Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

ग्राहक महिलामाथि यौनशोषण गर्ने कृषि विकास बैंकका चार कर्मचारी पक्राउ

\"Aarthikकाठमाडौं । बैंकको ग्राहक एवं ऋणी महिलालार्ई वर्षौँदेखि यौनशोषण गरेको आरोपमा कृषि विकास बैंकका चार कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । बैंककी ऋणी टीकामाया गोलेलार्ई करिब तीन वर्षदेखि जबर्जस्ती करणी तथा यौनशोषण गरेको आरोपमा बैंकको पुतलीसडक शाखाका प्रमुख गेहनाथ पौडेल, तत्कालीन उपप्रमुख एवं हाल कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत थानेश्वर पन्थी, अधिकृत रमेश कुमार भट्टराई र बैंकका सवारीचालक भाइचा महर्जनलार्ई महानगरीय प्रहरीपरिसर टेकु काठमाडौंले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।   अाजकाे आर्थिक दैनिकमा खबर छ–काठमाडाैं प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) विश्वराज पोखरेलका अनुसार प्रहरीले पीडित महिला पर्सा जिल्ला विरुवा गुठी गाविस–२ स्थायी ठेगाना भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ साबिक मूलपानी गाविस वडा नं. ४ बस्ने टीकामाया गोलेले यही पुस ७ गते मंगलबार महानगरीय प्रहरीपरिसर काठमाडौंमा दर्ता गराएको किटानी जाहेरी सम्बन्धमा आवश्यक सोधपुछको लागि गत बिहीबार परिसरमा बोलाईएका चारै जना कर्मचारीहरुलार्र्ई हिरासतमा राखेर जिउ मास्ने÷बेच्ने तथा वेश्यावृत्ति मुद्दामा शुक्रबार काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका चार जनामध्ये पौडेल, पन्थी र महर्जनले वर्षौँदेखि जबर्जस्ती यौनशोषण गरेको र अधिकृत भट्टराई उनीहरुको सहयोगीको भूमिकामा रहेको आरोप लगाउँदै पीडित महिला गोलेले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । गोलेको जाहेरीमा ‘म जाहेरवाली सामान्य सहीछापसम्म मात्रै गर्नसक्ने अनपढ ग्रामीण महिला हुँ, मैले विगत केही वर्षदेखि काठमाडौं मूलपानी गाउँमा रहेको घरमा घरेलु गलैंचा बुन्ने काम सुरु गरी सोको निम्ति कच्चापदार्थ स्थानीय बजारबाट खरिद गरी आफैंले तानमा बसी बुनी त्यसलार्र्ई स्थानीय बजारमा बेच्ने कार्य गर्दछु । मेरा पति पनि पढेका छैनन्, ज्याला मजदुरीको काम गर्नुहुन्छ ।’ उनले आफ्नो उजुरीमा उल्लेख गरेकी छन्, ‘मैले २०६६ सालमा व्यापार व्यवसाय बढाउन तथा घरसमेत निर्माण गर्न कृषि विकास बैंक पुतलीसडक रामशाहपथ शाखाबाट कर्जा लिई बैंकको नियमअनुसार तिर्दै आइरहेकी थिएँ, सोही क्रममा बैंकका कर्मचारी रमेश भट्टराईसँग चिनजान भएको थियो, कर्जा निरीक्षणको सिलसिलामा रमेश भट्टराई मेरो घरमा आउने जाने गर्थे, परिवारमा समेत घुलमिल हुनुभएको थियो ।’ उनले अगाडि लेखेकी छिन्, ‘उक्त कर्जा मैले आधाभन्दा बढी चुक्ता गरिसकेको अवस्थामा निज रमेशले राम्रो सीप भएको मान्छे कारोबार बढाऊ, राम्रो आम्दानी हुन्छ, म हाकिमसँग कुरा गरिदिन्छु भनी निजको विश्वासमा परी थप कर्जाको निमित्त २०७० सालमा केही कागजमा सही गराएका थिए, सोको दुई दिनमै थप भनी १९ लाख रकम दिएका थिए, उक्त कर्जाको सावाँ तथा ब्याज समेत गलैंचा व्यापारबाट तिरी आएको अवस्थामा अन्यायी रमेश भट्टराईले मलार्र्ई मेरो लागि ४० लाख ऋण तिम्रो धितोबाट निकालिदेऊ, मसँग राम्रो काम आएको छ, ढुकुटी हो, सोको सावाँ तथा ब्याज र तिम्रो ब्याजसमेत म आफैं तिरी तिम्रो घरजग्गा फुकुवा गरिदिन्छु भनी विश्वासमा परी थप ४० लाख कर्जा मेरो नामबाट निकाली उक्त बैंकबाट नै सो रकम लिई निजले चलाएकोमा निजले उल्लिखित वचनबमोजिम सोको सावाँ र ब्याज नतिरी मेरो घरजग्गा लिलाममा जानलाग्दा निजलार्र्ई सम्पर्क गरी तपाईंले चलाएको ऋणको सावाँ र ब्याज तिरिदिनुहोस्, म पनि मेरो ऋण तिरी घरजग्गा फुकुवा गर्छु भनी भन्दा ठीक छ, म व्यवहार मिलाउँछु, तिमी वसुन्धराचोकमा आऊ त्यहाँ नै सरसल्लाह गरौंला भनी बोलाएबमोजिम म निजलार्र्ई भेट्न उक्त वसुन्धराचोकमा जाँदा निजका साथमा अन्य एक व्यक्ति पनि आएका थिए । निजले थानेश्वर सर हो, कर्जाको हाकिम साब हो, सबै मिल्छ, तिमी कुरा गर्दै गर भनी काम छ, म आउँछु भनी मलार्र्ई त्यहाँ छाडी गए भने अन्यायी थानेश्वरले हामी किन एक्लै बस्ने, जाऊँ कतै चिसो खाएर बसौं भनी भन्दा म तपाईंलार्र्ई चिन्दैन, त्यो दाइ अहिले आइहाल्छ, पर्खिबसौं भन्दा नमानी निकै कर (जिद्दी) गरी आफ्नो मोटरसाइकलमा बस्न लगाई एकैछिन्मा पुगिन्छ भन्दै एकाएक जंगलको बीचमा रहेको रेष्टुरेण्टजस्तो देखिने होटल लजमा लगी रोकी सरासर कोठामा लिई गयो र चिसो खाई बसौं भनी त्यहाँ बसाएर चिसो देऊ भन्दै होटलका व्यक्तिलार्र्ई खबर गरे । तत्पश्चात् अन्यायी (थानेश्वर)ले मलार्र्ई तिम्रो दाइ (रमेश भट्टराई)ले सबै कुरा गरेको छ, म कृषि विकास बैंकको ऋण शाखाको हाकिम हुँ, तिम्रो सबै काम तुरुन्तै हुन्छ, चिन्ता लिनुपर्दैन भन्दै यौनसम्पर्कका निम्ति प्रस्ताव गर्नुभयो ।’ उनले जाहेरीमा भनेकी छिन््, ‘मैले सो कुराको तत्कालै प्रतिवाद गरेँ, चिसो पेयमा खै के मिसाएको रहेछ, म लठ्ठ भएँ, निजले तिम्रो दाइले सबै भनेको छ, उसको सल्लाहमा तिमीलार्र्ई यहाँ बोलाएको हो, केको सती सावित्री बन्छौं ? भन्दै ढोकाको चुकुल लगाई होटलमा आएर बसेपछि तिम्रो कुरा कसले पत्याउँछ भन्दै बलपूर्वक जबर्जस्ती मेरा कपडा खोली, आफ्ना कपडा खोली मसँग मेरा इच्छाविरुद्ध जबर्जस्ती यौनसम्पर्क गरेपछि वसुन्धरामा ल्याई छाडिदिए । सो अवस्थामा म एक्लै घर फर्की आएँ ।’ निवेदनमा भनिएको छ, ‘अन्यायी रमेश भट्टराईलार्र्ई त्यो मान्छेले मलार्र्ई जबर्जस्ती नराम्रो काम ग¥यो, मेरो इज्जत लुट्यो भन्दा जे भयो भइगयो, हो हल्ला नगर, त्यो हाकिमसँग म कुरा गर्छु, तिम्रो ऋणको हर्जना ब्याज मिलाइदिन्छु, हल्ला ग¥यो भने तिम्रो इज्जत जान्छ भनी मलार्र्ई बदनामीको डर देखाई चुप लगाई यसैबीचमा थानेश्वर पन्थी र रमेश कुमार भट्टराईका बीचमा केही कुरा भई निज थानेश्वर र रमेश भट्टराईले कहिले सामूहिक त कहिले एक्लाएक्लै रुपमा मलार्र्ई बोलार्र्ई विभिन्न प्रलोभन तथा प्रलोभनमा इन्कार गरेको अवस्थामा घरमा सबै कुरा भनिदिने, बेइज्जत गरिदिने, आपूmले चलाएको ऋणको सावाँ र ब्याज समेत नतिरी घर लिलाम गराइदिने धम्की दिँदै पटक–पटक मेरो इच्छाविपरीत काठमाडौंका विभिन्न होटल लजमा लगी मेरो इच्छाविपरीत जबर्जस्ती यौनसम्पर्क गर्थे ।’ उनले जाहेरीमा लेखेकी छिन्, ‘यसरी लामो समयसम्म आपूmले चलाएको ऋण तिरी घर फुकुवा गरिदिने, भनेको नमाने लिलाम गराइदिने आश्वासन र धम्की समेत दिई निज अन्यायीहरुले आफ्नो तथा बैंकका साथी भनी अन्य नचिनेका व्यक्तिहरुबाट पनि पटक–पटक मलार्र्ई जबर्जस्ती यौनसम्पर्क गरी÷गराई आएको अवस्थामा मेरो घरसमेत लिलाम हुनलागेको अवस्थामा मेरोे घरजग्गा लिलामीमा चढ्नलागेको सम्बन्धमा मैले निज अन्यायी रमेश भट्टराईलार्र्ई भन्दा तिमीले चिन्ता लिनुपर्दैन, मैले हाकिम साबसित सबै कुरा मिलाएको छु, तिमी बैंकमा आऊ भनी बोलार्र्ई उक्त बैंकको कार्यालयमा बोलार्र्ई हाकिम साब भनिएका अन्यायी गेहनाथ पौडेलको कार्यकक्षमा लगी भेट गराई निज हाकिम भन्ने व्यक्तिले तपाईंको कुरा जटिल छ, कार्यालय समयमा कुरा गर्न फुर्सद हुँदैन, कार्यालय समयपछि मेरो ड्राइभरसँग सम्पर्क गरी आउनू भनी मैले अघिदेखि चिनेका अन्यायी भाइचा महर्जनलार्र्ई बोलार्ई चिनाई पठाएकोमा भोलिपल्ट अन्यायी हाकिम साब भन्ने गेहनाथ पौडेलले रमेश भट्टराईमार्फत खबर पठाई भाइचा महर्जनले कार्यालय समयपछि मलार्र्ई उक्त कार्यालय प्रमुखको अफिसमा लिएर गई मलार्र्ई छाडी आएपछि अन्यायी कार्यालय प्रमुख हाकिम साब भनिएको गेहनाथ पौडेलले तिम्रो कर्जा बिग्रेको रहेछ, मिलाउनुपर्छ, रमेशले सबै कुरा भनेको छ, सबै मैले मिलाउने हो भन्दै हाकिम साबको कोठाको ढोकामा चुकुल लगाई यौनसम्पर्कका निमित्त भन्दा तपाईंले त कर्जाको हर्जना र ब्याज मिलाउने भनी बोलाउनुभएको, यसो किन भन्नुहुन्छ भनी भन्दा मैले सबै मिलार्ईदिन्छु, रमेशले लिएको रकम पनि मिलाइदिन्छु भन्दै एकाएक मेरो तथा आफ्ना कपडा फुकाली बलपूर्वक मेरो इच्छाविपरीत (कार्यालयमै) जबर्जस्ती करणी गरे । तत्पश्चात् कार्यालय समयपछि चालक भाइचा महर्जनमार्फत बोलार्र्ई यौनशोषण गर्दै रहे ।’ उनले अगाडि लेखेकी छिन्, ‘यो सबै कुरा चाल पाई चालक भाइचा महर्जनले पनि सहयोग गर्ने बहानामा हाकिमसँगको यौनसम्पर्कको बारेमा घरमा भनिदिने धम्की समेत दिँदै पटक–पटक मेरा इच्छाविपरीत जबर्जस्ती करणी गरिरहे ।’ सजिलोसँग कर्जा पाउने प्रलोभनमा पारेर बैंकका कर्मचारीहरुको संगठित जालोमा परी यौनशोषणमा परेकी महिला उद्यमी गोलेले प्रहरीलार्र्ई दिएको उजुरीमा अगाडि लेखेकी छिन्, ‘लामो समयसम्म अन्यायीहरुले मलार्र्ई यौनदासीको रुपमा यौनशोषण गरिरहे पनि मेरो घरजग्गा राखी रमेश भट्टराईले चलाएको ऋण चुक्ता नगरिदिएकोले अन्यायीहरुलार्र्ई तपाईंहरुले ममाथि अत्याचार गर्नुभयो, मेरो घर व्यवहार पनि लिलाम हुनलाग्यो भनी भन्दा अन्यायी रमेशले तिम्रो घरजग्गाको कर्जाका सम्बन्धमा हामीले सल्लाह गर्न गोंगबुमा मिटिङ राखेका छौं, तिमी त्यहाँ आऊ भनी बोलार्र्ई एउटा लजमा अन्यायी सम्पूर्ण भेला भई कुरा गर्दा मलार्र्ई चिसो पेयपदार्थमा नषालु के राखी खुवाई अर्धचेतन अवस्थामा राखी निजका साथीहरुसमेत मिली जबर्जस्ती करणी गरी मोबाइलमा अन्यायीमध्ये थानेश्वर पन्थी, भाइचा महर्जन र मेरो नांगो भिडियो खिचेको रहेछ, अब कृषि विकास बैंकको कर्जा व्यवहार तिमीले गरेको कार्यलार्र्ई प्रकाशमा ल्यायौ भने यो भिडियो युट्युबमा राखिदिने धम्की दिँदै मेरो मुख बन्द गर्नलार्र्ई तत्काल भाइचाले भनेअनुसारका कागजातमा सही गरिदिनु, बाँकी हामी मिलाउँछौं भनेकाले ड्राइभर भाइचाले के के कागज ल्याएका थिए, तिनमा घर परिवारका सबैले सहीछाप गरेका थियौ ।’ उनले अगाडि उल्लेख गरेकी छिन्, ‘तत्पश्चात् केही दिनमा अपरिचित व्यक्तिले फोनमार्फत सिडीको कुरा गरी मलार्र्ई उक्त (अश्लील) नाङ्गो सिडी देखाई सो सिडी युट्युबमा राखिदिन्छौं भनी धम्की दिएकाले फेरि निजहरुसँग सल्लाह गर्दा पैसा दिएर मिलाऊ, नत्र तिम्रो इज्जत जान्छ, पछि हामी सबै कर्जा तिरिदिन्छौँ, मिलाउँछौं भनेकाले मैले गलैंचा साहुसँग ऋण लिएर त्यो सिडी लिई आउने केटाहरुलार्र्ई सिडी नष्ट गर्ने, प्रकाशमा नल्याउने शर्तमा १६ लाख ५० हजार रुपैयाँ दिएँ तर पनि इज्जतको लागि केही रकम दिँदै उक्त सिडी लिए पनि नमालुम कसैले उक्त सिडी युट्युबमा राखी सार्वजनिक रुपमा मेरो अश्लील फोटो राख्ने बेइज्जती समेत गरेको अवस्थामा मैले पुनः अन्यायीहरुलार्र्ई भेटी तपाईंहरुले जबर्जस्ती मेरो शारीरिक शोषण पनि गर्ने, अन्य व्यक्तिलार्र्ई पनि बैंक कर्मचारी साथी भनी जबर्जस्ती यौनशोषण गराउनुभयो, नाङ्गो फोटो प्रकाशन गरी बेइज्जत पनि गरिदिनुभयो भनी भन्दा केही बिग्रेको छैन, कृषिको ऋण मिलाइदिन्छौं भनी मलार्र्ई विभिन्न प्रलोभन तथा आश्वासन समेत दिनुभयो र मेरो इज्जत लुट्नुभयो घर व्यवहार समाप्त भयो भन्दा निजहरुले उल्टै तिमी हामी एक जनासँग मात्र सुतेकी छैनौ, आइन्दा नआउनु, आफ्नो व्यवहार मिलाउनु, ती भनेका सबै कुराको अर्थ छैन, हामीले के–के कागजमा सही पनि गराएका छौँ भनी मसँग सम्बन्ध भेटघाट गर्नछोड र म जीवन जिउने कि मर्ने भन्ने तनावमा रहेको बेला उल्टै भाइचाले काठमाडौं जिल्ला अदालतमा लेनदेन मुद्दा हाले । सोमा सत्यतथ्य लिखित प्रत्युत्तर लगाउँदा गाली बेइज्जती मुद्दा हाले । सो घटनाका सम्बन्धमा प्रहरीमा उजुरी गरी प्रहरी कारबाही चलाउनखोज्दा प्रहरीलार्र्ई उल्टै बन्दी प्रत्यक्षीकरणको मुद्दा हाले र अन्यायीहरुलार्र्ई कारबाही गर्नका निमित्त महिला आयोग तथा विभिन्न निकायमा जाँदा मेरो घर परिवारका व्यक्तिहरुलार्र्ई उकास्ने, मलार्र्ई यो वेश्या भइसकी, यसलार्र्ई घर समाजबाट निकाल्नुपर्छ भनी उक्साउने, म तथा मेरा श्रीमान् मेरा छोरासमेतलार्र्ई मारी बेपत्ता पारिदिने धम्की दिँदै वेश्या भनी बदनाम गरिदिने धम्की दिँदै आएका छन् ।’ पीडित टीकामाया गोलेले जाहेरीको अन्त्यमा उल्लेख गरेकी छिन्, ‘अतः अन्यायीहरुले व्यक्तिगत एवं सामूहिक रुपमा यौनशोषण गर्ने, वेश्यावृत्तिमा लगाउने, शक्ति एवं पदको दुरुपयोग गरी नेपालभित्र विभिन्न स्थानमा लगी यौनशोषण तथा इच्छाविपरीतको जबर्जस्ती करणी गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४(१) (ख) तथा ऐ.को दफा ४(२) (ख) बमोजिमको कसुर गरेकाले हदैसम्म कारबाही गरिपाऊँ ।’ त्यसो त पक्राउ परेमध्येका सहयोगीको भूमिकामा रहेका अधिकृत रमेशकुमार भट्टराईले गत २०७१ साल फागुन २९ गते कृषि विकास बैंक लि. शाखा कार्यालय पुतलीसडकमा कार्यरत थानेश्वर पन्थी र पीडित टीकामाया गोलेबीच हालसम्म भए÷गरेका यौनशोषण तथा आर्थिक शोषण सम्बन्धमा गरेका उजुरबाजुर रद्द गर्ने र कुनै दोषारोपण नगर्ने भनी दोहोरो लिखित सहमति समेत गराएका थिए । गत फागुन २९ गते उक्त सहमति भएपछि अवैध यौन सम्बन्धबाट टीकामायाको गर्भमा रहेको शाखाप्रमुख गेहनाथ पौडेल, थानेश्वर पन्थी वा ड्राइभर भाइचा महर्जनमध्ये कुनैको तर एकीन नभएको गर्भको जोरपाटीमा रहेको नेवारथरकी एक महिलाको मेडिकलमा गएर चैत ५ गते गर्भपतनको औषधि खुवाएर भू्रणहत्या गराएका थिए । भट्टराईले राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघको कार्यालय सुकेधारामा उनीहरुबीच उक्त लिखित सहमति गराएका थिए । आर्थिक दैनिकलार्ई प्राप्त उक्त लिखित सहमतिपत्रमा टीकामाया र थानेश्वर पन्थी दुवैले सहीछाप गरेका छन् । रोहवर साक्षीमा जिल्ला अर्घाखाँची मैदान गाविस वडा नंं. २ बस्ने वर्ष ४३ को रमेश भट्टराई र राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले सहीछाप गरेका छन् । साक्षी बस्ने भट्टराई टीकामायाको टीका लगाएको दाजु हुन् र उनै भट्टराई टीकामायाको नाममा कर्जा लिएर आफैँ चलाउने, ढुकुटी खेलाउने, नषालु पदार्थ खुवाएर पन्थी र पौडेलसँग टीकामायालार्ई भिडाउने, उनीहरुलार्ई जोगाउन टीकामायालार्ई ड्राइभर भाइचा महर्जनसँग यौनसम्पर्क गर्दै गरेको भिडियो बनाएर सार्वजनिक गर्ने धम्की दिँदै आर्थिक शोषण समेत गर्दै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending