थन्किएको हो । संस्थानका अञ्चल प्रमुख मार्कन्डेय जैसवालले तेस्रो देशबाट आयातीत चामल सार्वजनिक खरिद ऐनअन्तर्गत ढुवानी गर्नुपर्ने सरकारी प्रावधानका कारण चामल ढुवानीमा ढिलाइ भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending