Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

नेपाली भान्सामा सिलिण्डर बम

\"Cylinder_blast\"काठमाडौं । केही ग्यास उद्योगीको लापरबाहीका कारण उपभोक्ताले बमजस्तै जोखिमपूर्ण ग्यास सिलिन्डर प्रयोग गरिरहेको खुलासा भएको छ। आजको नगारिक दैनिकमा खबर छ–उद्योगले तोकिएको समयमा गर्नुपर्ने हाइड्रोलिक टेस्टमा बेवास्ता गर्दा उपभोक्तामा जोखिम बढेको हो। एकातिर तोकिएभन्दा कम ग्यास राखेर बजारमा सिलिन्डर पठाउँदा उद्योगलाई नाफा हुने र हाइड्रोलिक गर्न लाग्ने खर्च जोगिने भएपछि धेरै उद्योग त्यस्तो धन्दामा लागेका छन्। ५६ वटा ग्यास उद्योगमध्ये १० वटाजति उद्योगले नियमअनुसार सिलिन्डरको हाइड्रोलिक परीक्षण गर्ने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ। बाँकी सबै कम्पनीको सिलिन्डरको पिँधमा २ केजीभन्दा बढी लेदो छ। सोही लेदोमाथि नयाँ ग्यास राखेर पठाउँदा उपभोक्ता ठगीमा परेका छन्। स्रोतका अनुसार हाइड्रोलिक गर्नुपर्ने १० लाख सिलिन्डरमा आधा ग्यास भरेर पठाइएको छ। यसका कारण उपभोक्ताको स्वास्थ्य जोखिममा पर्नुका साथै उद्योगीले मोटो रकम कुम्ल्याएका छन्। नियामक निकाय मौन बसेकाले उद्योगीले खेलाची गरेको उपभोक्तावादी संस्थाहरुले बताएका छन्। ुअहिले उपभोक्ताको घरमा ५ वटासम्म सिलिन्डर छन्,ु स्रोतले भन्यो, ुग्यास नभएपछि धेरैजसो सिलिन्डर उपभोक्ताको घरमै थन्किएका छन्।ु भएजति सिलिन्डर डिपो र उपभोक्ताको घरमै थन्किएका छन्। सिलिन्डर नभएपछि उद्योगले हाइड्रोलिक टेस्ट गर्न राखेकै सिलिन्डरमा ग्यास भरेर पठाएका छन्। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले अहिले सिलिन्डर हाइड्रोलिक टेस्ट गर्नुभन्दा पनि ग्यास सहज बनाउनेतर्फ अघि बढेको बताए। ुगुणस्तर र सुरक्षालगायत विषय हेर्ने काम नेपाल आयल निगमको हो,ु उनले भने, ुतर, आजसम्म निगमले सुरक्षाबारे खासै चासो दिएको छैन।ु विभागले सिलिन्डरमा भएको ग्यासको तौलबारे मात्र अध्ययन गर्छ। बजारमा आएका धेरैजसो ग्यास सिलिन्डरको मिति सकिएका छन्। तर, उद्योगले म्याद नाघेको सिलिन्डरमा ग्यास भरेर बजारमा पठाएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले नागरिकलाई बताए। रङ खुइलिएको र कुच्चिएको पुरानो सिलिन्डरमा पहिलो जाँच मिति २०११ मार्च लेखिएको छ। त्यसपछि यसको जाँच गरिएको छैन। सधैं ग्यास ल्याउने बिक्रेताको पसलबाटै यस्ता प्रकारका सिलिन्डर बजारमा गइरहेको उनको भनाइ छ। एउटा सिलिन्डर अवस्था हेरी २२ वर्षसम्म प्रयोग गर्न सकिन्छ तर कुच्चिएको वा ग्यास चुहिएको सिलिन्डर प्रयोग गर्न हुँदैन। भान्साकोठामा रहेको सिलिन्डरबाट ग्यास चुहिनु बमभन्दा खतरनाक मानिन्छ। तर, अहिले बजारमा हाइड्रोलिक गर्नुपर्ने अवस्थाका सिलिन्डरमै आधा ग्यास भरेर पठाइएको छ। यो बमभन्दा पनि खतरनाक हुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। ुकेही उद्योगबाहेक सबैले हाइड्रोलिक टेस्ट गर्ने बेला भएका सिलिन्डरमा ग्यास भरेर बजारमा पठाएका छन्,ु विभाग स्रोतले नागरिकसँग भन्यो, ुहाइड्रोलिक टेस्ट गर्न लाग्ने खर्च जोगाउन खोज्दा उपभोक्ताको ज्यान खतरामा रहेको छ।ु बजारमा ग्यास अभाव हुँदा उपभोक्ताले जस्तो पाए पनि ग्यास लिने गर्दा दुर्घटनाको खतरा बढ्ने ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए। भारतीय नाकाबन्दीले बजारमा ग्यासको चरम अभाव भएको छ। नियमअनुसार सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा टेस्ट गर्नुपर्ने नियम छ। ुउद्योगीले हाइड्रोलिक टेस्ट नै गर्दैनन्,ु नेपाल गुणस्तर तथा नापतौल विभाग स्रोतले भन्यो, ु२० वर्षसम्म उद्योग आफैंले गर्नुपर्छ। त्यसपछि हाम्रो रोहवरमा टेस्ट गर्नुपर्ने हो। तर गर्दैनन्।ु उपभोक्ताको घरमा जोखिम बढ्नु त छँदैछ। उद्योगले पनि दोहोरो नाफा कमाइरहेका छन्। हाइड्रोलिक नगर्दा पिँधमा भएको लेदोमाथि नै ग्यास भरिन्छ। यसो गर्दा उद्योगलाई दोहोर फाइदा हुन्छ। पहिलो हाइड्रोलिक गर्दा लाग्ने खर्च र दोस्रो कम ग्यास राखेर बजारमा पठाउँदा। विभागका महानिर्देशक पुडासैनीका अनुसार १० वर्षसम्म सिलिन्डर निर्माता कम्पनीले नै ग्यारेन्टी लिएको हुन्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा सिलिन्डरको हाइड्रोलिक टेस्ट गर्नुपर्नेमा अहिलेसम्म उद्योगीले विभागलाई खबर नगरेको उनले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending