Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

आन्दोलनकारी घटेपछि मधेसी मोर्चाले पुस मसान्तसम्म नाकाबन्दी फिर्ता गर्दै

\"Madhesi-morcha-ka-4-neta\"काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने प्रस्तावले पहिलोपटक प्रवेश पाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–सिंहदरबारमा आइतबार बसेको बैठकमा पुस मसान्तदेखि लागु हुनेगरी नाकाबन्दी खोल्नेबारे मोर्चा आबद्ध चार दलबीच छलफल भएको हो । असोज ३ मा संविधान जारी भएको तेस्रो दिनदेखि मोर्चाले घोषणा गरेको नाका धर्नाका कारण जनजीवन अस्तव्यस्त हुँदै गएको र मधेसमै आन्दोलनकारीको उपस्थिति घट्न थालेको भन्दै चार दलका नेताले संघर्षको स्वरुप बदल्ने बेला आएको विचार राखेका थिए । ठूला तीन दलका तर्फबाट सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएको पृष्ठभूमिमा उही शैलीको नाकाबन्दीलाई निरन्तरता दिइरहे सर्वसाधारणमा असन्तुष्टि बढ्न सक्नेबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो । तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले नाकाबन्दी खुलाउनेबारे छलफल चलिरहेको घुमाउरो पारामा स्वीकारे । सोमबार बिजुलीबजारस्थित तमलोपा कार्यालयमा आयोजित पार्टीको वार्षिकोत्सव कार्यक्रमपछि कुरा गर्दै ठाकुरले पुस मसान्तसम्म नाकाबन्दी जारी राख्ने, त्यसपछि खुलाउन सकिनेबारे छलफल भइरहेको बताएका हुन् । ‘छलफल भइरहेको छ, तर मेरै मुखबाट किन अहिले नै वाचा गराउनुहुन्छ,’ ठाकुरले संकेत गरे, ‘हामी मोर्चाको जिल्ला तहसँग समन्वय गरिरहेका छौं । आन्दोलनको स्वरुपबारे छिट्टै निर्णय हुन्छ ।’ मोर्चा स्रोतका अनुसार सुनसरीदेखि सर्लाहीसम्मका किसानहरुले उखु काटेर मिलमा पुर्‍याउन नाकाबन्दीका कारण कठिन भइरहेको गुनासो गरिरहेको छिट्टै निर्णय लिइनेछ । बैठकमा आन्दोलनको स्वरुप बदल्दै नाकाबन्दी फिर्ता लिनेबारे छलफल भएको तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending