Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

मौसमविद् भन्छन्– एकसातापछि नै मौसम तात्छ

\"cloud-mausam\"काठमाडौं । पुसको १७ औं दिनसम्म पानी परेको छैन । यसको संकेत हो, ’चिसो अब बढ्दैन ।’ ठोकुवा गर्न भने सकिन्न भन्छिन्, जल तथा मौसम विज्ञान विभागकी मौसमविद प्रतिभा मानन्धर । आजको नागरिक दैनिकमा खबर छ– मौसमविद् मानन्धरको विश्लेषणमा पुस महिनाभर पानी परेन भने ११ गतेदेखि देशका अधिकांश स्थानमा उक्लिरहेको न्यूनतम तापक्रम ओरालो लाग्ने सम्भावना हुन्न । उनी भन्छिन्, ’सामान्यतया पुसमा पानी परेन भने तापक्रम घट्दैन, बरु अझ बढ्छ,’ उनले भनेजस्तो भयो भने भूकम्पपीडितले चिसोबाट केही राहत पाउनेछन् । ’तर मौसम हो, भन्नै सकिन्न, अपर्झट कतैबाट त्यस्तो कुनै प्रणाली नेपाल भित्रियो भने पानी पर्न पनि सक्छ तर आजको मितिसम्म पानी पर्ने संभावना भने देखिदैन,’ मानन्धरको विश्लेषण छ, ’पुस महिनाभित्रै पानी परिहाल्यो भने तापक्रम फेरि घट्न सक्छ । यसले भूकम्पपीडितलाई थप पीडा दिन सक्छ । ‘पुसमा नपरेर माघमा पानी पर्यो भने तापक्रम बिस्तारै बढ्न सक्छ,’ मानन्धर भन्छिन् । पुसमा हुने वर्षाले भने थप पीडा दिन सक्ने उनको तर्क छ । अघिल्लो वर्ष मंसिर १५ देखि पुस १५ सम्म तीनपटक पानी परेको थियो । यसपटक यी दिन सुक्खा रहे जसले अबको १३ दिनभित्र पनि पानी पर्ने सम्भावना कम भएको तर्क मानन्धरको छ । सोही विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद विभूति पोखरेल भने पछिल्ला दिन पश्चिमी वायुको प्रभाव बढेको बताउँछिन् । ’भर्खर जनवरी १ ९पुस १७० भा’छ, जनवरी १५ सम्म हेर्नुपर्छ,’ उनले माघ १ सम्म चिसो बढ्ने सम्भावना औंल्याउँदै भनिन्। पोखरेलले थपिन्, ’तापक्रम खासै नघट्लाजस्तो लाग्छ तर पनि पश्चिमी वायुको प्रभाव छ, भन्न सकिन्न।’ काठमाडौंकै न्यूनतम तापक्रम पुस ९ गते शून्यमा झरेको थियो । यसपछिका दिनमा तापक्रम नियमित रुपमा बढिरहेको छ । शुक्रबारसम्म आइपुग्दा काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियसमा उक्लिएको छ । भूकम्प प्रभावित प्रायः जिल्लाको (रसुवा र दोलखाबाहेक( न्यूनतम तापक्रम काठमाडौंको भन्दा बढी देखिन्छ । विभागले उपलब्ध गराएको अघिल्लो वर्षको तथ्यांकले यसको पुष्टि गरेको छ । प्रभावित जिल्लामध्ये न्यूनतम तापक्रम सबैभन्दा तल जाने जिल्लामा दोलखा, रसुवा र काठमाडौं पर्छन् । पुस ८ र ९ गते दोलखा, जिरीको न्यूनतम तापक्रम माइनस ५.१ मा झरेको थियो । अघिल्लो वर्ष सबैभन्दा कम माइनस २.४ मात्र थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE