Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

उपराष्ट्रपति पासाङको घरमा सेना प्रहरीले फेरि घेरा हाल्दा ......

\"Pasang\"काठमाडौंत्यो वेला थियो, नन्दकिशोर पुन ‘पासाङ’ जनसेनाको कमब्याक्ट पोसाकमा घर पुग्दा गाउँलेलाई विशेष लाग्थ्यो । यो वेला आयो, उनै पासाङ उपराष्ट्रपतिको हैसियतमा दौरा–सुरुवालमा सजिएर घर पुग्दा गाउँलेलाई विशेष लाग्यो । १४ कात्तिकमा उपराष्ट्रपति बनेका उनी पुस ९ गते पहिलोपटक रोल्पाको राङ्सीस्थित जन्मथलो पुग्दा गाउँले एकटक उनैलाई हेरिरहेका थिए । उपराष्ट्रपति पासाङ झन्डै १९ घन्टा घरमा बसे । त्यसबीचमा नयाँ पत्रिकाका मनोज घर्तीमगरले जे–जे देखे : बूढा बाको आशीर्वाद लिबाङको औपचारिक कार्यक्रम सकिन पाएको थिएन । जन्मघर राङ्सीका लागि उपराष्ट्रपति पासाङ सेनाको हेलिकोप्टरमा उडे । अपराह्न पौने चार बजे राङ्सी–९ भनभनेस्थित हेलिप्याडमा पासाङ ओर्लिए । पासाङ आकाशमा उडिरहँदा नै हेलिप्याडवरिपरि गाउँले भीड लागिसकेका थिए । सेता दौरा–सुरुवाल, खैरो स्वेटर, कालो कोट र कालै भादगाउँले टोपीमा ठाँटिएका पासाङको हिँडाइ सैनिक कमान्डरसरह नै देखिन्थ्यो, फूर्तिलो । तुसारो पग्लिएर बाटो हिलो भएको थियो । हेलिप्याडबाट हिलो बाटो हुँदै १० मिनेटको पैदलमा घरअगाडि पुगे, फूलमालाको स्वागत खाँदै । घरैअगाडि छोराको स्वागतका लागि खडा थिए, ७२ वर्षका बुबा रामसुर पुन । अन्य शुभचिन्तक पनि स्वागतमा लामबद्ध थिए । उपराष्ट्रपति पासाङका निधारमा बुबा रामसुरले रातो टीका लगाइदिए । आशीर्वाद दिँदै भन्न थाले, ‘तँ पनि भाग्यमाने रइचस्, म पनि भाग्यमानी रइचु, तेरो इच्छा पनि पूरा भो होला, मेरो इच्छा पनि पूरा भयो’ । रामसुरले छोराको गलामा सयपत्री फूलको माला भिराइदिए । पासाङले बुबाको गोडा ढोगे । यतिवेलासम्म रामसुरले आशीर्वाद थप्न भ्याइसकेका थिए, ‘मैले तँलाई जन्माई–हुर्काइउरी उपराष्ट्रपति बनाएँ, तैँले पनि तेरो छोरालाई उपराष्ट्रपति बनाएस् । अरू धेरै कुरा त के भनम् र ।’ उपस्थित सबै बूढा बाका कुरा सुनेर गलल्ल हाँसे । एकैछिनमा पासाङ घरको आँगनतिर लागे । त्यस्ता दिन, यस्ता दिन उपराष्ट्रपति पासाङ सबैको स्वागत ग्रहण गर्दै घरको आँगनमा पुगे । त्यहाँ पनि आफन्तहरू स्वागतमा थिए । पासाङले मान्यजन सबैलाई ढोग गरे । सानाबाट ढोग लिए । सन्चो–बिसन्चो सोधे । साँझ पर्न आँटिसकेको थियो । घर चारैतिरबाट सेना र प्रहरीको सुरक्षा घेरामा थियो । सबै पासाङको सुरक्षामा तैनाथ थिए । स्थानीयले सम्झिए, पासाङ माओवादी सैन्य प्रमुख हुँदाका दिन जतिवेला यही घरमा पासाङ भेटिन्छन् कि भन्दै सेना र प्रहरीले घेरा हाल्थे । ‘पहिले–पहिले खोज्न आउँथे, अहिले सुरक्षा दिन आएका छन्,’ एक वृद्ध प्वाक्क बोलिहाले, ‘बाँचिरहेपछि त्यस्ता दिन पनि, यस्ता दिन पनि देखिँदो रहेछ ।’ ‘पैसेरु सुरु गर्नुस्’ केहीबेरको भलाकुसारीपछि पासाङ घरभित्र छिरेर कपडा फेरे । ज्याकेट, ट्राउजर र चप्पलमा आँगनतिरै निस्किए । उनलाई पैसेरु नाच हेर्न आतुर भइसकेको रहेछ । सायद, सम्झिए विगतको रमाइलो । मुख फोरे, ‘पैसेरु छिटो सुरु गरे हुन्थ्यो ।’ इरिबाङबाट आएको पैसेरु टोलीतिर देखाउँदै स्थानीय हरिप्रसाद बुढाले जवाफ दिए, ‘तयार गर्दै हुनुहुन्छ, एकैछिनमा सुरु हुन्छ ।’ पासाङ यसअघि दसैँ या तिहारमा गाउँ पुग्थे । दसँै–तिहारमा गाउँ पुग्दा उनी कि त पैसेरु नाचको मादल बजाउँथे, नभए अगुवा नाच्थे । तर, यसपालि पदीय हैसियतले उनलाई त्यस्तो रमाइलो गर्नबाट रोक्यो । मादलको ताल काट्न उनका हातका औँला सरसराए, नाचौँ–नाचौँ भए गोडा । तर, जबर्जस्ती रोकिए । अरूले नाचेको हेरेर चित्त बुझाए । बुबा रामसुरको साथैमा बसेर पैसेरु हेर्दै रमाइलो माने । सुन्तलाबारीमा आधा घन्टा उत्तर फर्किएको भनभने गाउँमा जाडो याममा खपिनसक्नु जाडो हुन्छ । बिहानीपख जमिन र रूखबिरुवाभरि तुसारो फुल्छ । ९ पुसको मध्यरात तापक्रम माइनस ३ मा पुगेको थियो । बिहान कालो चिया र भुटेको मकै खाएपछि पासाङको मन घरभित्रै थामिन सकेन । ‘सुन्तलाका बिरुवा कस्ता भए हेर्न जाऔँ,’ घरबाट निस्किए । अलबहादुर अली अघि लागे, जसले पासाङले रोपेका सुन्तलाका बिरुवा रेखदेख गर्दै आएका छन् । ‘ओहो † यहाँ एउटा बिरुवा मरेछ,’ पासाङले मरेको सुन्तलाको बुटो देखाउँदै अलबहादुरलाई भने, ‘यो वर्ष अर्को बिरुवा रोप्नुहोला है ।’ अलबहादुरले ‘आठ–दशवटा बिरुवा मरे सर’ भने । पासाङले सुन्तलाघारीमा उत्तिस, गुराँस र अँगेरका रूखहरू बढ्दै गरेको देखे । झाडी देखाउँदै अलबहादुरलाई अह्राए, ‘गुराँसबाहेक काम नलाग्ने सबै बिरुवा काटिदिनुस्, बूढा ९बुबा०लाई दाउरा पनि हुन्छ ।’ पासाङले रोपेका झन्डै ६ सय बुटा सुन्तलाको बगैँचा हेर्न लायक छ । उनले काठमाडौंबाट ६ वटा बुद्धचित्तका बिरुवा पठाएर अलबहादुरलाई रोप्न लगाएका रहेछन् । ‘मादल ठीक रहेछ’ सुन्तला बगैँचा घुमेर पासाङ लागे आफू जन्मिएको घर । पुरानो यो घरमा बुबा रामसुर एक्लै बस्दै आएका छन् । बाहिर सेनाको एउटा टुकडी खाना पकाउँदै थियो । ‘जाडो निकै छ, अप्ठ्यारो भयो होला है,’ सलाम ठोक्दै गरेका सैनिक जवानहरूलाई पासाङले सोधे । उनीहरूले जवाफ फर्काए, ‘जाडो त रहेछ सर ।’ उपराष्ट्रपति पासाङ घरभित्र पस्दा बुबा रामसुर त्यहाँ थिएनन् । घरको पश्चिमपट्टिको कोठामा दुईवटा मादल झुन्ड्याइएका देखिए । ‘मादल ठीकै रहेछन्,’ कुनै दिन पैसेरु नाचमा आफैँले बजाएको मादलको अवस्था बुझ्दै पासाङले भने । घरका कोठा चाहारेर आँगनतिर ओर्लिएपछि पासाङले सेनाका अधिकृतहरूलाई सुनाउन थाले– हामी सबै दाजुभाइ यहीँ जन्मिएका हौँ । पहिले खरको छानो थियो, ढुंगाले छाएको त पछि मात्रै हो । ५४–५५ वर्ष पुरानो घर हो । पाँच भाइलाई अंशबन्डा गर्दा कान्छो भाइ कमल पुनको भागमा परेको यो घरमा अहिले बुबा रामसुर बस्दै आएका छन् । कमल जनयुद्धका वेला राज्यपक्षबाट मारिएका थिए । रामसुरलाई टेलिभिजन रामसुरले उपराष्ट्रपति छोरासँग एउटा टेलिभिजनको अपेक्षा गरेको कुरा केही दिनअघि समाचारमा आएको थियो । यो कुरा पासाङले लिबाङ पुगेपछि मात्रै थाहा पाए । तर, तत्काल टेलिभिजन लगिदिने अवस्था थिएन । बाजेको अपेक्षा र पुरानो टिभीको अवस्था बुझ्न पासाङका कान्छा छोरा दीपेश रामसुरको कोठामा पुगे, १० गते बिहान । ‘बाजे टिभी के भयो र रु’ दीपेशले सोधे । ‘चिर्को ९चट्याङ० परेर पारि ९उपराष्ट्रपतिको घर० भएको टिभी बिग्रियो । तर, बाँचुञ्जेल मलाई मेरो यही कोठामै टिभी चाहिन्छ,’ रामसुरले नाति दीपेशलाई जवाफ फर्काए । नाति दीपेशले साहिली काकीलाई सोधे, ‘यहाँ टिभी किन्न पाइन्छ कि पाइन्न, पाइयो भने कति पर्ला काकी रु’ १४–१५ हजार भए घरमै टिभी ल्याइदिने कुरा काकीले सुनाएपछि दीपेशले हजुरबुबालाई टिभी किन्ने पैसा काकीका हातमा थमाइदिए । र, भने, ‘बाजेका लागि टिभी मगाइदिनुहोला ।’ खुसी भएका रामसुरले प्रतिक्रिया दिए, ‘यो नाति ठीक छ ।’ ‘पासाङ बन्दुक बनाउँथे’ बिहीबार दिउँसो चार बजे घर पुगेका उपराष्ट्रपति पासाङ १९ घन्टापछि शुक्रबार बिहान पौने ११ बजे घरबाट निस्किए । दौरा–सुरुवालमा निस्किएका उनलाई बाटोमा हिँड्दै गर्दा छिमेकीहरूले ‘केही दिन गाउँमै बसिदिए हुने’ भन्दै अपेक्षा सुनाए । ‘लौ साञ्जे (काकी) म त गएँ है’, उपराष्ट्रपतिले छिमेकीलाई नमस्ते गरेर बिदा मागे । ‘माइला बल्ल–बल्ल आथिस् । आबेल अलदिन बसेर गा भे हुन्थ्यो । जान्लाइस् तो,’ छिमेकीले भनिन् । उपराष्ट्रपति जनसेवा उमावि, राङ्सी पुगे, जहाँ उनले चारदेखि सात कक्षासम्म पढेका थिए । एसएलसी उत्तीर्ण गरेपछि यहीँ स्थायी शिक्षकका रूपमा पनि पढाएका थिए । उनको सम्मानमा विद्यार्थीले पिटी–परेड खेले । उपराष्ट्रपतिले विद्यालयको आठकोठे पक्की भवनको शिलान्यास गरे । स्कुलमा आफ्ना अनुभूति सुनाउने क्रममा पासाङले स्मरण गरे, ‘मेरो पहिलो शिक्षक जयबहादुर घर्ती हुनुहुन्छ । उहाँबाटै पहिलो शिक्षा लिएको हुँ ।’ जयबहादुरले पासाङका कुरा सुनिरहेका थिए । जयबहादुरले पनि सम्झिए, ‘मैले प्रारम्भिक शिक्षा दिएको विद्यार्थी उपराष्ट्रपति भए । उनी पढाइमा तेज थिए । चकचके स्वभाव थियो । काठको बन्दुक त्यसवेलै बनाउँथे ।’ नागरिक अभिनन्दन सकिएपछि उपराष्ट्रपति पासाङ सेनाको हेलिकोप्टरबाट काठमाडौं फर्किए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE