Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

तीन महिनाभित्र बाबुरामको पार्टी यस्तो बन्दैछ

\"Baburam\"काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले तीन महिना भित्रै नयाँ पार्टी घोषणा गर्ने बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–भट्टराईले २०७२ सालभित्रमै नयाँ शक्तिलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्ने तयारी गरेका हुन् । नयाँ शक्तिलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्न अहिले आफू सबै पक्षसँगको छलफलमा रहेको भन्दै आर्थिक विकासमा राजनीतिक हस्तक्षेप गर्न पनि पार्टीको रुपमा रुपान्तरण गर्नै पर्ने आवश्यकता भट्टराईले औल्याए । रिपोर्टर्स क्लब नेपालको प्रतिनिधिमण्डलसँग शनिवार भट्टराईले भने,‘मुलुकको आर्थिक विकासमा राजनीतिक रुपमा हस्तक्षेप नगरे त्यो अघि बढ्न सक्दैन । नयाँ पार्टीले बैकल्पिक शक्तिको रुपमा भ्रष्टाचार मुक्त भएर आर्थिक विकास र समृद्धिकोलागि काम गर्छ ।’ आफू एकीकृत माओवादीमा पुनः फर्किने सम्भावना नरहेको प्रष्टयाउँदै भट्टराईले भने,‘पुरानोले नहुने भएर नयाँ शक्तिको आवश्यकता भएको हो । अब सबै नयाँ बन्नु आवश्यक छ ।’ समानुपातिक समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरामा मोटामोटी सहमति बनिसकेको उल्लेख गर्दै मुल समस्या सीमांकनमा रहेकोले अहिले नै सहमतिमा गरेर गए राम्रो हुने भट्टराईले बताए । भट्टराईले भने,‘ सीमांकन तत्काल टुङग्याउँदा राम्रो हुन्छ । त्यसो गरे झगडाको बिऊ बाँकी रहँदैन । सीमांकनमा धेरै छलफल भईसकेकोले यसलाई तत्काल टुङग्याउँदा राम्रो हुन्छ, नभए मधेस आन्दोलन राजनीतिक दलको हातबाट अरु तिर जाने खतरा छ । पहिलो संविधानसभाको राज्य पुर्नसंरचन तथा राज्य शक्तिको बाडफाड समिति र सरकारले गठन गरेको राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनको वरिपरि रहेर खोजे समाधान निष्कन्छ ।’ उनले जनयूद्ध पनि बार्ता र संबादकै बाटोबाट टुङगिएको स्मरण गर्दै मधेस समस्या पनि शान्तिपूर्ण रुपमा संबाद बाट नटुङगिने कुरै नहुने दावी गरे । भट्टराईले भने,‘ मधेसको समस्या छिटो समाधान गरेर समृद्धिको बाटो तिर लाग्नु पर्छ । मैले पनि आफ्नो तर्फबाट कुरा गरिरहेको छु । मैले आन्दोलनकारी र राज्य पक्षीय दलहरुसँग पनि कुरा गरिरहेको छु । कसैले जितेको वा हारेको अवस्था होईन त्यसैले यो बार्ता संबादबाटै समाधान हुन्छ ।’ भारतसँगको कटुता तत्काल अन्य गरेर सम्बन्ध सुधार गर्नु पर्ने आवश्यकता औल्याउँदै भारतसँगको सम्बन्धमा केही समय अवरोधमात्रै भएको उल्लेख गरे । उनले भने,‘ यूद्ध भएका देशहरुवीच त सम्बन्ध सुध्रन्छ हाम्रो केही समय अवरोध भएको अवस्था मात्रै हो । हामीले हाम्रो समस्या समाधान गरेर कुटनीतिक ढंगले सम्बन्ध सुधार्नु पर्छ । हाम्रो समस्या समाधान गरेर पनि स्थिति सहज भएन भने भारत दोषी हुन्छ ।’  भट्टराईले नेपालको राजनीतिक अवस्थिती विशिष्ट किसिमको भएको भन्दै दुई विश्वको आर्थिक महाशक्ति हुने तरखरमा रहेकोले नेपाल दुई देशवीचको गतिशिल पुल बनेर विकासमा अघि बढ्नु पर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending