Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

ओलीले त्रिपक्षीय वार्ता नबोलाएको भन्दै प्रचण्ड आक्रोशित

\"prachanda\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तराई(मधेसको गतिरोध अन्त्य हुने गरी तीन दलको साझा धारणा बनाउन त्रिपक्षीय बैठक बोलाउने समझदारी गरे पनि त्यसको पालना नगरेको भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट भएका छन्।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–प्रधानमन्त्री ओली र दाहालबीच आइतबार बिहान बालुवाटारमा त्रिपक्षीय बैठक बोलाउने समझदारी भएको थियो। कांग्रेस र मधेसी मोर्चासँग शनिबार भएको छलफलबारे जानकारी गराउने क्रममा आइतबार बिहान प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालले बालुवाटारमा वार्ता गरेका थिए।   दाहालका सहयोगी शिव खकुरेलका अनुसार त्रिपक्षीय वार्ताका लागि दाहालले विराटनगरबाट साँझ पाँच बजे आउने जहाजको टिकट तीन बजे सारेर काठमाडौं फर्किएका थिए। ुपूर्वीनेपालको कार्यक्रम छोट्याएर आउनुभएको थियो, काठमाडौं आएर बुझ्दा त त्रिपक्षीय बैठक नै बोलाएको रहेनछ,ु खकुरेलले भने।   स्रोतका अनुसार आफू हतारिएर काठमाडौं आउँदा पनि बैठक नबोलाएको जानकारी पाएपछि दाहाल आक्रोशित भएका थिए। दाहालले शनिबार कांग्रेस र मधेसी मोर्चासँग संयुक्त र छुट्टाछुट्टै वार्ता गरेका थिए। आफ्नो अथक प्रयासका बाबजुद सरकारको नेतृत्व गरेका प्रधानमन्त्री बैठक बोलाउन उदासीन रहेको भन्दै दाहाल आक्रोशित भएका हुन्। खकुरेलका अनुसार प्रधानमन्त्री ओली र कांग्रेसले सोमबार त्रिपक्षीय बैठक बोलाउन सक्नेछन्। सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरूबीच समान धारणा बनाएर मधेसी मोर्चाले उठाएका माग सम्बोधन गराउन दाहालले निरन्तर छलफल गर्दै आएका छन्। प्रधानमन्त्री ओलीलाई अध्यक्ष दाहालले उच्चस्तरीय राजनीतिक समितिका संयोजकका हैसियतले विभिन्न राजनीतिक दलसँग भएको छलफल, खासगरी मधेस केन्द्रित दलहरूले उठाएका मागका सम्बन्धमा कांग्रेस र मधेसी मोर्चासँग भएको वार्ताबारे आइतबार बिहान जानकारी गराएका थिए। सोमबार हुनसक्ने त्रिपक्षीय वार्तामा सत्तारूढ र प्रमुख प्रतिपक्षी दल मधेसका एजेन्डामा के कसरी निकट हुने भन्नेबारे एकमत हुनु जरुरी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए।   तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले बोलाउने वार्तामा आफू सहभागी भइरहेको बताउँदै वार्ताका लागि वार्ता नभएर मधेसी मोर्चाले उठाएका ११ बुँदामा सत्ता र प्रतिपक्षीको अवधारणा सार्वजनिक हुनुपर्नेमा जोड दिए। उनले भने, \'हामीलाई आइतबार साँझसम्म सरकारले कुनै प्रकारको वार्ताका लागि आग्रह गरेको छैन।\'   संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ता र त्यसका एजेन्डामा कम्तीमा पनि प्रमुख तीन दलका तीन शीर्ष नेता नाटकीय रूपले दिग्भ्रमित हुन नहुने बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending