Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

यसरी आउँदैछ चीनबाट इन्धन

\"kamalकाठमाडौं । दीर्घकालीन रुपमा इन्धन ल्याउने र अन्य व्यापारिक प्रक्रियालाई अघि बढाउनका लागि नेपाल र चीनबीच ८ बुँदे सहमति भएको छ । इन्धन ल्याउने दीर्घकालीन तयारीसहितका वाणिज्यका अरु क्षेत्रबारे आजको नयाँ पत्रिका दैनिकमा खबर छ । चीनसँग आठबुँदे सहमति नेपालका परराष्ट्रमन्त्री थापा र चिनियाँ विदेशमन्त्री वाङबीच आठबुँदे सहमति १. उच्चस्तरको भ्रमण आदान–प्रदान गर्ने २. भूकम्पपछिको पुनर्निर्माणलाई दु्त गतिमा अगाडि बढाउने ३.चीनसँग जोडिएका हाइवेलाई प्राथमिकता दिने ४. नेपालको स्वतन्त्र विकासको रणनीतिअनुसार औद्योगिक विकास प्रणालीमा सघाउने ५. दीर्घकालीन रूपमा तेल र ग्यासको व्यापार गर्ने ६. सीमापार विकासमा जोड, विद्यमान नाकाको स्तरोन्नति गर्ने, थप खोल्न सहमति गरिएका नाकाहरू खोल्ने तथा नयाँ नाकाको सम्भावनाबारे अध्ययन गर्ने ७. सीमा आर्थिक तथा व्यापार सहकार्यका अन्य सम्भावनाको अध्ययन गर्ने ८. पारवहन सन्धि तथा बिप्पा सन्धिका लागि सक्रिय अध्ययन गरी त्यसको हस्ताक्षरको माहोल बनाउने सहमति भएको छ पेट्रोल र ग्यासको व्यापारका लागि अध्ययन गर्न सुझाब चीनले पेट्रोल र ग्यासको व्यापारका लागि लागि शुल्क यातायात तथा अन्य प्रविधिबारे विस्तृतमा अध्ययन गर्न नेपाललाई सुझाब दिएको छ । नेपालबाट सोबारे अध्ययन गर्न आयल नियमका दुई अधिकारी शुक्रबारै बेइजिङ आइपुगेका छन् । त्यस्तै, चीनले उपहारस्वरूप नेपालको उत्तरी क्षेत्रलाई थप इन्धन उपलब्ध गराउने भएको छ । चीन र नेपालको उच्चस्तरीय तहमा पेट्रोल र ग्यासमा दीर्घकालीन व्यापार गर्ने सहमतिसँगै चीनबाट इन्धन भित्रिने पक्का भएको छ । भारत र चीनबीच नेपाल हुनु फाइदामूलक उनले भारत र चीनको बीचमा रहेको नेपालको भौगोलिक अवस्थितिको बेफाइदाभन्दा फाइदा बढी भएको पनि बताए । ‘यी दुवै देशको बीचमा हुनु नेपालको फाइदाको विषय हो,’ उनले भने, ‘६० वर्ष पुगेको छ, अब हामीले हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास गर्नुपर्छ ।’ नेपालमा चीन र भारतको प्रतिस्पर्धा भइरहेको भन्ने प्रश्नमा विदेशमन्त्री वाङले चीन र भारत आपसी हितका लागि दुवै देशले सहकार्य गरिरहेको बताए । तीन देशबीच ‘विन–विन’को अवस्था हुने गरी सहकार्य चिनियाँ विदेशमन्त्री वाङले नेपाल भारत र चीन हिमाल र नदीले जोडिएका र प्राकृतिक रूपमै विकासको साझा साझेदार भएको उल्लेख गर्दै तीन देशले ‘विन–विन’को अवस्था हुने गरी सहकार्य गर्नुपर्ने बताए । ‘चीनले सधैँ आकार जे भए पनि देश बराबर हुने विषयमा एड्भोकेसी गर्दै आएको छ । अर्को मुलुकलाई सधैँ बराबरको व्यवहार गर्छ । यसमा भारतको पनि त्यही नीति र प्राक्टिस रहँदै आएको हाम्रो विश्वास छ,’ उनले अगाडि भनेका छन् । नेपालका प्रधानमन्त्रीलाई चीन भ्रमणको निमन्त्रणा चीनले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो देशको भ्रमण गर्न निमन्त्रणा दिएको छ । अर्को वर्ष उपयुक्त समय मिलाएर बेइजिङ आउन नेपालका प्रधानमन्त्री ओलीलाई चीनले निम्ता दिएको हो । चीन सुख–दुस्खको साथी पत्रकार सम्मेलनमा थापाले चीनले सधैँ असल मित्रका रूपमा नेपालको सुख–दुस्खमा साथ दिँदै आएको बताएका थिए । भूकम्पको समयमा चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । त्यसअघि, उपप्रधानमन्त्री थापा र वाङबीचको भेटमा भूकम्पपछिको पुनर्निर्माणलाई दु्रुत गतिमा अगाडि बढाउन सहमति भएको थियो । चिनियाँ पर्यटकलाई नेपाल नजान जारी नोटिस फिर्ता चिनियाँ पर्यटकलाई नेपाल नजान जारी गरेको नोटिस चीन सरकारले शुक्रबारबाटै फिर्ता लिएको छ । नेपालले पनि चिनियाँ पर्यटकलाई प्रोत्साहन गर्न भिसा शुल्क मिनाहा गरी फ्री भिसा जारी गर्ने घोषणा गरेको छ । साथै, नेपाली टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending