Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

मधेसी मोर्चा विभाजनतिर

\"Madhesi-morcha-ka-4-neta\"काठमाडौं । आन्तरिक विवादले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजन हुन लागेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सद्भावना पार्टीले शनिबार एक्लै एकहप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । तर, मोर्चामा आवद्ध अन्य दलले छलफल गरेर आइतबारपछि आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए । राजेन्द्र महतो नेतृत्वको सद्भावना र अन्य दलबीच आन्दोलन र वार्ताका विषयमा मोर्चाभित्र विवाद छ । मोर्चाको आधिकारिक धारणाविपरीत महतो मधेस आन्दोलनका गतिविधिमा संलग्न हुन थालेको र स्थितिलाई भड्काउने गतिविधिमा संलग्न रहेको मोर्चाका अन्य नेताहरूको आरोप छ ।   शनिबार सद्भावना पार्टीले एक्लै एकहप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सद्भावना महामन्त्री सुमनले १९ देखि २७ पुससम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सुमनले छुट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । मोर्चाका संयोजक तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरले सद्भावनाले घोषणा गरेको कार्यक्रमबारे जानकारी नभएको बताए । ‘अहिलेसम्म त्यस्तो आन्दोलनबारे जानकारी छैन र त्यसलाई मोर्चाभित्र विवाद र फुटका रूपमा नलिँदा राम्रो हुन्छ,’ ठाकुरले भने ।   पार्टी अध्यक्ष राजेन्द्र महतो थप उपचारका लागि भारतको दिल्ली गएको भोलिपल्टै सद्भावनाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको हो । मोर्चाको अर्को घटक संघीय समाजवादी फोरमले पनि आइतबार सुन्धारामा एक्लै विरोध कार्यक्रम गर्दै छ । ६ असोजमा सप्तरीको राजविराजमा बसेको मोर्चा बैठकबाटै सुरु भएको विवाद २७ मंसिरको सरकारसँगको वार्तापछि भने सतहमै आएको छ । गत आइतबार बसेको मोर्चाको बैठकले आन्दोलनका कार्यक्रमलाई फेरबदल गर्ने अनौपचारिक निर्णय गरेपछि महतो मोर्चाबाट बाहिरिन खोजेको मोर्चाका एक नेताले बताए । महतोले जयप्रकाशप्रसाद गुप्ता, शरत्सिंह भण्डारी र राजकिशोर यादवको गठबन्धनसँग सहकार्य गर्न खोजेको मोर्चाका नेताहरूको आशंका छ ।मोर्चाका नेताहरू तत्काल महतोलाई मोर्चाबाट अलग्याउने पक्षमा छैनन् । त्यसैकारण उनका विषयमा सार्वजनिक टिप्पणी गर्न मानेका छैनन् । सद्भावना महासचिव सुमन भने आफ्नो पार्टीले छुट्टै कार्यक्रम र पत्रकार सम्मेलन गर्दा मोर्चा फुटिहाल्ने अवस्थामा नपुग्ने दाबी गर्छन् । तर, उनी मोर्चाभित्र विवाद उत्कर्षमा पुगेको कुरा भने स्वीकार गर्छन् ।   विवाद बढ्दै गएपछि सामाजिक सञ्जालमा समेत आरोप–प्रत्यारोप हुन थालेको छ । सद्भावनाका महामन्त्री मनीष सुमनले ‘राजेन्द्र महतोको बढ्दो लोकप्रियताबाट स्वदुखित हुनेहरूप्रति हार्दिक समवेदना’ भन्दै टिप्पणी गरेपछि मोर्चाको विवाद सतहमै प्रकट भएको हो । महतोको विवादित गतिविधिलाई लिएर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसिया र राजेन्द्र महतोका भतिजा उपेन्द्र महतोबीच फेसबुकमा दोहोरी नै चलेको छ । उनीहरू एकले अर्कोलाई खुइल्याउने अभियान चलाएका छन् । किन बढ्यो विवाद ? मधेसी मोर्चामा आबद्ध पााचमध्ये चार दल वार्ताबाटै समस्या समाधान गर्ने र आन्दोलनका स्वरूप परिवर्तन गर्ने पक्षमा छन् । तर, राजेन्द्र महतो नेतृत्वको सद्भावना कडा आन्दोलनको पक्षमा छ । नाकामा धर्नासहित तराईं–मधेसमा आन्दोलन गर्दै आएको मोर्चाले आइतबारपछि थप छलफल गरेर आन्दोलनको स्वरूप परिमार्जनको तयारी गरेको थियो । तर, सद्भावना पार्टीले शनिबार एक्लै एकहप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महतो पक्षले वार्ताभन्दा आन्दोलनमै जोड दिएकाले मोर्चालाई विभाजनतर्फ धकेलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending