Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

भारतलाई चिढ्याउँदै ओली चीन भ्रमणमा !

\"kp-oli1\"काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणको तयारीअनुरूप भएको खुलेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–अहिले नै तयार भएका कतिपय विषय छलफलका रूपमा राख्दै आगामी वर्ष ९सन् २०१६० को सुरुवातमा नै हुने सरकार प्रमुखस्तरको भ्रमणका क्रममा सम्झौता गर्ने भनिएपछि यो खुलासा भएको हो । तर २०१६ को कुन महिनामा प्रधानमन्त्रीस्तरको भ्रमण हुने स्पष्ट पारिएको छैन । चीनले नेपालसँगको सम्झौता नेपालको राजनीतिक सहमतिमा गर्न खोजेका कारण नहतारिएको पनि अधिकारीहरूले बताए । अहिलेको अवस्थामा नेपालमा राजनीतिक सहमति नभएकोप्रति लक्षित गर्दै चिनियाँ नेता र अधिकारीले कार्यकारीस्तरमा कतिपय सम्झौता गर्न सकिने परराष्ट्रमन्त्री थापालाई बताएका छन् । थापाकै भ्रमणका क्रममा स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) लगायतका सम्झौता गर्ने तयारी नेपालको थियो । तर चीनले यसमा थप अध्ययन गर्ने र दीर्घकालीन हितमा उपयोगी बनाउने भनेपछि नेपालले आस गरेको स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा), पारवहन तथा व्यापार सम्झौता र इन्धन आयात सम्झौतामा हस्ताक्षर हुन सकेन । ती सम्झौता गर्ने कुरामा दुवै देशबीच राजनीतिक तहमा सहमति जुटेको छ । चीनले यो विषयलाई कार्यकारीस्तरमा नै टुंग्याउन लागेकाले अहिले सम्झौता नभएको एक अधिकारीले बताए । ुयो भ्रमणले आगामी दिनमा द्विपक्षीय हितका लागि गर्ने कार्यको धेरै आधार तयार गरेको छ । सम्झौताभन्दा पनि त्यसका लागि बनाइने आधार निकै महत्त्वपूर्ण रहन्छ । त्यो तय भएको छ । अहिलेसम्मको सम्बन्धका बारेमा खुलेर छलफल भएको छ भने नेपाललाई परेको समस्या पनि स्पष्ट राखिएको छ\' चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले कान्तिपुरसँग फोनमा भने, ुनेपाल र चीनबीचको सम्बन्धमा केही अलमल भए पनि यो स्पष्ट पार्ने काम दुवै पक्षबाट भएको छ । यस अर्थमा भ्रमण सफल र सार्थक भयो । सम्बन्धलाई माझ्न यो स्तरको भ्रमण आवश्यक छ । आशा गरौं छिट्टै प्रधानमन्त्रीस्तरको भ्रमण हुनेछ ।\' चिनियाँ पक्षले ती सबै विषयमा अध्ययन गरेर सम्बन्धित निकायबाट छलफल गरेर टुंगोमा पुग्ने स्पष्ट पारेको छ । यो भ्रमणमा हुने र गर्ने तयारीसहित गएको नेपाली टोलीलाई चीनले आश्वस्त पार्दै नेपालको सार्वभौमिकता र असजिलो पर्दा चीन सधैं नेपालको साथमा रहँदै आएको र रहने स्पष्ट पारेको सहभागीले बताए । करिब तीन दशकअघि तत्कालीन राष्ट्रपति देङ सियाओ पिङको भ्रमणका क्रममा संयुक्त लगानीको प्रस्ताव चीनले राख्दा नेपालले बेवास्ता गरेपछि चीन नेपालसँगको व्यापार र लगानीमा झस्कने गरेकाले यसको अध्ययनमा चीन जुटेको हुन सक्ने सहभागीले नै बताए । इन्धनको विषयमा चीनभित्रै पनि लामो बहस भएकाले अहिले नै सम्झौता गर्ने तहमा नपुगेको हो । कर छुट र ट्रान्सपोर्टमा पर्न सक्ने समस्याबारेमा चीन अझ स्पष्ट हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग संयोजक डा। खडग केसीले यो भ्रमणमा नेपालको तयारी नपुगेको बताए । चीनसँग समग्र कुराकानी राम्रो भए पनि सम्झौताको तयारी अपुग रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE