Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

भूकम्पपीडित भन्छन् आगो तापेरै रात बित्छ

\"pidit\"काठमाडौं । चित्रोले छाएको, चित्रैले बारेको साँघुरो टहरा । टहराभित्र एउटा पलङ, पातलो सिरक, केही मैला थाङ्ना । काटाकुटी–१ बोत्लाङमा तीन महिनाकी सुत्केरी २७ वर्षीया रेश्मा विकसँग जाडो छेक्न योभन्दा बढी केही छैन । तर, ठिही सहिनसक्नुको छ । उनलाई आफ्नोभन्दा बढी चिन्ता तीन महिनाको बच्चाको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–आफूसँग भएका मैला थाङ्नाले गुटमुट्याएकी छिन् । तर, चिसोले बच्चाको रङ नै बदलिएको छ ।   अपांगता भएका श्रीमान्को समेत लालनपालनको जिम्मा उनकै काँधमा छ । खेतीपाती छैन, कमाइ गर्ने कोही छैनन् । सुत्केरी उनी बनिबुतो गरेर बिहान–बेलुकाको छाक टार्न बाध्य छिन् । सरकारले दिएको १५ हजार राहत रासन किन्दै सकिएको उनको भनाइ छ । पीडितले पाएनन् न्यानो राहत सरकारले दिने न्यानो राहतस्वरूपको दश हजार रुपैयाँ अझै हात लागेको छैन । बच्चालाई काख फेर्दै रेश्माले भनिन्, ‘टहरा बनाउन कसैले जस्ता दिएनन् । १५ हजार रुपैयाँ खाँदै सकियो । जाडोमा लगाउने र ओढ्ने–ओछ्याउने केही छैन । रातभरि जाडोले लुगलुग काम्छौँ ।’ सरकारले जाडो छल्न दश हजार रुपैयाँ दिन्छ भन्ने सुने पनि अहिलेसम्म हात नपरेको उनले गुनासो पोखिन् । भनिन्, ‘पाए त न्यानो लुगा किन्ने थियौँ, कम्तीमा यो चिसोले त मर्ने थिएनौँ ।’ आगो तापेरै कट्छ रात बोत्लाङका ६३ वर्षीय पूर्णबहादुर कामी परिवारको हालत पनि उस्तै छ । तुसारोले चरचरी फुटेका हात–खुट्टामा रगतका धर्का टाढैबाट देखिन्छन् । ‘राति ओढ्ने सिरक र ओछ्याउने डस्ना पनि छैन । आगो तापेरै रात काट्नुपर्ने बाध्यता छ ।’ पातलो कमिजमाथि च्यातिएको मैलो ज्याकेटमा भेटिएका पूर्णबहादुरले दाउरा चिर्दै गर्दा भने, ‘जाडोले लुगलुग कामिन्छ । आगो नबाली रात कटाउन सकिँदैन । दाउरा सकिए के गर्ने होला रु केही मेलो छैन ।’ न्यानो राहतस्वरूप सरकारले दिने भनेको दश हजार रुपैयाँ उनले पनि पाएका छैनन् । उनले भने, ‘पहिले पाएको १५ हजार रुपैयाँ खर्च गरेर सकियो । अब दश हजार दिने भन्ने सुनेको छु । तर, पाउने कहिले हो थाहा छैन । पाए त न्यानो कपडा किनेर जाडो कटाइन्थ्यो ।’ अघिल्ला वर्षभन्दा बढी चिसो सेतै दारी फुलेका ७४ वर्षीय जितबहादुर विक जस्ताको टहरानजिकै खोक्दै गरेका भेटिए । भूकम्पले सुकुम्बासी बनाएको दुखेसो गर्ने उनलाई यसपटकको जाडो कसरी बिताउने भन्ने चिन्ताले सताएको छ । अघिल्ला वर्षभन्दा यसपटक चिसो बढेको सुनाउँदै उनले भने, ‘बिहान–बेलुका त टाउको नै फुट्लाजस्तो हुन्छ । ओढ्ने–ओछ्याउने पनि केही छैन । रात कटाउन गाह्रो छ । यसपटक जाडोले नै मरिन्छ कि जस्तो लाग्न थालेको छ ।’ दिनभर घाम ताप्नेको लर्को लाकुरीडाँडा–९ हलहलेका भूकम्पपीडित बिहान घाम झुल्किन नपाउँदै टहराबाट बाहिर निस्किएर घाम ताप्छन् । ६७ वर्षीया प्यारीमाया तामाङले भनिन्, ‘दिउँसो त घाम तापेर बित्छ । तर, बिहान–बेलुका हातै झर्लाजस्तो हुन्छ ।’ काटाकुटी–१ बोत्लाङका भूकम्पपीडितजस्तै उनले पनि भनिन्, ‘लगाउने कपडा छैन, ओढ्ने–ओछ्याउने छैन । यसपालि त जाडोले नै मरिन्छ कि जस्तो लाग्छ ।’ ज्येष्ठ नागरिकलाई बढी सास्ती हलहलेकै ९९ वर्षीय कुलबहादुर रुम्बा जाडो सुरु भएदेखि ओछ्यानबाट उठ्न सकेका छैनन् । मैलो थोत्रो ब्लांकेटमा गुटुमुटी परी ओछयानमै भेटिएका उनी बोल्नसमेत सक्दैनन् । छोरी साइनोकी ५० वर्षीया मिठु तामाङले भनिन्, ‘उठ्न सक्दैनन् । जाडो सुरु भएदेखि थलैमा छन् । सरकारले दश हजार दिन्छ भनेको सुनेका छौँ । पाएका छैनौँ । त्यो पैसा पाए ताता कपडा किनेर ओढाउने थियौँ ।’ एलडिओ कार्यालयमा पीडितको धर्ना सरकारले राहतस्वरूप दिने भनिएको १५ हजार रुपैयाँ नपाएपछि जिल्ला विकास समिति दोलखामा पीडितले धर्ना दिएका छन् । बोँच गाविसबाट आएका दुईभन्दा धेरै पीडितले आइतबार दिनभर कार्यालयमा धर्ना दिएका हुन् । परिचयपत्र पाइयो, राहत पाइएन भूकम्पपीडित परिचयपत्र पाएकाले समेत राहत रकम नपाएपछि धर्ना बस्न आएको पीडित हेमबहादुर तामाङले बताए । उनले भने, ‘भूकम्प गएको नौ महिना बितिसक्यो । तर, अझै राहत पाएका छैनौँ । परिचयपत्र दिने वेला राहतस्वरूप पाइने १५ हजार रुपैयाँ गाउँमै आउँछ भन्थे । तर, अझै पाएनौँ ।’ उनका अनुसार बोँच गाविसमा मात्रै दुई सय ८० जनाले राहतस्वरूपको १५ हजार पाएका छैनन् । प्रशासन भन्छ, ‘रकम अपुग भो’ जिल्ला प्रशासन कार्यालयका अनुसार राहत रकम अपुग भएकाले दिन नसकिएको हो । जिल्लामा अझै १४ करोड ७७ लाख ५० हजार रुपैयाँ अपुग रहेको प्रशासनले जानकारी दियो । सहायक जिल्ला प्रमुख ओलाखबहादुर आलेका अनुसार आवश्यक रकम गृह मन्त्रालयसँग माग गरिएको छ । तर, निकासा भएको छैन । उनले भने, ‘रकम अपुग भएकाले सबैलाई बाँड्न सकिएन । गृहमा माग गरिए पनि निकासा भएको छैन ।’ २० करोड रकम अभाव भयो जिल्लामा ८४ हजार आठ सय ४८ घर–परिवारलाई भूकम्पपीडित परिचयपत्र बाँडिएको छ । त्यसमध्ये नौ हजार आठ सय ५० पीडितलाई १५ हजारस्वरूपको राहत रकम पुग्दैन । न्यानो राहतस्वरूप बाँडिने भनिएको १० हजार रुपैयाँ पनि सबैलाई पुग्दैन। सबैलाई बाँड्न ८५ करोड रुपैयाँ आवश्यक छ । तर, गृह मन्त्रालयले ६५ करोड रुपैयाँ मात्रै पठाएको छ । सहायक जिल्ला प्रमुख आलेले भने, ‘दश हजार रुपैयाँ पनि सबैलाई पुग्दैन । ६५ करोड आएको छ । बाँड्ने क्रम सुरु भइसकेको छ । तर, सबैलाई कसरी पुर्‍याउने भन्ने समस्या छ ।’ ( क्भभ mयचभ बतस् जततउस्ररधधध।भलबथबउबतचष्पब।अयmरद्दण्ज्ञटरण्ज्ञरद्धछद्धछढ३कतजबकज।व्ढmद्यद्धच्यष्।मउगा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending