Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

सहमति गर्न यसकारण निर्णायक छन् ७२ घन्टा

\"Samsadकाठमाडाैं । संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन दिइएको ७२ घन्टा मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्न निर्णायक मानिएको छ । यो अवधिमा दलहरूबीच सहमति भए वर्तमान समस्याबाट मुलुकले निकास पाउनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–दलबीच सहमति नजुटे पुनस् आन्दोलन चर्कन सक्ने र समाधानका लागि पुनस् संविधान संशोधनको दोस्रो प्रस्ताव दर्ता गराउनुपर्ने हुनसक्छ । आन्दोलनरत मधेसकेन्द्रित दलको सहमतिविना संशोधन विधेयक पारित भएमा राजनीतिक निकास अझै ननिस्कने संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा। शिवजी यादवले बताए । ‘संविधान संशोधनको यो विधेयकले मधेसी मोर्चाले माग गरेको सीमांकन र नागरिकताको एजेन्डा सम्बोधन गर्दैन,’ उनले भने, ‘राजनीतिक सहमति नजुटे समानुपातिक समावेशी र निर्वाचन क्षेत्र निर्धारणको विषयमा पनि फेरि संशोधन गर्नुपर्ने अवस्था आउनेछ ।’ संशोधन प्रस्ताव हाल्न बिहीबारसम्मको समय संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन सांसदलाई बिहीबारसम्मको समय छ । व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि संशोधन प्रस्ताव दर्ता गर्ने समय तोकिएको हो । संशोधन विधेयकको दायराभित्र रहेर सांसदले बिहीबारसम्म संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराउन पाउनेछन् । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेलले सोमबार सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि प्रस्ताव दर्ता खुला गरिएको हो । मधेसी दलका सांसदले भने सोमबार पनि ‘वेल’मा उभिएर नाराबाजी गरेका थिए । मन्त्री खरेलले अबको ७२ घन्टामा आफ्नो संशोधन प्रस्ताव सचिवालयमा दर्ता गराएर वैधानिक बाटोबाट अघि बढ्न आग्रह गरे । यस्तो छ संविधान संशोधनको प्रक्रिया संशोधनको निर्धारित प्रक्रियाअनुसार ७२ घन्टाभित्र संशोधन प्रस्तावले छोएका धारामा केन्द्रित भएर संशोधन हाल्नुपर्नेछ । सांसदले हालेको संशोधन प्रस्ताव एकीकृत गरेर सचिवालयले संसद्मा प्रस्तुत गर्नेछ । संशोधन प्रस्तावको संख्या धेरै भए तिनको अध्ययन र आवश्यक छलफल गर्न सभामुखले विशेष समिति गठन गर्ने सक्ने प्रावधान छ । थोरै संख्यामा संशोधन प्रस्ताव दर्ता भए संसद् बैठकमै दफावार छलफल गरी पारित गर्ने प्रावधान छ । संविधान संशोधन प्रस्ताव पारित गर्न दुईतिहाइ मत आवश्यक पर्छ । संशोधन प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको हो भने अहिलेको सरकारले अघि बढाएको हो । पारित गर्न दुईतिहाइ मत सहजै जुट्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending