Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

भारतले रोक्यो चिनियाँ कन्टेनर

\"nepaliकाठमाडौं । रक्सौलबाहेकका नाकाबाट पेट्रोलियमलगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने भारतले विभिन्न बहानामा सीमा क्षेत्रमै रोकेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–सीमा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन्।व्यापारीहरूका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कन्टेनर रोकेको हो। भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि तेस्रो मुलुकबाट आउने कन्टेनरमा केही कमी भएको बताए। ‘तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि अहिले चीनबाट आउने सामान पनि कलकत्ता बन्दरगाहबाट आउँछ’ उनले भने। उनका अनुसार पछिल्लो सातादेखि भारतीय पक्षले पेट्रोलियम पदार्थ पठाउन प्राथमिकता दिएका कारण पनि अन्य मुलुकबाट आउने कन्टेनर भित्रिन कमी आएको हुनसक्छ।भूकम्पका कारण तातोपानी नाका बन्द तथा रसुवागढी नाका सहज हुन नसकेकाले अहिले चीनबाट आउने कन्टेनरसमेत कलकत्ता बन्दरगाह हुँदै नेपाल आउने गरेका छन्। मेची भन्सार कार्यालय काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने तेस्रो देशका कन्टेनरमध्ये करिब आधामा चिनियाँ सामान हुने गरेको भन्सार कार्यालयले जनाएको छ । मेची भन्सारकै कर्मचारीहरू नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कम कन्टेनर पठाइरहेको बताउँछन्। ुभारतबाहेक अन्य देशबाट आएका कन्टेनर सहज ढंगबाट आउन सकेका छैनन्ु, नेपाल फ्रेटफवार्ड एसोसिएनका अध्यक्ष राजन शर्माले भने, ुकन्टेनर छुटाउन भारतीय पक्षलाई घूस दिनुपरेको गुनासोसमेत आएको छ।ु नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवकुमार पाण्डेले मगाएका सामान बोकेका दर्जनौं कन्टेनर काँकडभिट्टाबाट आउन नपाएर भारतमै थन्किएका छन्। उनका अनुसार चीनलगायत अन्य मुलुकबाट आयात गरिएका सामानको प्रयोग नेपालीले कम गरून् भनेर तेस्रो देशका सामान बोकेका कन्टेनरमा भारतले कडाइ गरिरहेको छ। उनले भने, ुयसमा भारतको ठूलो इन्ट्रेस्ट हुनसक्छ।ु तेस्रो मुलुकका सामान बोकेका तथा अन्य नाकाबाट बाटो परिवर्तन गरेर आएका कन्टेनर लामो समयदेखि पूर्वी नाका काँकडभिट्टा हुँदै सहज रूपमा नेपाल आउन सकेका छैनन् । सीमा क्षेत्रमा तीन साताभन्दा बढी बस्नुपर्दा कुटाइसमेत खानुपरेको कन्टेनर चालकले बताए। इन्धन ढुवानीमा समस्या नदेखिएको पूर्वी नाकामा तेस्रो देशबाट आयात गरिएका सामान बोकेर आएका कन्टेनरलाई नेपाल प्रवेश गर्न दिन भारतले कडाइ गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए। भारतीय सीमावर्ती पानीट्यांकी बजारमा तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेका र अन्य नाकाबाट नेपाल प्रवेश गर्न नसकेर बाटो परिवर्तन गरेर आएका करिब ८० कन्टेनर रहेको उनले बताए।कतिपय कन्टेनर नेपाल भित्र्याउन खोज्दा भारतीय सुरक्षाकर्मीलगायत विभिन्न समूहले पैसासमेत असुल गर्ने गरेको नेपाली व्यवसायीको भनाइ छ। केही समयअघिसम्म ३० हजार रुपैयाँसम्म पनि भारतीय सीमा क्षेत्रमा घूस खुवाउनुपरेको व्यवसायी विमल आचार्यले बताए। उनले भने, ुधेरै समूहलाई घूस खुवाउनुपर्ने बाध्यता छ।ु तेस्रो मुलुकबाट सामान भित्र्याएका काठमाडौंका एक व्यवसायीले हालै प्रतिकन्टेनर ३५ हजार भारु प्रहरीलाई घूस दिएका थिए। ुघूस दिएपछि कन्टेनर अगाडि ल्याउन भारतीय प्रहरीले सहयोग गर्छन्ु, उनले भने, ुविलम्ब शुल्क तिर्नुभन्दा घूस तिरेर छिटो सामान ल्याउँदा फाइदा हुन्छ।ु मेची भन्सारको तथ्यांकअनुसार तेस्रो देशका सामान बोकेका १० वटा कन्टेनर सोमबार नेपाल आएका छन्। आइतबार १३ वटा कन्टेनर आए भने शनिबार ८ र शुक्रबार १० वटा कन्टेनर आए। प्रमुख भन्सार अधिकृत अधिकारी सीमामा धेरै कन्टेनर रोकिएको जानकारी गराउँदै भन्छन्, ‘कन्टेनर तथा अन्य मालवाहक सवारीसाधनको लाम उत्तरमा नक्सलबारी र दक्षिणमा बतासी पुगिसकेको छ। तर भारतीय पक्षबाट मालवाहक कन्टेनर पठाउन अझै कडाइ गरिराखेकै छ।ु विराटनगरमा पनि विभिन्न बहाना देखाएर कन्टेनर रोकेपछि उद्योगी व्यवसायीले त्यसलाई नियमित गर्न भारतीय सुरक्षाकर्मी, भन्सार र प्रशासनको ध्यानाकर्षण गरेका छन्। नियमित रूपमा नेपाल प्रवेश गर्न नदिएपछि उद्योगीलाई आर्थिक रूपमा ठूलो नोक्सानी भएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending