Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

कुर्सी फ्याँकेको दिन जीवनकै धेरै बधाई पाएँ–यादव

\"umesh_yadab\"नयाँ पत्रिका दैनिकमा सिचाइमन्त्री उमेश यादवको बयान–०७१ साल माघ ५ गते बोलाइएको संविधानसभा बैठकमा कांग्रेस–एमाले गठबन्धनले प्रश्नावली समिति बनाएर बहुमतीय प्रक्रिया सुरु गर्ने योजना बनाएका थिए ।   उनीहरूको प्रस्तावमा विभेदमा पारिएका मधेसी, दलित, महिला, जनजाति र खसआर्यभित्रै किसान मजदुरलाई अधिकार दिन गरिएको कन्जुस्याइँले थप आक्रोशित बनाएको थियो । त्यस दिन पार्टीले बिहानै संसदीय दलको बैठक बोलाएको थियो । हामी गयौँ । हामी दिनभर भित्रै रह्यौँ भोकै । बाहिर खान जाऊँ भने कतिखेर बैठक सुरु गर्ने हो, ठेगान थिएन । हामी बैठक छाड्ने अवस्थामा थिएनौँ । बेलुका ८ बजेतिर मात्र संसद् सचिवालयले खाजाको व्यवस्था गर्‍यो । खाजा खाएपछि संसदीय दलको बैठक फेरि बस्यो । त्यस दिनको प्रक्रिया जसरी पनि रोक्नुपर्छ भन्ने पार्टी नेतृत्वको आदेश थियो ।   पार्टीको निर्देशन कार्यान्वयन गर्न हामी जुट्यौँ । केही वरिष्ठ युवा नेताले प्रतिरोधको योजना बनाउनुभयो । मलाई सभामुख छिर्ने ढोकापट्टिको जिम्मा पर्‍यो । त्यसवेलाका हाम्रो पार्टीका नेता तथा संवाद समितिका सभापतिको भाषण लगभग एक घन्टाजतिको हुन्छ भन्ने संकेत हामीले पाएका थियौँ । म बैठक कक्षमा जाने, फेरि बाहिर आएर संसदीय दलको बैठक कक्षमा आउने गर्न थालेँ । सभामुखको रोस्ट्रममा पुग्ने पछाडिको बाटोमा छिर्ने ढोकामा २५ जनाजति मर्यादापालक थिए । मैले उनीहरूलाई सम्झाएँ । केहीले माने, तर अन्तिम ढोकामा पुगेपछि मर्यादापालकले जान दिएनन् ।   ‘हामीलाई अप्ठ्यारो नपारिदिनुस्’ भने । मैले कर गरिनँ । म संविधानसभा बैठकमा छिरेँ । भित्र मेरो छुट्टै ‘आर्क’ थिएन । त्यसैले थोरै अलमलिएँ । र, प्रतिरोध सुरु भएपछि कहिले दायाँबाट, कहिले बायाँबाट त कहिले बीचबाट छिरेर रोस्ट्रममाथि चढ्ने प्रयत्न गरिरहेँ । हामीले सत्तापक्षका प्रमुख सचेतकलाई प्रस्ताव प्रस्तुत गर्नबाट रोक्ने प्रयत्न गरिरह्यौँ । त्यसक्रममा मैले कुर्सी उचालेँ अनि फ्यालेँ । त्यसवेलाको परिस्थितिमा त्यो ठीक कदम थियो । त्यो वास्तवमा विभेद र उत्पीडनविरुद्धको आक्रोश थियो । त्यो घटना नभएको भए कांग्रेस र एमाले संविधानमा सहमति गर्न तयार हुने थिएनन् । त्यो घटना नभएको भए नयाँ संविधानको आधार बनेको १६ बुँदे पनि हुँदैनथ्यो । १६ बुँदे जन्माउन माघ ५ को घटनाले भूमिका खेलेको छ । त्यो घटनाप्रति मलाई आज पनि गर्व लाग्छ । त्यो घटनापछि चुनाव जित्दाभन्दा बढी बधाई पाएँ ।   अहिले मन्त्री बनेपछि जति बधाई पाएँ त्योभन्दा कम थिएन त्यसवेलाको बधाई । यसरी बधाई दिनेमा मेरो जिल्लादेखि देशबाहिरसम्मका नेपाली दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्थ्यो । विदेशबाट चाहिँ विभिन्न देशमा छरिएर रहेका पूर्वजनमुक्ति सेनाका सदस्य साथीहरू हुनुहुन्थ्यो । मेरो त्यस दिनको कार्यलाई मानिसले आ–आफ्नो वर्ग दृष्टिकोणअनुसार व्याख्या गरे । उत्पीडित जाति, क्षेत्र र वर्गका जनताले मलाई स्याबासी दिए । बहादुरको संज्ञा दिए, मेरो हौसला पनि बढाए । तर, विरोधीले राक्षसीकरण गर्न भ्याए । मैले पार्टीको निर्देशन र आफ्नो वर्गको लागि त्यो प्रस्ताव रोक्न जरुरी थियो । त्यो प्रस्ताव रोक्न त्यसो गर्नु बाध्यता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending