Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

तस्करको कब्जामा १० अर्ब

\"gasकाठमाडौं । भारतले लगाएको नाकाबन्दीपछि बढेको इन्धन कालोबजारीले १० अर्बभन्दा बढी नेपाली रुपैयाँ नेपाल(भारत सीमामा होल्ड भएर बसेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–भारतीय रुपैयाँ साट्न नपाई ठूलो परिमाणमा होल्ड भएको यस्तो रकमका कारण नेपाली बजारमा भारुको अभाव झनै बढ्नेछ । भारु साट्न नपाएपछि विकल्पमा सुनचाँदीबाट भुक्तानी हुँदा यसको अवैधानिक कारोबार बढेर जान्छ। नाकाबन्दीपछि नेपाली उपभोक्ताले तस्करीबाट पेट्रोलियम पदार्थ खरिद गर्दा खर्च गरेको रकम भारु साट्न नपाएका कारण सिमानामा होल्ड भएको हो । नेपाली रुपैयाँ होल्ड भएको अनौपचारिक जानकारी राष्ट्रबैंकमा पनि आइपुगेको छ। भारतले असोजदेखि लगाएको नाकाबन्दीपछि नेपालमा अधिकांश इन्धन आपूर्ति तस्करीबाट हुने गरेको छ। सामान्य अवस्थामा मासिक १० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ भारतबाट आउने गरेकोमा मंसिरसम्म तीन महिनामा जम्मा १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। नेपाल राष्ट्रबैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैधानिक आयात नहुँदा सीमा नाकामा नेपाली रुपैयाँ थन्किएको बताउँछन्। ुयसरी कति रुपैयाँ सीमामा पुगेको छ अहिले भन्न सकिँदैन, हामी अध्ययन गर्दैछौुं, उनले भने। थापाले नेपाली रुपैयाँ होल्ड भएर थुप्रिँदा अर्थतन्त्रमा ठूलो समस्या आउने स्वीकारे। ुवर्षात्मा आउने खहरेले जसरी सखाप पार्छ, नाकाबन्दीपछि मौलाएको अनौपचारिक अर्थतन्त्रले पनि औपचारिक बजारलाई त्यसरी नै सखाप पार्छ,ु उनले भने। काठमाडौंलगायत सहरी क्षेत्रमा अहिले नेपाल आयल निगमले मागको १५ प्रतिशतमात्र इन्धन आपूर्ति गर्न सकेको छ।काठमाडौंका सडकमा सवारीसाधन भने लगभग सामान्य अवस्थाझैं चल्न थालेका छन्। पूर्ववाणिज्य तथा आपूर्ति सचिव पुरुषोतम ओझा नाकाबन्दीले फस्टाउँदै गएको तस्करीका कारण आगामी दिनमा भारतीय रुपैयाँमाथिको परनिर्भरता थप बढ्ने बताउँछन् । ‘पेट्रोलियम पदार्थबाट आउने मासिक तीन अर्ब राजस्व सरकारले गुमाएको छु, उनले भने, ‘मासिक रूपमा अहिले निगमले एक अर्ब रुपैयाँ मुनाफा गुमाएको छ । यस्तै ५० करोड रुपैयाँ ढुवानीकर्ताले मासिक गुमाएका छन्।ु ओझाका अनुसार पेट्रोलियम पदार्थको वैधानिक कारोबार कालोबजारीमा गएको छ, जुन अर्थतन्त्रका लागि खतरनाक हुन सक्छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर प्रणाली छ। एक सय भारतीय रुपैयाँको एक सय ६० नेपाली रुपैयाँ हुने भए पनि पेट्रोल तस्करले एक सय ८० रुपैयाँसम्म लिएर कारोबार गरेका छन् । सीमावर्ती क्षेत्रमा उपभोग्य वस्तु किनमेल गर्दा एक सय ७० रुपैयाँका दरले खरिदबिक्री हुने गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending