Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

एक वर्षमा ३२६ विदेशी निष्कासित

काठमाडौं । सन् २०१५ मा पर्यटकका रूपमा नेपाल आएर आपराधिक गतिविधिमा संलग्न ५१ देशका ३२६ विदेशी नागरिकलाई नेपाल आउन नपाउने गरी सरकारले निष्कासन गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–अपराधमा संलग्न ५१ देशका नागरिक निष्कासित गरिएको हो । तीमध्ये धेरैजसो अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन् । कानुन मिचेर नेपालमा बस्ने २७५ तथा अन्य विभिन्न फौजदारी मुद्दामा जेल परी छुटेका ६१ विदेशी निष्कासनमा परेका हुन् । पर्यटक भिसामा आएर अवैध बसाइ निष्कासनमा परेकामध्ये धेरै पर्यटक भिसामा नेपाल आई पाँच महिनाभन्दा लामो समय अवैध रूपमा बस्नेहरू रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । अध्यागमन ऐनअनुसार पर्यटक भिसा लिएर आउने विदेशीले नेपालमा एक वर्षमा बढीमा १५० दिनसम्म बस्न पाउँछन् । तर, धेरै विदेशी लुकिछिपी लामो समय बस्ने गरेका छन् । कडा सजाय नहुने भएकाले जानीजानी बस्ने धेरै छन् । निष्कासनमा हुनेमा सबैभन्दा धेरै चिनियाँ एक वर्षमा निष्कासित हुनेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । निष्कासित भएका ९३ मध्ये ८२ जना पाँच महिनाभन्दा बढी बसेको र ११ जना अन्य मुद्दामा पक्राउ परेर छुटेका हुन् । त्यस्तै, अमेरिकी नागरिकमध्ये ३६ जना ओभरस्टे र जेलबाट छुटेका दुईजना निष्कासनमा परेका छन् । उज्वेकिस्तानका १९, बंगलादेशका १८, बेलायतका १५, सिरियाका १४, अस्ट्रेलियाका १२, फ्रान्सका १२, इरानका नौ, रसियाका आठ, क्यानडाका सातजना निष्कासनमा परेका छन् । कोरिया, बेल्जियम र फिलिपिन्सका पाँच–पाँच, नेदरल्यान्ड, बेल्जियम, युक्रेनका चार–चार, श्रीलंका, स्विट्जरल्यान्ड र जर्मनीका तीन–तीन छन् । भियतनाम, पाकिस्तान, अल्जेरिया, इन्डोनेसिया, क्यामरुन, पोल्यान्ड, नाइजेरिया, जर्जिया, हङकङ, इजरायल, टर्की, ताइवान र डेनमार्कका दुई–दुई छन् । म्यानमार, ग्रिस, आइभोरी कोस्ट, मलेसिया, मेक्सिको, इजिप्ट, न्युजिल्यान्ड, माल्दिभ्स, लिथोनिया, कंगो, स्विडेन, थाइल्यान्ड, आयरल्यान्ड, स्पेन, बेलारुस, सोमालिया, स्लोभानियाका एक–एकजना छन् । कति समयपछि आउन पाउँछन् ? ओभरस्टेको अपराधमा निष्कासन गरिएकाहरू निष्कासन गरिएको वर्षभित्र आउन पाउँदैनन् । तर, अन्य मुद्दामा जेल परेर छुटेकालाई भने १० वर्षसम्म आउन नपाउने गरी निष्कासन गरिन्छ । लागुऔषध मुद्दामा जेल परेर छुटेकालाई १० वर्ष आउन नपाउने गरी अध्यागमनले निष्कासन गर्दै आएको छ । तीन डलरदेखि ५० हजारसम्म जरिवाना शुल्क पाँच महिनाभन्दा धेरै बस्ने पर्यटकलाई दिनको तीन अमेरिकी डलरका दरले विलम्ब शुल्क र बढीमा ५० हजार रुपैयाँसम्म मात्र जरिवाना तिराउने गरिन्छ । कडा सजाय नहुने भएकाले विदेशीहरू वर्षौँदेखि अवैध रूपमा नेपाल बस्दै आएको पत्ता लाग्ने गरेको छ । नेपालमा धेरैजसो गरिब पर्यटक आउने र सस्तो देश भएकाले उनीहरू अवैध तरिकाले बस्ने गरेका छन् । तर, अवैध रूपमा बस्ने विदेशीलाई निगरानी र नियमन प्रभावकारी छैन । नियमन गर्ने जनशक्ति नभएको महानिर्देशक न्यौपाने बताउँछन् । एनआरएन पनि निष्कासनमा निष्कासनमा पर्नेमा केही गैरआवासीय नेपालीसमेत रहेको महानिर्देशक न्यौपानेले बताए । ‘एनआरएन कार्ड भएपछि भिसा लिनुपर्दैन भन्ने भ्रम कतिपयलाई छ,’ अध्यागमनका महानिर्देशक न्यौपाने भन्छन्, ‘कतिपय जरिवाना तिर्छु भनेर नै बस्ने गरेको पाइन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending