Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

साइकलमन्त्रीको गाडी मोह !

\"Minister-Bisendra-Paswan\"काठमाडौं । जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान आफूलाई ‘साइकल–मैत्री’ सावित गर्न आक्कलझुक्कल साइकलमै मन्त्रालय, संसद् र औपचारिक कार्यक्रममा देखिन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ–आफूलाई सामान्य देखाउन पासवानले जतिसुकै कसरत गरे पनि वास्तविकता अर्कैै छ । प्रधानमन्त्री केपी ओलीदेखि पूर्वप्रधानमन्त्रीहरू सुशील कोइराला र पुष्पकमल दाहाललाई समेत वातावरणमैत्री अभियान भन्दै साइकल दिएर चर्चा कमाउन खोजेका पासवानका आँखा मन्त्रालय मातहतका विभाग, आयोजनारपरियोजनाका राम्रा, महँगा र सुविधायुक्त गाडीमा गडेका छन् । मन्त्रालयमा दुइटा झन्डावाल गाडी हुँदाहुँदै पासवानले जल तथा मौसम विज्ञान विभागअन्तर्गत परियोजनाको बा२झ ९७९ नम्बरको स्कार्पियो मन्त्रालय तानेका छन् । ‘मन्त्रालयमा भएको गाडी पुरानो भयो भन्नुभयो,’ विभाग स्रोतले भन्यो, ‘त्यही भएर यहाँको नयाँ गाडी मन्त्रीज्यूलाई पठाएका छौं ।’ उक्त गाडी पाइलट प्रोग्राम फर क्लाइमेट रेजिलेन्स (पीपीसीआर) परियोजनाअन्तर्गतको हो । उपलब्ध विवरणअनुसार मन्त्रालयको नाममा रहेको बा१झ ८३६१ नम्बरको स्कार्पियो जिप पनि उनैले प्रयोग गरिरहेका छन् । गृह मन्त्रालयले उपलब्ध गराएको कालो कार्गेट पनि मन्त्रीसँगै छ । मन्त्री नियुक्त भएकै दिन उनी उक्त कालो कार्गेट चढेर निवास फर्किएका थिए । यतिले नपुगेर मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको गाडी पनि उनैले तानेको स्रोतले बतायो । वातावरणमन्त्री वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको बोर्ड अध्यक्ष रहने व्यवस्था छ । ‘अध्यक्षका हैसियतले सुविधा दिइएको होला,’ स्रोतले भन्यो, ‘विगतमा पनि मन्त्रीहरूले सुविधा पाउने गरेका हुन् ।’ केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले भने मन्त्रीलाई नभई मन्त्रालयका लागि केन्द्रअन्तर्गतको ‘नवीकरणीय ऊर्जा आयोजना’का दुइटा नीलो प्लेटका गाडी उपलब्ध गराइएको जानकारी दिए । दुईमध्ये एउटा गाडी तत्कालीन वातावरण सचिव डा.कृष्णचन्द्र पौडेलले चढेका थिए । मन्त्रीको गाडी मोह देखेर मन्त्रालयका अधिकारी चकित छन् । ‘बाहिर साइकल चढ्छु भनेर हल्लीखल्ली गर्नुहुन्छ,’ एक अधिकारीले आइतबार भने, ‘भएभरका राम्रा गाडी पनि तान्नुभएको छ ।’ मन्त्री पासवानले भने गृहले दिएको गाडी बिग्रिएको र मन्त्रालयको गाडी पुरानो भएकाले फिल्ड जान नयाँ लिएको दाबी गरे । ‘डाँडाकाँडा साइकलमा जान त सकिन्न,’ उनले भने, ‘मकवानपुरदेखि कर्णाली कता–कता फिल्ड जानु छ, त्यही भएर जल तथा मौसम विज्ञान विभागबाट नयाँ गाडी लिएको हुँ ।’ उनले पुरानो गाडी विभागमै फिर्ता गरेको दाबी पनि गरे । गृहले शपथपछि दिएको गाडी बिग्रिएकाले बनाउन ड्राइभरलाई अह्राएको पासवानले बताए । वैकल्पिक ऊर्जाको गाडी भने आफूले नभई कर्मचारीले प्रयोग गरेको मन्त्रीको दाबी छ । प्रधानमन्त्री कार्यालयबाट वातावरणमा सरुवा भएका सचिव विजयकुमार मल्लिकले अहिलेसम्म मन्त्रालयको गाडी पाएका छैनन् । ‘सचिवज्यूले उतै (प्रम कार्यालय) कै गाडी प्रयोग गरिरहनुभएको छ,’ मन्त्रालयका उपसचिव हरि घिमिरेले भने । वातावरणबाटै अलग भएर बनेको विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने अहिलेसम्म गाडी पाइसकेका छैनन् । दुई सचिवलाई गाडीको व्यवस्था गर्न सकिन्छ कि भनेर आइतबार जनसंख्या तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता महेन्द्रकुमार थापा र उपसचिव हरि घिमिरे गाडीको लगत हेर्दै थिए । नयाँ मन्त्रालयमा धेरै व्यवस्थापन बाँकी नै भएकाले ठाकुरले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयकै गाडी प्रयोग गरिरहेका छन् । वातावरण मन्त्रालयसमेत सम्हालेका पूर्वप्रधानमन्त्री कोइरालाले पनि वातावरणबाट लगेको गाडी फिर्ता गरेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending