Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

राजा वीरेन्द्रको सम्पत्तिमा अझै विवाद

\"birendra\"काठमाडौं । छाउनीस्थित सरकारको नाममा आउनुपर्ने करोडौँ मूल्यबराबरको करिब १५ रोपनी जग्गासम्बन्धी विवाद अझै टुंगिएको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा सिंहले दाइजोस्वरूप सो जग्गा आफ्नो भएको दाबी गरेपछि त्यससम्बन्धी विवाद अदालतसम्म पुगेको थियो । १० जेठ ०६२ मा दाइजोका रूपमा बाबु ज्ञानेन्द्र शाहबाट सो जग्गा र त्यसमा बनेको दरबार पाएको, तर नेपाल ट्रस्टले सरकारीकरण गर्न खोजेको भन्दै प्रेरणा सर्वोच्च अदालतसम्म पुगेपछि विवाद उत्कर्षमा पुगेको हो । नेपाल ट्रस्टविरुद्ध अदालत गएकी सिंहको पक्षमा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाले ६ असारमा प्रेरणाको पक्षमा फैसला सुनाएका थिए। तर, सो फैसलामा ट्रस्टले चित्त बुझाउन सकेको छैन । उसले सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको छ । तर, सर्वोच्च अदालतले अहिलेसम्म फैसलाको पूर्णपाठ नदिएका कारण पुनरावलोकन गर्न अप्ठेरो परेको ट्रस्टका कानुनी सल्लाहकार पुरुषोत्तम नेपाल बताउँछन् । ‘अहिलेसम्म हामीलाई सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ दिएको छैन, त्यसले गर्दा पुनरावलोकन गर्न सकिएको छैन,’ नेपालले नयाँ पत्रिकासँग भने । उक्त फैसला गर्ने प्रधानन्यायाधीश साह असारमै सेवानिवृत्त भइसकेका छन् । त्यसले पनि फैसलाको पूर्णपाठ तयार गर्न समस्या भएको छ । अदालतको नजिरअनुसार फैसला गर्ने न्यायाधीश सेवानिवृत्त भए उनको घरमा लगेर पूर्णपाठमा हस्ताक्षर गराइन्छ । तर, प्रेरणाको मुद्दाको सन्दर्भमा भने अहिलेसम्म पूर्णपाठ तयार गर्न चासो दिइएको छैन । ६ असारको सर्वोच्चको फैसलाले ट्रस्टको नाममा आएका थप जग्गामाथि हकदाबी माग गर्दै अदालतमा मुद्दा पर्ने सम्भावना बढेको ट्रस्टका एक कर्मचारी बताउँछन् । अदालतले प्रेरणाको पक्षमा फैसला गर्ने अनि पूर्णपाठ नदिनुले अन्यलाई हौसला बढाउने ती कर्मचारीले भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending